मंसिर १४, २०८०
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
दाङमा तुलसीपुरमा चल्ने अटो रिक्सा नजिकैको दङ्गीशरण गाउँपालिका जान पाउँदैनन्, भने दङ्गीशरण गाउँपालिकाभित्र चल्ने अटो रिक्सा तुलसीपुर आउन पाउँदैनन् ।
यात्रुलाई यी दुई पालिकाको सिमाना भमके खोला छोडिन्छ । त्यहाँबाट यात्रु अर्को अटोमा चढ्नुपर्छ । केही समयअघि निर्वाधरूपमा चल्ने गरेका अटो रिक्सा पछिल्लो समय त्यसरी चल्न पाएका छैनन् । ट्याक्सी समितिले विरोध जनाएपछि अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकाका लागि रुट परमिट दिने गरिएको छैन । त्यसैमा टेकेर ट्याक्सी समितिले अटोलाई अर्को पालिकामा जान दिने गरेका छैनन् ।
अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकामा रुट परमिट दिन नपाइने व्यवस्था भएपछि पछिल्लो समय अटो रिक्सा चालकले विरोध जनाएका छन् । “अटो रिक्सा सुविधाका लागि चल्ने कुरा हो, हामीले गाउँ–गाउँमा सेवा दिने गरका छौँ”, दाङ भ्याली अटो प्रालिका अध्यक्ष वेदप्रकाश वलीले भने, “हामीले अहिले पनि गाउँगाउँमा सेवा दिन पाउनुपर्छ ।”
दङ्गीशरणमा मात्रै ५०÷६० को हाराहारीमा अटो रिक्सा छन् । ती अटो बजारमा आउन नपाएमा चल्न सक्ने अवस्था छैन । “स्वदेशमै केही गरौँ भनेर अटो रिक्सा किनेका हुन्छन्”, उनले भने, “तर, बजारमै आउन नपाएपछि कसरी चल्न सक्छन् ।”
तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनकुमार बुढाथोकीले भने नियमसङ्गत चल्नुपर्ने बताए । अटो रिक्सालाई एक पालिकाबाट अर्को पालिकाका लागि रुट परमिट नभएकाले सोही कुरा कार्यान्वनयन गर्न खोजेको उनले बताए ।
कानूनअनुसार नै रुट परमिट दिएर अटो तथा ट्याक्सी सञ्चालन गर्ने गरिएको यातायात व्यवस्था कार्यालय दाङका प्रमुख रमेश गौतमले बताए । उनले अटो र ट्याक्सीबीच देखिएका समस्या छलफलबाट हल गर्नेसमेत बताए ।
तुलसीपुर क्षेत्रमा मात्रै दुई हजार पाँच सय बढी अटो रिक्सा सञ्चालनमा छन् । हाल गाउँ–गाउँमा अटो रिक्साले सेवा दिने गरेका छन् ।
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...