×

NIC ASIA

श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखियोः अर्थमन्त्री

काठमाडाैं | साउन २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

अर्थमन्त्री डा.प्रकाशशरण महतले श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताएका छन् । 

Muktinath Bank

शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं  अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाइको श्रोत नभएको बताए । 
मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या कार्यान्वयनको पक्षमा रहेको बताए । उनले घोषणा गर्ने तर त्यसको श्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘अवश्य पनि हाम्रो राज्य संयन्त्रमा समस्या छ । जसरी हरेक क्षेत्रमा समस्या छ, राज्य संयन्त्रमा पनि समस्या छ । हामी समयमा कार्यान्वयन गर्दैनौँ । धेरै कुरा हामी घोषणा गर्छौं । त्यो घोषणामा अन्तर्निहीत जुन विषयवस्तु छ, त्यसको गहनता र गम्भीरतालाई हामी धेरै सोच्दैनौँ । त्यसले धेरै समस्या आएको छ । हामी श्रोत सुनिश्चितता भनेर धेरै कुराहरु ग¥यौं । बजेट विनियोजन  ग¥यौं । फ्युचर इन्कमको पोसिबिलिटी र त्यो सीमा कति हुनसक्छ ? भन्नेकुराको ख्याल नगरी हामीले अहिले नै भविष्यको कुरा निर्णय ग¥यौं  । यत्तिको ठेक्का लगाउने, ५ करोड अहिले राखेर ५ अर्बको ठेक्का । श्रोत सुनिश्चितता बहुवर्ष । भनेर भन्यौँ । ठेक्का लाग्यो कााम थाल्यो । श्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेस छैन । त्यसकारण अहिले जतिपनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ, त्यसको शुरुवाता मैले गरेको छु । एउटा घोषणाले सबैकुरा क्लिनअप गर्न गाह्रो छ, बिस्तारै हटाउँदै जानुपर्छ । त्यसमा चौतर्फी दबाब छँदैछ, स्वार्थ समूह छँदैछ, खाईपाईका कुराहरु घुमाउँदा आउने दबाबहरु झेल्नुपर्छ, मैले झेलिरहेको छु । हाम्रो काम गर्ने शैलीमा पनि यो त भन्नेकुरा हो, गर्ने कुरा छँदै छ भन्ने माइण्डसेट छ, त्यो चेन्ज गर्न जरुरी छ, तर लोगेको लाग्यै छु तर त्यो चेन्ज आउँछ, कार्यान्वयनमा जान्छ ।’  


Advertisment
Nabil box
Kumari


अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने बताए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x