×

NMB BANK
NIC ASIA

स्वास्थ्य बीमामा आकर्षणले भरतपुर अस्पतालमा बिरामीको संख्या बढ्यो

चितवन | साउन २३, २०८०

NTC
Premier Steels

स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको छ ।

Muktinath Bank

बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् ।
 
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल २ हजारदेखि २ हजार २०० जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् । अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासी लगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेका उनले जानकारी दिए ।
 
विगतमा दैनिक १ हजार ५०० मात्रै बिरामी आउने गरेकोमा पछिल्ला दिनहरूमा यो संख्या बढ्दै गएको छ । निजी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार नपाइने भएपछि बिरामी यही आउने गरेका छन् ।
 
उनले भने, ‘भरतपुर अस्पताल पुरानो, विश्वासिलो र यहाँ विशेषज्ञ चिकित्सकीय सेवा पाइने भएकाले बिरामी सेवाप्रति आकर्षित भएका हुन् ।’ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पतालका सबै स्वास्थ्यकर्मी, कर्मचारी र विशेष गरेर बीमा शाखामा कार्यरत कर्मचारीबाट भएका मेहनतका कारण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘यहाँ बिरामीको आकर्षण बढ्नुमा सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्त्वपूर्ण छ ।’
 
उनले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी भुक्तानीमा समस्या नभएको बताए । बीमामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको उनको भनाइ  छ । उनले सकेसम्म बिरामीलाई कसरी सहजता दिलाउन सकिन्छ भनेर आफूहरू लागि परेको बताए ।
   
अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालमा आउने बिरामीको संख्या यहाँको सेवामा सुधार भएसँगै बढ्दो क्रममा रहेको बताए । बिरामी बढेपछि अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको भन्दै उनले भने, ‘हामीसँग कम जनशक्ति र उपकरण सीमित हुँदा बिरामीलाई भनेको समयमा सेवा दिन पाइरहेका छैनौं ।’
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x