×

NMB BANK
NIC ASIA

कांग्रेस बैठक

देउवाकै अगाडि गगनले भने – नेतृत्व परिवर्तनको प्रयासमा निरन्तर लाग्छु

काठमाडाैं | साउन ८, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनको प्रयासलाई निरन्तरता दिने बताएका छन् ।

Muktinath Bank

सांसदको मत पाउने कुरा गाह्रो भन्ने थाहा हुँदाहुँदै पनि संसदीय दलको नेतृत्व परिवर्तनका लागि पनि प्रयास गर्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस केन्द्रीय समिति बैठकलाई सोमवार सम्बोधन गर्दै महामन्त्री थापाले जीवन्त पार्टीमा नेतृत्व परिवर्तनका लागि निरन्तर प्रयास हुने भन्दै त्यो अभियानमा लागिरहने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘नेपालका राजनीतिक दलमा वर्षाैंदेखि नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । हाम्रा पार्टी जमेको पोखरी जस्तो भएका छन् । ३५ वर्षदेखि केही नेताले आलोपालो गरिरहेका छन् । यो बदल्नुपर्छ भनेर लागेको हो,’ महामन्त्री थापाले भने, ‘सभापतिप्रति व्यक्तिगत रूपमा असिम श्रद्धा छ तर यो विषयले नेपालको राजनीतिमा प्रवेश पाएन भने राजनीतिले सही गति लिँदैन । यसलाई बदल्नुपर्छ, मेरो एड्भोकेसी रहन्छ ।’

Vianet communication

महामन्त्री थापाले आफू पार्टी फोड्न नभई संसदीय दलको नेता परिवर्तन गर्न लागेको भन्दै यो अभियान नरोक्ने बताए । ‘मैले संसदीय दलको नेता परिवर्तनको प्रयास गरें, यो प्रयास गर्न मिल्दैन त ? आवश्यकता छैन त ? प्रयास गर्दै गर्ने हो, सांसदको मत पाउने कुरा गाह्रो छ । गाह्रो छ भन्दैमा ठीक काम नगरी बस्न हुन्छ त ?’

थापाले सभापति शेरबहादुर देउवातर्फ हेर्दै भने, ‘सभापतिले १–२ महिनापछि म ५ पटक प्रधानमन्त्री भइसकें, अब हुन्न, को हुने हो भनेर भन्नुहुन्छ कि ? जो हुन्छ मैले साथ दिने हो । कोही अगाडि नबढ्दा म अगाडि बढेको हो ।’

थापाले पार्टीभित्र बहस मन्थन भए पनि कांग्रेस बैठक सकिँदा देशलाई भरोसा दिने निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x