पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडाैं | साउन १२, २०८०
संसद्को अनुभवी दल एमालेको पहिचान नै सशक्त प्रतिपक्ष हो । पछिल्ला निर्वाचनमा एमालेले कि सत्तापक्ष, कि त बलियो प्रतिपक्ष हुने गरी परिणाम हात पारेको छ ।
४ मंसिर २०७९ को निर्वाचनबाट पनि दोस्रो ठूलो दलको रूपमा प्रतिनिधिसभामा एमाले उपस्थित छ । राष्ट्रिय राजनीतिका घटनाक्रममा सशक्त पहिचानधारी एमालेलाई केही समययता जे गरे पनि 'ब्याकफायर' भइरहेको देखिन्छ ।
आफू अनुकूलका सभामुख हुनुको फाइदा उठाउन सक्ने ठाउँमा एमाले छ । तर, पार्टीका अपरिपक्व ‘मुभ’, अध्यक्ष केपी शर्मा ओलीका असंगत बोली, व्यवहार र निर्णयले एमालेलाई 'ब्याकफायर' भइरहेको छ ।
कुनै १/२ वटा घटना होइन १० पुसयता एमालेमाथि ८ वटा मुख्य घटनामा 'ब्याकफायर' भएको छ ।
राजनीतिक लाभहानीले अनेक फाइदा हुने भन्दै हतारमा बोल्ने, निर्णय गर्ने र व्यवहार देखाउनाले एमालेले एकपछि अर्को रमिता देखाइरहेको घटनाक्रमले पुष्टि गर्छन् ।
जसोतसो गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सफलता मिलेपछि एमाले राष्ट्रिय राजनीतिमा हावी हुने धेरैको आकलन थियो । तर, अध्यक्ष ओलीले गठबन्धन जोगाउन सकेनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अडान बदल्नु, पशुपतिको जलहरी र सुनकाण्ड तथा बजेट निर्माणमा असंगत निर्णय गर्ने र बोल्नेजस्ता गतिविधि एमालेकै निम्ति 'ब्याकफायर'को कारण बनेका छन् ।
डामाडोल अर्थतन्त्र, नागरिकका जनजीविकाका थुप्रै सबाल, महंगी, मूल्यवृद्धि जस्ता वास्तविक दर्जनौं मुद्दा प्रतिपक्षीका रूपमा उठाउने अवसर एमालेसामु छ । तर, यी विषयलाई एमालेले नजरअन्दाज गरिरहेको देखिन्छ ।
बरु अध्यक्ष ओलीले गरेको निर्णय र बोलेका असंगत बोलीले उनलाई 'ब्याकफायर'को स्थितिमा पुर्याएको छ । देश र नागरिकको हित भन्दै एमाले र यसका अध्यक्ष ओलीले जति पनि विषय उठाउँछन्, तिनै उल्टै रक्षात्मक स्थितिमा पुर्याइदिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार सत्ता पक्ष वा विपक्षी नभनी लागिरहेको छ ।
सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको एकपछि अर्को फाइल खोल्दै गएका छन् । सुनकाण्डमा पनि सरकारले उस्तै निर्ममता देखाउने बताइरहँदा एमाले उल्टो बाटोतर्फ हिँडेको छ ।
एमालेलाई 'ब्याकफायर' भएका घटनाहरूलाई विस्तारमा नियालौं :
मुस्किलले बनाएको गठबन्धन जोगाउन नसक्नु
दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि आफूविरुद्ध बनेको गठबन्धन भत्काउनु ओलीका निम्ति सहज विकल्प र बाटो थिएन । तर, मिलेरै चुनाव लडे पनि सरकारको नेतृत्व दिन कांग्रेस तयार नभएपछि बिच्किएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई १० पुसमा ओलीले प्रधानमन्त्री बनाइदिए । प्रधानमन्त्री बनेदेखि प्रचण्डमाथि असीमित लगाम लगाउने ओलीको चालबाजी उनैका लागि 'ब्याकफायर' भयो ।
१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डलाई २६ पुसमा कांग्रेसले नै विश्वासको मत दियो । १० पुसमा आफ्नै कमजोरीले प्रचण्ड ओलीतिर पुगेको कांग्रेसको बुझाइ थियो । यसैले कांग्रेसले विश्वासमा लिने र ओलीले दबाब बढाउने भएपछि राष्ट्रपति निर्वाचनमा पनि ओली ‘आउट’ भए ।
प्रचण्डसँगै सत्तामा रहे पनि राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा माओवादी खुलेपछि एमाले सत्ता छाड्ने स्थितिमा पुग्यो । त्यसयता सबै प्रदेशका सरकारबाट एमाले विमुख हुन पुगेको छ । प्रधानमन्त्री मात्रै प्रचण्डलाई दिने तर गृह, अर्थ, परराष्ट्र मन्त्रालयमा आफू फेबरको बनाएर ओलीले लगाम लगाउन खोजेका थिए । परिणामतः एमाले संघ र प्रदेश दुवैतिर सत्ताबाट सडकमा आयो ।
यतिमात्रै होइन, तत्काल कुनै सत्ता समीकरण बदल्ने बाटोसमेत अन्त्य हुने गरी सत्तारुढ दलहरू समाजवादी मोर्चाको नाममा एकै ठाउँमा उभिएका छन् । आलोपालो सरकारको नेतृत्व पाउने आशमा रहेको कांग्रेसले समेत यो मोर्चाको विरोध नगरेपछि सत्ता र शक्तिमा एमालेको प्रवेश तत्काल सम्भव नरहेको देखिन्छ ।
टोपबहादुरलाई संरक्षण र निलम्बन
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगीमा एमाले सचिव टोपबहादुर रायमाझी संलग्न भएको घटनाले देश नै तरंगित भयो । गत २० वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएदेखि नै ओलीले दौडधूप शुरू गरे ।
पक्राउ पुर्जी जारी भएकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्दै ओलीले आफ्नो दललाई मात्रै निशाना साँध्न खोजेको भन्दै आपत्ति जनाए । शुरूबाटै रायमाझीको बचाउमा उत्रिएका ओलीले उनीसँग कुरा भएको र काठमाडौं आउने विश्वास प्रधानमन्त्रीलाई दिलाए । तर, ओलीलाई समेत चक्मा दिँदै रायमाझी एक हप्तासम्म फरार भए । २३ वैशाखमा प्रधानमन्त्रीसँग भेटेपछि भने ओलीले आफूलाई केही जानकारी नभएको प्रस्ट्याए । यो ठगीमा एमालेका रायमाझीमात्रै होइन, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बालृकष्ण खाँण पनि मुछिए ।
ओली नै प्रधानमन्त्री हुँदाका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पनि पक्राउ परे । कांग्रेस नेता बालकृष्ण खाँणविरुद्ध पनि अकाट्य प्रमाण भेटिएपछि पक्राउ गरियो । यसैले शुरूमा रायमाझीको बचाउमा उत्रिए पनि ओली उनलाई निलम्बन गर्न बाध्य भए । तर, निलम्बन गर्न ढिला भइसकेको थियो ।
नक्कली शरणार्थी प्रकरणका दोषीलाई बचाउन खोजेको भन्दै ओली सामाजिक सञ्जालदेखि प्रबुद्ध वर्गको समेत आलोचनाका केन्द्रमा परिसकेका थिए । टोपबहादुरको बचाउ गर्नु उनका लागि 'ब्याकफायर' सावित भयो ।
प्रधानन्यायाधीश नियुक्तिमा अड्को, पछि रातारात सहमति
पार्टी सचिव रायमाझी नक्कली शरणार्थी ठगीको गम्भीर मुद्दामा परेदेखि नै ओली रक्षात्मक अवस्थामा पुगे । आफ्नो लगाममा रहेका प्रचण्ड कांग्रेसको कित्तामा पुगेदेखि ओली हदैसम्म क्रुद्ध थिए । सोही कारण सरकारका हरेक काममा अड्को थापिरहेका थिए । संवैधानिक परिषद् अझ उनका लागि आफ्नो प्रभाव देखाउन निकै प्रभावकारी ठाउँ थियो ।
तर, एकाएक ओली रक्षात्मक अवस्थामा पुगे । प्रचण्डसँगको आलो तिक्तता बिर्सिएर तारन्तार बालुवाटार र सिंहदरबार धाउन थाले । ‘तपाईंहरू यसरी नियमित बैठक बसेपछि जनताले सोधिरहेका छन्, के जवाफ दिने ?’ शरणार्थी काण्ड उत्कर्षमा पुगिरहेका बेला कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले निरन्तर भेटेपछि एमाले नेता सुवास नेम्वाङले उनीहरूकै अगाडि प्रश्न उठाएका थिए ।
शरणार्थी ठगी प्रकरण थप पेचिलो बनेपछि ओली रातारात संवैधानिक परिषद्को बैठक डाक्न तयार भएको घटनाक्रमले देखाउँछन् । त्यसपछि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिश गरियो ।
यति मात्रै होइन, दलीय अडानबाट अन्योलमा रहेका संसदका विशेष समिति, विषयगत समिति, शान्ति प्रक्रियाका कामलाई टुंग्याउन प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली सहमत भएका थिए ।
जलहरी काण्ड
एमालेले आपत्ति नजनाउँदासम्म पशुपतिको सुनको जलहरी काण्ड कुनै ‘नोटिस’मा थिएन ।
१० जेठको प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा जलहरी लगाउँदा सुनको सट्टा पित्तल प्रयोग गरेर अनियमितता भएको हुन सक्ने आशंका व्यक्त गरे । तत्काल एमालेले यो विषय कुनै नियमापत्ति पनि गरेन ।
तर, दुई दिनपछि यही विषय लिएर एमालेले संसद् बैठक नै अवरुद्ध गर्यो । यो प्रकरण पनि एमालेका लागि उल्टो सावित भयो । सामाजिक सञ्जालमा ओलीको तस्वीर सुनले ढाकेर रंगिए । अपजसको भारी बोक्नुपर्यो । जनताले हत्तपत्त नबिर्सिने गरी जलहरी काण्डका रूपमा स्थापित भयो ।
'ब्याकफायर' भएपछि एमाले पछाडि हट्नुको विकल्प थिएन । संसदीय प्रक्रियाभन्दा बाहिर गएर दलका शीर्ष नेतामा सहमति जुटाउने र प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिनुपर्ने अवस्थामा एमालेले पुर्यायो ।
बजेट ल्याउनुपर्ने समयको चापले गर्दा प्रधानमन्त्रीले पनि एमालेको माग लाई पूरा गरिदिए । एमालेको मागअनुसार संसदको रेकर्डबाट त हट्यो तर पछि जोखेर तौल सार्वजनिक गर्दा पनि जलहरी प्रकरणमा उठेको प्रश्न सेलाएको छैन ।
बजेटको विषय
आर्थिक वर्ष २०८०/८१ को बजेट बनाउँदा अर्थमन्त्री डा. प्रकाशरण महतले अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयलाई एमालेले ठूलो ‘इस्यु’ नै बनाएको थियो । संसदमा समेत यो कुराको विरोधमा एमाले संसदीय छानबिन समिति गठनसम्मको मागको तयारी गरेको थियो । २२ जेठदेखि नै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्ने, नभए छानबिन समिति गठन गर्नुपर्ने बताएका थिए ।
बजेटमा अनधिकृतरूपमा पूर्व कर्मचारीलाई प्रवेश दिइएको विषयलाई एमालेले चर्काउने धेरैको अनुमान थियो । तर ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेपछि उनैले अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिएर हेर्छौं’ भनेका थिए । ओलीले भेटेपछि अर्थमन्त्रीले बजेटमा अनधिकृत व्यक्तिलाई प्रवेश नदिइएको बताएका थिए । यद्यपि एमालेले सूचना चुहाएर ११ सय विद्युतीय सवारी साधन भित्र्याइएको र निश्चित व्यापारीलाई लाभ हुने बाटो खुला गरिएको आरोप लगाउन छाडेको छैन ।
यतिमात्रै होइन, प्रतिनिधिसभामा अनावश्यक विषयमा बैठकमा विरोध गर्ने, बोल्ने, अवरुद्ध गर्ने एमालेको शैली पनि सर्वत्र आलोच्य बनेको छ । प्रधानमन्त्री भारतबाट फर्किएपछि संसद्लाई जानकारी गराउने कार्यसूचीमा सहमति जनाएपछि एमालेले तमासा नै देखाएको थियो ।
बैठकलाई जानकारी गराउन रोष्ट्रममा उभिएका प्रधानमन्त्रीलाई बोल्न नदिने नेतृत्व एमालेले गरेको थियो । एमालेको त्यो तमासाको अहिले पनि उत्तिकै आलोचना भइरहेको छ ।
साथै एमालेको विरोधका कारण प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी कानून पारित हुन सकेन । प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले संसद् अवरुद्ध गरेको थियो । प्रधानमन्त्रीले बोलेपछि एमाले बल्ल बैठकका लागि तयार भयो ।
सुनकाण्ड
भन्सार छलेर सेटिङमा ल्याउँदै गर्दा २ साउनमा सरकारले एक क्विन्टल सुन बरामद गरेको विषयमा पनि एमालेको ‘पोजिसन’ र अभिव्यक्ति विरोधाभाषपूर्ण छन् । पार्टी अध्यक्ष ओली, भ्रातृ र शुभेच्छुक संस्थाका गतिविधि आफैंमा विरोधाभाषपूर्ण देखिन्छन् । तथ्य र तथ्यांकभन्दा बाहिर गएर अरूलाई आरोपित गर्दा एमाले आफैं नांगिएको छ ।
युवा संघको विरोध, एमाले निकट पत्रकारको संस्था प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध लेखेको स्टाटास दुवै एमालेका लागि 'ब्याकफायर' बने । बस्नेतले आफूले लगाएको आरोपमा सत्यता नभएको भन्दै माफी मागे । स्रोत नै गलत पर्यो भन्दै उनले माफी मागे पनि पार्टीले उनीमाथि कुनै कारवाही गरेन । कमजोरी भएको भन्दै देशभर घोषणा भएको प्रेस चौतारीको विरोध कार्यक्रम पनि फिर्ता भयो ।
यतिमात्रै होइन, बस्नेतले लेखेपछि एमालेको युवा संघले राँके जुलुस निकालेर गृहमन्त्रीको विरोध गर्यो । तर, सुन समाएकोमा विरोध गरेको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट चर्को आलोचना भएपछि थप विरोधका कार्यक्रम तय भएन ।
साथै एक सय किलो सुन बरामद भएपछि व्यापारी दीपक मलहोत्राको फोटो छापिँदा ओलीलाई उल्टै आपत्ति भयो । ओलीको नाम र फोटो नछापिए पनि उनले एउटा राष्ट्रिय दैनिकको नामै लिएर सुनकाण्डमा आफ्नो फोटो छापेको आरोप लगाए, जबकि पत्रिकामा न ओलीको फोटो थियो, न त नाम नै ।
सामाजिक सञ्जालमा कसैले सम्पादन गरेर हालेको फोटोकै भरमा ओली पत्रिकामाथि खनिए । हुँदै नभएको विषयमा बोल्दा यसले ओलीलाई झन् 'ब्याकफायर' गराइदियो । गलत सूचनाको भर परेर पार्टी अध्यक्षले भ्रमपूर्ण अभिव्यक्ति दिए पनि एमालेले अहिलेसम्म त्यसलाई सच्च्याएको छैन ।
एमाले वृत्तबाट फेरि सुनकाण्डमा संसदीय छानबिन समितिको माग पनि भइरहेको छ । तर, यो मागको पनि उल्टै आलोचना भइरहेको छ । राज्यका जिम्मेवार सम्बन्धित निकायले छानबिन गर्नुपर्नेमा कुनै विज्ञ नहुने संसदीय छानबिन समिति गठन गर्न खोज्नुले मुख्य दोषीलाई उन्मुक्ति मिल्ने भन्दै एमालेको यो मागको विरोध भइरहेको हो ।
बौद्ध विश्वविद्यालय
२० फागुन २०७९ मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर चीनविरुद्ध सरकारले गद्दारी गरेको आरोप लगाएका थिए ।
‘मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्नु भनेको विदेशीको दलाली गर्नु हो । यो राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्ध गद्दारी हो । २०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजिएको छ,’ ओलीले भनेका थिए, ‘यो भनेको हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको विषय हो । यस्ता खतरनाक योजनाविरुद्ध हामीले विरोध गर्नुपर्छ । लड्नुपर्छ ।’
तर सरकारले मुस्ताङमा यस्तो विश्वविद्यालय खोल्न कुनै अनुमति दिएको थिएन । प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै बौद्ध विश्वविद्यालय खोल्न दिनेबारे सरकारले कुनै अनुमति नदिएको प्रस्ट्याएका थिए ।
मुर्रा राँगोमा खिसिट्युरी
यसअघि नै मुर्रा राँगो भारतबाट ल्याउने तयारी अघि बढे पनि संसदमा ओलीले भारतबाट अरू केही ल्याउन नसक्ने भन्दै प्रधानमन्त्रीको आलोचना गरे । प्रचण्ड भारतबाट फर्किएलगत्तै जेठको तेस्रो साता संसदमा ओलीले भारत भ्रमण असफल भएको र मुर्रा राँगो ल्याएको भन्दै आलोचना गरेका थिए । जबकि मुर्रा राँगो ल्याउने सहमति ओली स्वयंले पहिले नै गरेका थिए । आफैंले अघि बढाएको काममा हलुका र छुच्चो टिप्पणी दिँदा उनैलाई 'ब्याकफायर' भइदियो ।
राजनीतिक विश्लेषक झलक सुवेदी अध्यक्ष ओलीका अभिव्यक्तिले थुप्रै प्रश्न जन्माएको बताउँछन् ।
‘अध्यक्ष ओलीका अभिव्यक्तिले केही प्रश्न जन्माएको छ, एमालेमाथि र स्वयं अध्यक्षमाथि पनि । उहाँले बतासे झटारो हानेको योपटक मात्र हैन । यसअघि मुस्ताङको बौद्ध कलेजबारे यस्तै बतासे हान्दा अप्ठ्यारोमा पर्नुपरेको थियो,’ सुनकाण्डमा आफ्नो फोटो छापिएको भन्दै ओलीले आपत्ति जनाएपछि सुवेदीले ट्वीटरमा लेखेका थिए ।
एमाले युवा नेता ठाकुर गैरे पार्टीमा जोसुकै नेताले पनि सूचनाको पुष्टि गरेपछि मात्रै बोल्नुपर्ने बताउँछन्
‘एमालेले एजेन्डामा स्पष्ट दृष्टिकोण बनाउँदै आएको छ । यस्तो बेला हामी झन् बलियो र सशक्त बन्नुपर्छ,’ गैरे भन्छन्, ‘जो कोहीले पनि प्राप्त भएका सूचनालाई भेरिफाइ गर्ने, त्यसको वास्तविकता गहिराइमा पुगेर विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने काम भयो भने समस्या हुन्न, नत्र समस्या आइरहन्छ ।’
गैरे सत्ता गठबन्धनले एमालेलाई चुनौतीका रूपमा लिएको र निरन्तर निसाना साँधेको बताउँछन् । ‘एमाले अहिले प्रतिपक्षमा छ, तर अरू दलले एमालेलाई मुख्य दुष्मनजसरी लिएका छन् । सम्पूर्ण सत्ता सञ्चालन नै एमालेले गरेको भान सत्ता गठबन्धनलाई परेको छ,’ उनी भन्छन्, ‘गठबन्धनले राम्रा र व्यवस्थित काम गर्न नसक्दा एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेमा सत्ता गठबन्धन लागेको देखिन्छ । एमाले कमजोर र रक्षात्मक बन्यो भन्ने कुरा सत्य हैन ।’
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...