×

NMB BANK
NIC ASIA

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : कांग्रेस नेता निधि

धादिङ | साउन ३२, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले विक्रम संवत् २०८४ सालको आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् ।

Muktinath Bank

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै विक्रम संवत् २०८४ सालको आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चालू संसद् ५ वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् ५ वर्ष नै कायम रहन्छ,’ निधिले भने, ‘विक्रम संवत् २०८४ सालमा हुने आम निर्वाचनसम्म देशमा ३ वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।’ 


Advertisment
Nabil box
Kumari

सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको उनले बताए ।

Vianet communication

कांग्रेस नेता निधिले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै त्यसका लागि कांग्रेसको संगठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासँग आग्रह गरे । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका स्व. पिता सोमनाथ ढुंगानाको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि दिन निधि धादिङ आइपुगेका हुन् ।

नेपाली कांग्रेस धादिङले आयोजना गरेको श्रद्धाञ्जलि सभामा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी समेत सहभागी थिए । सभापति देउवाले पञ्चायती व्यवस्थाको समयमा पनि जनताको मत जितेर लोकतन्त्रको पक्षमा काम गरेकाले कांग्रेसजनले उनलाई प्रेरणाको रूपमा लिनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x