×

NMB BANK
NIC ASIA

उच्च अदालत हेटौँडाद्वारा एक हजारभन्दा बढी मुद्दा फैसला

मकवानपुर | साउन २२, २०८०

NTC
Premier Steels

उच्च अदालत पाटन–हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० को अवधिमा एक हजार तीन सय १२ वटा मुद्दा फैसला गरेको छ । 

Muktinath Bank

सो अदालतद्वारा आज आयोजित पत्रकारसगँको छलफलमा अघिल्लो आवबाट सरी आएको पाँच सय ४५ वटा र गत आव २०७९/८० मा एक हजार एक सय ९६ नयाँ मुद्दा दर्ता गरी जम्मा एक हजार सात सय ४१ वटा परेकोमध्ये एक हजार तीन सय १२ विभिन्न प्रकृतिका मुद्दा फैसला भएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 साथै चार सय २९ मुद्दा फैसला हुन बाँकी रहेको बताइएको छ । फैसला हुन बाँकी रहेका मुद्दामध्ये १८ महिना कटेका मुद्दा एक, १२ महिना कटेका मुद्दा ३० र तीन सय ९८ मुद्दा एक वर्षभन्दा कम अवधिका रहेको अदालतका सूचना अधिकारी सरोज उप्रेतीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

 अघिल्लो आव २०७७/७८ मा एक हजार ३७ नयाँ मुद्दा दर्ता भएकामा आठ सय २६ मुद्दा फैसला भएको थियो । यस्तै २०७८/७९ मा एक हजार दुई  सय १० मुद्दा दर्ता भएको थियो । औसतमा हेर्दा मुद्दा दर्ताको सङ्ख्या पनि कम हुँदै गएको छ । अघिल्लो वर्षबाट दायित्व सरेर आएको एक सय २० छ महिना कटेको रहेको तथा मुद्दाको अङ्ग मिलाउन नै छ महिना लाग्ने गरेको बताइएको छ ।

Vianet communication

 जिल्ला अदालतमा फैसला भएका तर मुद्दा फैसलामाथि चित नबुझेमा उच्च अदालतमा मुद्दा दर्ता हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा स्थानीय तह र जिल्ला अदालतमा हुने फैसलाका कारणले नै उच्च अदालतमा आउने मुद्दाको सङ्ख्या कम भएको जानकारी दिइएको छ । उच्च अदालतमा सरकारवादी लागुऔषध, जबरजस्ती करणी, देवानी, जग्गा किचलो र ज्यानसम्बन्धी मुद्दा धेरै आउने गरेको उप्रेतीको भनाइ छ । उच्च अदालत हेटाँैडा इजलासमा सात जना न्यायाधीश दरबन्दी रहेकोमा एक वर्षदेखि चार जना मात्र कार्यरत छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x