×

NMB BANK
NIC ASIA

कोशीको प्रदेश सरकार : बनाउन पनि सकस, टिकाउन पनि सकस ! यस्ता छन् अनेक रणनीति

विराटनगर | साउन ३२, २०८०

NTC
Premier Steels

सरकारले विश्वासको मत लिने दिनसम्म कोशी प्रदेशसभा बैठकको अध्यक्षता आफ्ना सांसदले गर्नु नपरोस् भनेर मुख्यमन्त्री उद्धव थापाले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मन्त्रिमण्डलमा सामेल गराए ।

Muktinath Bank

मण्डललाई मुख्यमन्त्री उद्धव थापाले बुधवार कृषि राज्यमन्त्रीमा नियुक्त गरे । सत्ता गठबन्धनको कदमले विपक्षी एमाले पनि दबाबमा परेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९३ सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि चाहिने बहुमत संख्या (४७) पुर्‍याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर कायमै छ । उनी नेकपा एमालेकी समानुपातिक सांसद हुन् । समानुपातिक भएकाले पनि पार्टीले भनेको भन्दा दायाँबायाँ गर्ने छुट उनलाई छैन । दायाँबायाँ गरे हटाएर उनको ठाउँमा अरूलाई नै ल्याउन कसैले छेक्दैन ।


Advertisment
Nabil box
Kumari

उनलाई एमालेले राजीनामा गराएमा प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सांसद मण्डलले गर्नुपर्ने अवस्था बन्न सक्थ्यो । उपसभामुखले राजीनामा दिएको खण्डमा सभाको अध्यक्षता मण्डलले नै गर्नुपर्थ्यो तर अब उनले अध्यक्षता गर्न मिल्दैन । मन्त्रीले सभाको अध्यक्षता गर्न मिल्दैन । 

Vianet communication

समाचार तयार पार्दासम्म कानूनको पालना गर्ने र बैठक चलाउने उपसभामुख सिर्जना दनुवारको भनाइ छ । 

तर एमालेले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट हुबहुँ पास गरे मात्रै सदन चलाउन सहज वातावरण बनाउने जनाएको छ । सरकारले बजेटलाई तोडमोड गरेको अवस्थामा सोच्न बाध्य हुने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । एमाले सभाको चाबी आफूसँग भएको भन्दै सरकारलाई धम्क्याइरहेको छ ।

सरकार पनि एमालेसँग लचिलो देखिएको छैन । बजेट परिवर्तनको खेलमा लागेको छ । बजेट परिवर्तन हुने आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले बताए । 

उपसभामुख दनुवारले पार्टीको निर्देशनमा राजीनामा दिइन् भने ज्येष्ठताका आधारमा एमालेका रोहितबहादुर कार्की, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका सदयहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोर चन्द दुलाल, राप्रपाका गोपालबहादुर विश्वकर्मा, एमालेका ज्ञानेन्द्र सुवेदी ज्येष्ठ सदस्य छन् । एमालेजस्तै प्रतिपक्षमा रहेको राप्रपाले अहिलेको सरकारलाई सघाउने सम्भावना छैन ।

सत्ता गठबन्धनले कान्छो भाइको जस्तो व्यवहार गरेको राप्रपा कोशी प्रदेशका अध्यक्ष भक्तिप्रसाद सिटौलाले बताए ।

एमाले र राप्रपा विपक्षमा रहेकाले आफ्ना पार्टीका ज्येष्ठ सदस्यलाई बैठकमा अनुपस्थित गराउने सम्भावना पनि कम छैन । उनीहरू पछि कांग्रेसका अमृतकुमार अर्याल ज्येष्ठ सदस्य छन् । नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु पनि मन्त्री छन् ।

प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छन् । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा ४७ सांसद छन् ।

मुख्यमन्त्री थापाले भदौ १३ गतेभित्रमा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । उनी साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभा बैठक भदौ १ गते बस्ने गरी संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ । एमालेले उपसभामुखलाई बिरामी बिदा बसाउने रणनीति अपनाएकाले ज्येष्ठ सदस्य मण्डलाई राज्यमन्त्री बनाएको गठबन्धनका एक नेताले बताए । ‘तुलफुललाई बार लगायो भने मात्रै खान पाइन्छ भनेर छेकबार लगाउने काम पनि गरिरहेका छौं,’ कांग्रेसकै एक सांसदले भने, ‘तर अहिले हामीलाई नै नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाउको अनुहारको अवस्था भएको छ ।’

विपक्षीले उपसभामुखलाई राजीनामा गराउन लगाएर ज्येष्ठ सदस्यलाई उपस्थित नगराएको खण्डमा २ वटा विकल्पमा छलफल भइरहेको सत्ता गठबन्धनका नेताहरूले बताएका छन् । मुख्यमन्त्रीले राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने र सभा चलाउने ज्येष्ठ सदस्यलाई  विश्वासको मत दिन लगाउने गरी छलफल भइरहेको सत्ता बन्धनका नेताहरूले बताएका छन्  ।

सभाको अध्यक्षता गर्नेले बराबरी मत भए मात्रै निर्णायक मत दिन पाउने कानूनी व्यवस्था छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बनेको यो सरकारले उपधारा (३) मा जान नदिनका लागि विश्वासको मत लिन नसक्ने अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिने र २ बमोजिमकै सरकार बनाउनका लागि प्रदेश प्रमुखसँग आग्रह गर्ने गरी छलफल भइरहेको स्रोतले जनाएको छ । प्रदेश प्रमुख परशुराम खापुङ जसपाका हुन् । जसपा अहिलेसम्म सत्ता गठबन्धनमै छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x