×

NMB BANK
NIC ASIA

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो

बुटवल | साउन ९, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको मुख्य प्रवेशद्वार ‘टनेल पोर्टल’ पहिरो खसेर पुरेको छ ।

Muktinath Bank

सोमवार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनीयर युधिरिष्ट पन्थीले आफू अहिले कार्यस्थलभन्दा बाहिर रहेको भन्दै बुटवलतर्फको साइटमा निर्माण थालिएको टनेलमा पहिरोले ठूलो क्षति पुर्‍याएको भन्ने आफूले जानकारी पाएको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार पहिरोले पुरेर कुन भागमा कति क्षति भयो भन्ने यकिन विवरण भने तयार भएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा सुरुङ मार्गको काम अगाडि बढाएको थियो ।

Vianet communication

वर्षामा ढलान गर्न नहुने नेपाली प्राविधिकको सुझाव विपरीत परियोजनाले ४ दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको थियो । १ हजार १२६ मिटर दूरी रहेको सुरुङ मार्गको काम तीव्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ ।

सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिरोले भत्काएपछि र पाल्पातर्फको रिपलाई यसअघिको पहिरोले पुरेपछि आयोजनाको खर्च बढेको छ । सुरुङको प्रस्थानविन्दुको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ ।

सुरुङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । बाह्रै महिनादेखि पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो । 

बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२ सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर दूरीमा सुरुङमार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याममाथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्ट लगायतका पूर्व तयारीका काम फागुन दोस्रो हप्तादेखि शुरू भएको थियो ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिराले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरुङमार्गको निर्माणअघि बढाएको हो । यो परियोजनाको लागत १० अर्ब अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x