मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | भदौ ४, २०८०
दुई वर्षअघि एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) प्रभावशाली नेताहरूको विद्रोहको सम्भावनाले झनै कमजोर बन्दै गएको देखिएको छ ।
२०७८ भदौ २ गते एमालेबाट चोइटिएर बनेको नेकपा (एस)का सचिवद्वय रामकुमारी झाँक्री र राजेन्द्र राईको असन्तुष्टिले पार्टीमा समस्या गहिरिँदै गएको देखाएको हो ।
गठबन्धनको बलमा १० सीट जितेर केही थान मन्त्री बन्नुबाहेक अन्य उपलब्धि नभएको भन्दै पार्टीमा तीव्र असन्तुष्टि छ । सोही कारण पार्टी छाडेर एमालेमा मिसिने लहर नै चलेको छ ।
पार्टी गठनमा महत्त्वपूर्ण योगदान र अग्रसरता देखाएका नेता नै पार्टी बैठकमा जान छाडेका छन् ।
३५ बढी केन्द्रीय सदस्यको बहिर्गमन, २० जिल्ला नेतृत्वको पलायन र दैनिकजसो नेता कार्यकर्ता एमाले प्रवेशले नेकपा एसलाई चुनौतीको बिन्दुमा खडा गरेको हो ।
पार्टीको औचित्य पुष्टि नै गर्न नसकिएको भन्दै उनीहरू असन्तुष्ट रहेको बताइन्छ । विद्यार्थी राजनीतिबाट एमालेमा उदाएका यी दुई नेता लोकप्रिय र चर्चित अनुहार हुन् ।
राई त झन् कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् । तर, पार्टीका गतिविधिसँग उनीहरू पछिल्लो एक वर्षयता असन्तुष्ट बन्दै आएका छन् ।
‘मैले अघिल्लो वर्षको असार १२ गते मन्त्री छाडें, तर त्यसयता मलाई पार्टीको पद छ, तर जिम्मेवारी छैन । वर्षको एकचोटी स्थायी कमिटी, पोलिटब्युरो केन्द्रीय कमिटी बैठक बस्छ’ झाँक्री भन्छिन्, ‘यहाँ महत्त्वपूर्ण र मुख्य विषयको निर्णय हुँदैन । सबै नीतिगत निर्णय सचिवालय बैठकले गर्ने भएपछि पार्टी संरचना र पद कामकाजी देखिएका छैनन् ।’
एजेन्डाविहीन बनेकोमा आक्रोशित झाँक्री
दुई वर्षसम्म विभाजनको औचित्य पुष्टि गर्न नसकेको र पार्टीलाई दिशा दिने कुनै कार्यक्रम ल्याउन नसकेको भन्दै झाँक्री असन्तुष्ट छिन् ।
‘एमाले राम्रो भएन, केपी ओली राम्रो हुनुभएन भन्दै फरक मत राखेर हामी नयाँ पार्टीको अभ्यासमा लाग्यौं, तर हामी पनि कसरी राम्रो भयौं त ? हामी फरक हौं भनेर देखाउन नसक्दा र आन्दोलन अलमलमा पर्दा विभिन्न तत्त्वले फाइदा लिएका छन्,’ झाँक्रीले लोकान्तरसँग भनिन्, ‘यो बीचमा न एजेन्डा प्रस्ट भयो, न त पार्टी विभाजनको औचित्य नै पुष्टि नै भयो । समाजवादी पार्टी राम्रोसँग चलाउन उहाँहरू सफल हुनुभएन ।’
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पास गर्ने कि नगर्ने भन्ने विषयमा देखाएको ढुलमुले र कच्चा नीतिको पनि झाँक्री विरोध गर्छिन् ।
‘हामी एमसीसी पास गर्न हुँदैनौं भन्ने पक्षमा थियौं । तर, पार्टीले टेबल गर्न मात्रै दिने पारित गर्ने भन्यौं,’ झाँक्री भन्छिन्, ‘तर विरुद्धमा सडकमा आन्दोलन गर्न पनि पठाउने र भित्रभित्रै पास गर्नेजस्तो दोधार पार्टीले देखाउँदा पनि समस्या भयो ।’
गत प्रतिनिधिसभा निर्वाचनमा जीतनजिक पुग्दा पनि पराजित हुनुको दोष झाँक्रीले पार्टीलाई नै थोपरेकी छिन् ।
कोशी नामले राईलाई विद्रोही बनाउँदै
८६ जना सांसदले कोशी नामको पक्षमा मत हाल्दा समाजवादीका ४ सांसदले विपक्षमा भोट हालेका थिए । तर, समाजवादीका सम्मानित नेता झलनाथ खनालले कोशी प्रदेश नै उपयुक्त नाम भएको र लाखौंको भावना समेटिएको भन्दै वक्तव्य जारी गरेपछि राईसहितका नेता असन्तुष्ट बन्दै आएका छन् ।
पार्टीले कोशी नाममा असझदारी राख्दै भोट नहाल्ने निर्णय गरेका बेला प्रभावशाली नेताले फरक मत राख्दै वक्तव्य जारी गरेपछि राई पार्टी नेतृत्वसँग समेत असन्तुष्ट बनेका हुन् ।
मुख्यतः पहिचान झल्कने गरी प्रदेश १ को नामाकरण नभएकोमा राई असन्तुष्ट छन् ।
पार्टीका नीति, सिद्धान्त र डकुमेन्टले पनि पहिचान झल्किने गरी नाम राख्न पटक–पटक निर्देश गरे पनि अध्यक्ष नेपालले आवश्यक दबाब बढाउन नसकेकोमा राई असन्तुष्ट छन् ।
पार्टीले धार नै देखाउन नसकेको भन्दै असन्तुष्ट रहेका राई पनि पार्टीका बैठकमा थोरैमात्रै उपस्थित हुन्छन् । कोशी प्रदेशका सांसद समेत रहेका राई पार्टीको जारी पोलिटब्युरो बैठकमा समेत सहभागी हुन आएनन् ।
अध्यक्ष नेपालले कोशी नामकरणप्रति असहमति नराखेको र राष्ट्रिय राजनीतिमा केही पनि लबिङमा नगरेकोमा राई असन्तुष्ट रहेको नेताहरू बताउँछन् ।
‘पार्टीले एउटा निर्णय गरिसकेपछि यसमा प्रस्ट भएर उभिने र जनमत बनाउने गरी नेतृत्व लाग्नुपर्ने हो,’ नेकपा एसका एक नेता भन्छन्, ‘तर एकपटक पोजिसन निर्माण गरिसकेको विषयमा प्रभावशाली नेताले फरक मत राख्ने अनि पार्टी नेतृत्वले कुनै ‘एक्सन’ नलिने स्थितिमा राईमा असन्तुष्टि देखिनु अस्वाभाविक होइन ।’
समाजवादी गठनका दुई खम्बा
एमाले विभाजनका बेला १० प्रभावशाली नेताले धोका दिँदा माधव नेपाललाई जुरुक्कै बोकेर रामकुमारी झाँक्री तथा राजेन्द्र राईहरूले नयाँ पार्टी गठनको माहोल बनाएका थिए ।
अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका नेताले साथ नदिँदा पनि विद्यार्थी राजनीतिबाट आएका यी दुई हस्तीले दरिलो साथ दिएका थिए ।
नयाँ पार्टी गठनका लागि निर्वाचन आयोग पुग्दा माधव नेपाललाई झाँक्रीले डोहोर्याएको तस्वीर भाइरल भएको थियो ।
तर, अहिले यी दुई नेता पार्टीप्रति असन्तुष्ट रहँदै आएका छन् । पार्टी सचिवको जिम्मेवारीमा रहेकाले खुलेर बाहिर नबोले पनि पार्टी गतिविधिमा उनीहरूको तीव्र असन्तुष्टि पाइन्छ । उनीहरूले अझै पनि पार्टीले कार्यशैली र एजेन्डा सुधार्छ कि भनेर निष्क्रिय भएर बाटो हेरिरहेको निकटस्थहरूसँग बताउने गरेका छन् ।
झाँक्री एमालेमा फर्किँदैछिन् भनेर हल्ला समेत चलेको छ । केही दिनअगाडि एमाले नेता खिमलाल भट्टराईसँग उनको भेट भएको थियो ।
सो भेटमा भट्टराईले झाँक्रीलाई एमालेमा फर्किन निम्तो दिएका थिए । तर झाँक्री अझै पनि पार्टी सुध्रिन्छ कि भन्ने आशामा बसेको बताउँछिन् ।
‘सधैं पार्टीमा निष्क्रिय भइरहने सोचेको छैन । नयाँ ढंगले परिस्थिति बनाउन सकिन्छ कि भनेर प्रयास गरिरहन्छु,’ उनले भनिन्, ‘धेरै सिनियर नेता र अभिभावकको ठूलो टीम छाडेर आएकी छु । वामपन्थले धार छाडेकोले पपुलिस्टहरू हावी भएका हुन् । तर, हामी आन्दोलनलाई ट्रयाकमा ल्याउन प्रयत्नशील रहन्छौं ।’
नेकपा एसका अर्का एक नेता प्रभावशाली नेताले पार्टी बैठक बहिष्कार गर्नु, असहमति राखिरहनुको गम्भीर समीक्षा हुनुपर्ने बताए ।
‘पार्टीले कहिलेकाहीँ बैठक गर्छ, तर त्यही बैठकमा पनि जिम्मेवार सचिवजस्ता नेता नजानु भनेको एक खालको मौनविद्रोह हो । उहाँहरू पार्टी छाड्ने मनस्थितिसम्म पुगिसक्नुभएको जस्तो लाग्दैन,’ ती नेता भन्छन्, ‘तर परिस्थिति सम्हालिने अवस्था नआए उहाँहरूको विद्रोहलाई कसैले रोक्न सक्दैन ।’
नेकपा एसका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिना हिजोकै जस्तो कार्यशैलीमा नेतृत्व चल्ने हो भने अर्को चुलोचौको किन लाउने भन्ने प्रश्न उब्जिएको बताउँछन् ।
‘नीति, कार्यशैली, नेतृत्व र कार्यक्रम प्रभावकारी भएन भनेर विद्रोह गरे पनि हिजैको जस्तो परिस्थिति, एजेन्डा, प्रवृत्ति र कार्यशैली देखिएको छ । सोही कारण नेता/कार्यकर्ता पार्टीमा अडिन सक्ने अवस्था नभएको हो,’ तिमल्सिना भन्छन्, ‘विभिन्न निर्वाचनमा कता–कता गठबन्धन गर्ने बाध्यताले ठोस ढंगले पार्टी बनाएर जानेमा अडिन सकिएन । यसैगरी चल्ने हो भने किन अर्को चुलोचौको लगाउनुपर्यो भनेर पदाधिकारीदेखि नेता/कार्यकर्तासम्मले प्रश्न गरिरहेको अवस्था हाम्रो पार्टीमा छ ।’
५ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले यस्ता प्रवृत्तिको सूक्ष्म ढंगले समीक्षा गर्दै पार्टीलाई सुधारेर लानुको विकल्प नभएको उनको भनाइ छ ।
‘कतिपय नेता र कार्यकर्ता हतार गरेर पनि पुरानै पार्टीमा फर्किएका छन् । अब केन्द्रीय कमिटी बैठक र महाधिवेशनमा नयाँ ढंगले छलफल र कार्यक्रम बनाउन सके नेता कार्यकर्ताको पलायन रोक्न सकिन्छ,’ तिमल्सिना भन्छन्, ‘शैली नबदल्ने हो भने कम्युनिस्टको एउटै लयमा मिसिनुको विकल्प छैन ।’
सम्मानित नेता खनाल नै नेपालसँग असहमत
केही समयअघि बसेको समाजवादीको स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले १६ पृष्ठको प्रतिवेदन पेश गर्दै पार्टीको जनमत खुम्चिएको र निरीह देखिनुपरेको भन्दै नेतृत्वमाथि आक्रोश पोखे ।
‘पार्टीको जनमत खुम्चिँदै गयो । स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावसम्म आउँदा ३ लाख पनि कटाउन नसक्ने दुःखद् अवस्था बन्यो,’ खनालले दस्तावेजमा भनेका छन्, ‘उपचुनावमा हाम्रो पार्टीले आफ्ना उमेदवारसम्म उठाउन सकेन । हाम्रो पार्टी निरीह र निष्क्रिय देखियो ।’
खनालले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् । व्यावहारिक हिसाबले मिलाउने अवस्थामा एमालेसँग एकता गर्नबाट पनि पछाडि हट्न नहुनेमा खनालको जोड छ ।
एकीकरण नहुने अवस्थामा महाधिवेशनमा नेपाललाई अध्यक्षमा चुनौती दिने तयारीमा समेत खनाल रहेको उक्त पार्टीका एक नेताले बताए ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...