×

NMB BANK
NIC ASIA

अवैध सुन बरामद

सुन प्रकरणमा रातभर ‘अपरेसन’ : ६ जना पक्राउ, शुद्धता जाँच्न राष्ट्र बैंक पठाइने

काठमाडाैं | साउन ४, २०८०

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवस्थामा बरामद गरेको ८०–१०० किलोग्रामसम्मको अवैध सुन प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ ।

Muktinath Bank

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद गरिएपछि विभागले रातभर अपरेसन सञ्चालन गरी ६ जनालाई पक्राउ गरेको र अन्यको पनि संलग्नताका आधारमा खोजी कार्य भइरहेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पक्राउ परेकाहरूको नाम अहिल्यै भन्न मिल्दैन, अन्य व्यक्तिको संलग्नता पनि खोजिँदैछ,’ उनले भने, ‘बरामद सुनको शुद्धता जाँच गर्न नेपाल राष्ट्र बैंकमा पठाइनेछ । अहिले सुन जोख्ने काम भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

मोटरसाइकल र स्कुटरको स्पेयर पार्टस्भित्र लुकाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधवार गठित ‘स्पेसल टास्क फोर्स’ले सुन बरामद गरेको उनले बताए । विभागले विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा सिनामंगलबाट सुन बरामद गरेको हो ।

Vianet communication
Laxmi Bank

‘यसअघि नै २–३ राउन्ड सुन ल्याइसकिएको भनेर गोप्य सूचना प्राप्त भएपछि हामीले विशेष टास्क फोर्स गठन गरेका थियौं,’ ढुंगानाले लोकान्तरसँग भने, ‘सोही टास्क फोर्सले बुधवार बिहानदेखि गरेको अप्रेसन लिक भएपछि पक्राउ पर्ने सूचीमा रहेका कतिपय व्यक्ति फरार भएका छन् ।’ फरार भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

स्पेयर पार्टस्मा मिक्स भएर सुन ल्याइएको हुनाले सुन र पार्ट्स दुवै छुट्याउन समय लागेको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बुधवार दिउँसो ३ः३८ बजे १ हजार ७०५ वटा स्पेयर पार्टस् भन्सारबाट पास भएर गएको अभिलेखमा उल्लेख छ ।

मंगलवार दिउँसो ४ः३९ बजे पनि ट्याक्सीमा १५ सय कार्टुन स्पेयर पार्टस् भन्सारबाट पास भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x