×

NMB BANK
NIC ASIA

करीब सय किलो सुन प्रकरण

विमानस्थलस्थित गोदाममा ५ दिन 'होल्ड' थियो सुन, सेटिङ मिलेपछि ६३ हजार बुझाएर जाँचपास

काठमाडाैं | साउन ४, २०८०

NTC
Premier Steels

तस्करी गरी भित्र्याइएको करीब सय किलो (आधिकारिक तौल लिन बाँकी) सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा पाँच दिनसम्म होल्ड गरेर राखिएको खुलेको छ ।

Muktinath Bank

सबै सेटिङ मिलेपछि ६३ हजार रुपैयाँ भन्सार बुझाएर जाँचपास गराई लगिरहेको अवस्थामा बुधवार सुन बरामद गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले दिएको जानकारीअनुसार बरामद गरिएको सुन गत असार २९ गते नै हङकङबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि सिनामंगलस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको गोदाममा साउन २ गतेसम्म भण्डारण गरेर राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

'५ दिनसम्म गोदाममा राखिएको १६० पीस ब्रेकप्याडको भन्सार शुल्क ६३ हजार रुपैयाँ रेडी ट्रेड प्रालिका सञ्चालक  दिलिप भुजेलले बुझाएको पाइएको छ,' भन्सारका एक कर्मचारीले लोकान्तरसँग भने, 'साउन २ गते भुजेलले भन्सार फारम भरेर उक्त रकम भुक्तानी गरेका थिए ।'

Vianet communication

ब्रेकप्याडको भन्सार जाँचपास गर्ने काम भन्सार अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल ड्युटीमा रहेको समयमा भएको ती कर्मचारीले खुलाए ।

'ती दुवैजना कर्मचारीले भन्सार जाँचपास गरी टोटल एक्जिट साउन २ गते दिउँसो ४:११ मा दिएको देखिन्छ,' उनले थपे, 'मंगलवार नै उक्त ब्रेकप्याड ट्याक्सीमा ढुवानी गरेर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।'

ब्रेक शुका नाममा सुन भित्र्याउने रेडी ट्रेड प्रा.लि. आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा २०७९ चैत २१ गते मात्र दर्ता भएको पाइएको छ ।

तीन महिनाअघि प्यानमा मात्र दर्ता भएको उक्त कम्पनीको ठेगाना भने बूढानीलकण्ठ नगरपालिकाको पासिकोट रहेको आन्तरिक राजस्व कार्यालयको अभिलेखमा उल्लेख छ ।

कम्पनीको प्यान नम्बर ६१०४७७९७३ उल्लेख गरिएको छ ।

मोटरसाइकल र स्कूटरको स्पेयर पार्टस् तथा दाह्री काट्ने रेजर आयात गरेको देखाएर त्यसभित्र सुन लुकाइएको अवस्थामा विभागको टोलीले बुधवार बरामद गरेपछि अवैध धन्दाको खुलासा भएको हो ।

रेडी ट्रेडर्स कम्पनी दिलिप भुजेलको नाममा दर्ता छ । सुन प्रकरणमा उनी समेत पक्राउ परिसकेका छन् । बुधवार बरामद भएको सुन क्याथे प्यासिफिकको विमानबाट आएको थियो ।

कम्पनीले विमानस्थलमा ‘सेटिङ’ मिलाएर सुन तस्करी गर्ने गरेको पाइएको छ । विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा विभागले सिनामंगलबाट सुन बरामद गरेको हो ।

यस प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् ।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद गरिएपछि विभागले रातभर अपरेसन सञ्चालन गरी ६ जनालाई पक्राउ गरेको र अन्यको पनि संलग्नताका आधारमा खोजी कार्य भइरहेको जानकारी दिए ।

‘पक्राउ परेकाहरूको नाम अहिल्यै भन्न मिल्दैन, अन्य व्यक्तिको संलग्नता पनि खोजिँदैछ,’ उनले भने, ‘बरामद सुनको शुद्धता जाँच गर्न नेपाल राष्ट्र बैंकमा पठाइने छ । अहिले थप अनुसन्धानको काम जारी छ  ।’

मोटरसाइकल र स्कूटरको स्पेयर पार्टसभित्र लुकाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधवार गठित ‘स्पेसल टास्क फोर्स’ले सुन बरामद गरेको उनले बताए ।

विभागले विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा सिनामंगलबाट सुन बरामद गरेको हो ।

‘यसअघि नै २–३ राउन्ड सुन ल्याइसकिएको भनेर गोप्य सूचना प्राप्त भएपछि हामीले विशेष 'टास्क फोर्स' गठन गरेका थियौं,’ ढुंगानाले लोकान्तरसँग भने, ‘सोही टास्क फोर्सले बुधवार बिहानदेखि गरेको अपरेसन लीक भएपछि पक्राउ पर्ने सूचीमा रहेका कतिपय व्यक्ति फरार भएका छन् ।’

फरार भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए । स्पेयर पार्टसमा मिक्स गरेर सुन ल्याइएको हुनाले सुन र पार्ट्स छुट्ट्याउन समय लागेको पनि उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x