×

NMB BANK
NIC ASIA

सडकको दूरावस्था : स्वर्गद्वारी नपुग्दै स्वर्ग पुगिन्छ कि भन्ने भयमा तीर्थ यात्रु

बुटवल | साउन ४, २०८०

NTC
Premier Steels

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेको निजी कार प्युठानको स्वर्गद्वारी नगरपालिका– ४ भिंग्रीमा २९ जेठ २०८० मा दुर्घटना भयो । दुर्घटनामा दाङको एकै परिवारका ४ जनासहित कारमा सवार सबै (८ जना)ले ज्यान गुमाए ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि नयाँ वर्ष मनाउने गरी स्वर्गद्वारी गएका गुल्मीका कर्मचारीसहितको जीप १ वैशाख २०७८ मा सोही ठाउँमा दुर्घटना हुँदा कर्मचारीसहित ६ जनाले ज्यान गुमाएका थिए । 


Advertisment
Nabil box
Kumari

नेपालको प्रमुख धार्मिकस्थलमध्येको एक स्वर्गद्वारी दर्शन गर्न जाँदा र फर्किंदा स्वगद्वारी–भिंग्री १४ किलोमिटर खण्डमा ठूल्ठूला दुर्घटना हुने क्रम चलिरहेको छ । 

Vianet communication

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार पछिल्लो साढे तीन वर्षमा मात्रै यो खण्डमा गाडी दुर्घटनामा परेर ३० जनाले ज्यान गुमाउनुपरेको छ ।

‘यो सडक खण्ड ट्रयाक खोलेर सञ्चालनमा आएको २०६४ देखि हो । त्यसपछिको १५ वर्षमा ४० वटा दुर्घटना हुँदा ५५ जना तीर्थ यात्रुले ज्यान गुमाएको तथ्यांक भेटिएको छ,’ उनले लोकान्तरसँग भने ।

यो सडक हुँदै दैनिक ५० देखि १०० वटासम्म सानाठूला सवारी मन्दिर दर्शनका लागि तीर्थ यात्रु बोकेर जाने गरेका छन् । अझै साउनमा यो संख्या बढी हुन्छ । 

null

स्वर्गद्वारी पुग्न त्यति सहज भने छैन । साँघुरो र डरलाग्दो घुम्ती सडक पार गरेर यात्रा गर्न यात्रुहरू बाध्य छन् । स्वर्गद्वारी नगरपालिका वडा नम्बर– ४ का वडाध्यक्ष सुवर्णकुमार श्रेष्ठका अनुसार दुर्घटनाको भयले स्वगद्वारी–भिंग्री सडक खण्डमा यात्रा गर्ने अधिकांश यात्रुले भगवानको नाम लिने गरेका छन् ।

‘यो सडक खण्ड साँघुरो हुँदा पटक–पटक दुर्घटना भएपछि केही नराम्रो नहोस् भनेर यात्रुहरूले यहाँ आइपुग्दा भगवानको नाम लिने गरेको सुनिन्छ,’ अध्यक्ष श्रेष्ठले लोकान्तरसँग भने ।

बुटवलबाट हालै स्वर्गद्वारी दर्शन गर्न गएकी विमला पराजुलीले सडकको अवस्था सम्झिँदा अझै पनि आङ सिरिंग हुने बताइन् । 

बर्सेनि हजारौं पर्यटक पुग्ने स्वर्गद्वारीको सडक स्तरोन्नति गरी दुर्घटना न्यूनीकरण गर्नेतर्फ पर्याप्त चासो र चिन्ता देखिएको छैन ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लामध्ये प्युठान धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । दुई वर्षअघि नौबहिनी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।

सडक दुर्घटनामा ज्यान गुमाउने प्रत्येक वर्ष बढ्दै गए पनि त्यसको रोकथाम र न्यूनीकरणमा तीनै तहका सरकारको चासो छैन ।

दुर्घटना हुँदा हरेक दृष्टिकोणबाट सडक र सवारीका विषयमा टीकाटिप्पणी हुने गरे पनि केही समयमै यस्ता विषय सेलाएर जाने गरेका छन् ।

null

साँघुरो सडक र घुम्तीका कारण यहाँ बारम्बार दुर्घटना हुने गरेका छन् । वि.स. २०६४ मा सञ्चालनमा आएको सडक निकै कष्टकर छ ।

निरन्तर दुर्घटना हुन थालेपछि एक वर्ष अघिदेखि उक्त सडकमा ठूला गाडी चल्न छाडेका छन् । साना सवारी साधनलाई पनि जोखिम उत्तिकै छ ।

बाहिरबाट आउने सवारी चालकलाई सडकको अवस्थाका विषयमा पर्याप्त जानकारी नहुँदा पनि दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । 

सडककै कारण बर्सेनि भक्तजनले अकालमा ज्यान गुमाइरहँदा स्वर्गद्वारी–भिंग्री  सडक खण्डको स्तरोन्नति, सडक सुरक्षालगायत विषयमा सरोकारवालाको ध्यान पुगेको देखिँदैन । 

प्यूठानबाट निर्वाचित एमाले सांसद सूर्य थापा सडक स्तरोन्नतिका लागि यसै वर्ष ११ करोडको योजना परेर काम शुरू हुने तयारीमा रहेको बताउँछन् ।

‘सडकको विषयमा मैले पटक–पटक संसद्मा कुरा उठाएको छु,’ थापाले लोकान्तरसँग भने, ‘सम्बन्धित मन्त्रीको पनि ध्यानाकर्षण गराइरहेको छु । वैकल्पिक सडक पनि बन्ने प्रक्रियामा छन् । दुर्घटना नहोस् भनेर अहिले नयाँ ठाउँबाट आएका गाडीका चालकलाई ट्राफिक प्रहरीको सहयोगमा रोकेर सडकबारे जानकारी दिई रिफ्रेसमेन्ट गराएर पठाउने गरिएको छ ।’

सडक चौंडा बनाएर साँघुरा घुम्तीहरू काट्नुपर्ने देखिएको छ ।

अहिले तीर्थ यात्रु बेकेका गाडीले क्षमताभन्दा बढी यात्रु ल्याउने गरेको देखिन्छ । साँघुरो सडक, क्षमताभन्दा बढी यात्रु र सडकको अवस्था जानकारी नभएका चालकले गर्दा दुर्घटना बढी हुने गरेको डीएसपी केसीले बताए ।

‘यसअघिका दुर्घटनाबाट पाठ सिकेको देखिएन,’ केसी थप्छन्, ‘दुर्घटना रोक्न विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेका छौं । वैकल्पिक सडकको बारेमा पनि सोच्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x