बैशाख २९, २०८१
केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...
नेपाली साहित्यमा चिरपरिचित नाम हो भरत जङ्गम । यसो त बहुमुखी प्रतिभाका धनी हुन् उनी । पत्रकारिता, वकालत, प्राज्ञिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक आदि धेरै क्षेत्रमा जबरजस्त पकड छ उनको । विश्व प्राज्ञिक समाजले भ्रष्टाचारविरोधी शास्त्र प्रणेताकारूपमा चिन्छन् उनलाई । भ्रष्टाचार विरुद्धको विज्ञानको दह्रो विश्लेषक मानिन्छन् उनी । तथापि नेपाली साहित्यमा छुट्टै पहिचान छ उनको । विभिन्न विधाका थुप्रै कृति लेखेका छन्, प्रकाशित गराइसकेका छन् । यिनैमध्ये हालै प्रकाशित अर्को किताबको नाम हो भ्रष्टाचार विरुद्धको विज्ञान । भ्रष्टाचारविरोधी शास्त्र, भ्रष्टाचार निवारणको सिद्धान्त र भ्रष्टाचार विरुद्धको विज्ञान नामक यस कृतिलाई एन्टीकरप्सन एकेडेमी नेपालले प्रकाशित गरेको हो ।
भ्रष्टाचार विरुद्धको अभियानमा लामो अनुभव सँगालेका छन् जङ्गमजीले, जुन अनुभव राम्रैसँगै पोखिएका छन् यस पुस्तकमा । परिभाषामै पानीजस्तै माथिबाट तल बग्ने तत्व हो भनेका छन् भ्रष्टाचारलाई, जसले निश्चित विन्दु बनाएर आफ्नो स्तर कायम गर्छ भन्ने निचोड छ उनको । अनेक उदाहरण दिएर भ्रष्टाचार के हो, कसरी उत्पत्ति तथा विकास हुन्छ र त्यसको निराकण कसरी सम्भव हुन्छ भन्ने कुरा देखाइएका छन् यहाँ ।
भ्रष्टाचारको कुरा गर्दा राजनीतिक आवरणमा हुने नीतिगत भ्रष्टाचार सबैभन्दा डर लाग्दो भ्रष्टाचार हो । यसकै आडमा उसका जरा फैलिएका हुन्छन् निकै गहिराइसम्म । जब भ्रष्टाचारले संस्थागत रूप लिन्छ तब यो समस्या थप जटिल र विकराल बन्न पुग्छ । यसको निराकरण गर्न चानचुने प्रयासले सम्भव हुँदैन । त्यसका लागि त्यस्तै किसिमले गहिराइमा डुब्नुपर्ने हुन्छ । यिनै कुरालाई प्रष्ट्याउने काम गरेको छ यस पुस्तकले ।
नेपाल भ्रष्टाचारको उर्वर भूमि हो फरक पर्लाजस्तो लाग्दैन यतिबेला । ससारमा कतै नहुने भ्रष्टाचार यहीँ हुने गर्छ । स्वदेशी नागरिकलाई विदेशी नागरिक बनाएर भ्रष्टाचार सायद संसारमा कतै हुँदैन तर त्यो पनि हुने गरेको छ हाम्रो यहाँ । आश्चर्य त के भने सदाचारको कुरा गरेर नथाक्ने क्रान्तिकारी नेताहरू नै नराम्ररी मुछिएका छन् यसमा । नीतिगत र संस्थागत भ्रष्टाचार अर्को विशेषता हो यहाँको । सायद यस किसिमको भ्रष्टाचार पनि कमै होलान् देशदुनियाँमा ।
कदाचित भइहाले कारबाही पनि त्यस्तै हुने गर्छन् त्यतातिर तर हाम्रो यहाँ भने पहिलो कुरा त कारबाही नै हुँदैन त्यस किसिमको तहसम्म । भइहाले पनि सामान्य सोधपुछबाहेक केही हुँदैन । सायद लहरो तान्दा पहरो थर्कन्छ कि भन्ने डरले काम गरेको हुनुपर्छ अन्तर्यमा । यस्तो अवस्थामा त्यस्तै किसिमको औषधीको आवश्यकता पर्छ, जसले वनमाराको जरालाई पूरै उखेल्न सकोस् । भ्रष्टाचार विरुद्धको विज्ञानमा यस्तै आधार फेला पार्न सकिन्छ केलाउँदै जाँदा ।
भ्रष्टाचार कहिले भएको छ भन्नुभन्दा कहिले भएको छैन र कसले गरेको छ भन्नुभन्दा कसले गरेको छैन भन्नुपर्ने अवस्था छ अहिलेको परिप्रेक्षमा । खासगरी २०४६ सालको परिवर्तनपछि सुरू भएको हो यस किसिमको भ्रष्टाचार, जसको श्रीगणेश गर्ने काम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । यी कोइराला तिनै कोइराला हुन्, जो भ्रष्टाचारविरोधी नेता कृष्णप्रसाद भट्टराईलाई अन्तरघात गरी हराएर प्रधानमन्त्री बन्न सफल भएका थिए ।
यहाँनेर पूर्ववरिष्ठ प्रहरी हाकिम रमेश खरेलको भनाइ सम्झना हुन्छ । उनले केही दिनअघि एक सञ्चारमाध्यमसँग भनेका थिए नेपालमा सुनतस्करीको ढोका खोल्ने काम गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । उनले प्रधानमन्त्री हुनासाथ पार्टी चलाउन गाह्रो पर्यो भनेर तीन महिनाका लागि सुन तस्करी खुला गरेका थिए रे तर दूधको स्वाद पाएको बिरालो किन साधु बन्न सक्थ्यो र । त्यसपछि यसले यति बढी सनातनी मान्यता पाउँदै गयो कि चोर बिरालाहरू फैलिएर गएर ललिता निवासहुँदै चर्चित सुनकाण्डसम्म फैलिन सफल भए । यद्यपि तत्कालीन विद्रोही शक्तिलाई मूलधारमा ल्याउने भनेर जयजयकार गर्ने पनि उत्तिकै छन् तर विद्रोहीको सबै माग पूरा गर्दै जाने हो भने जसले पनि गर्न सक्ने काम हुन् यी ।
त्यतिबेला उनले जसरी जे पनि हुन्छ भन्दै गएका थिए त्यसैको व्याज तिर्न विवश छ मुलुक यतिखेर । मधेश विद्रोहमा पनि उनको भूमिका त्यति नै जब्बर छ, जसले सङ्घीयतालाई संस्थागत गर्ने काम गरेको थियो । अहिले त्यही सङ्घीयता मुलुकलाई घाँडो सिद्ध हुँदै गएको कुरा स्वयं कांग्रेसी नेताहरू नै भन्न थालेका छन् । यसैका कारण महङ्गो एउटा राजा फाल्ने मुलुकले दर्जनौँ छोटे राजा पाल्नुपरेको छ । खेलाडीका लागि एउटा रङ्गशाला बनाउन नसक्ने मुलुकले उनीहरूका लागि त्यति नै सङ्ख्यामा आलिशान महल बनाउन बाध्य हुनुपरेको छ ।
मुलुकमा वैदेशिक रोजगारको जग बसाउने पनि गिरिजाप्रसाद कोइराला नै हुन् । मुलुकी शासनसत्ता समाल्ने व्यक्तिले स्वदेशमै रोजगार सिर्जना गर्नतिर लाग्नुपर्नेमा विदेशी शासकहरूसँग रोजगारीको हात फैलाउन गएको कुरा सायद धेरैलाई याद हुनुपर्छ तर उनका लागि त्यो पनि लाजको विषय भएन, बनेन । हाकाहाकी रोजगारीको भीक्षा माग्दै हिँडे खाडीतिर पुगेर । अहिले मुलुक रित्तियो भनेर चिच्याउनुको के अर्थ रह्यो र ? आखिर जे रोपिएको थियो त्यही फलेको न हो ।
एमालेले पनि पानी माथि ओभानो बन्न नखोजे हुन्छ भ्रष्टाचारको मामिलामा । उसले महाकाली सन्धीलाई चार करोडको चेकसँग साटेर यसमाथि लालमोहर लगाउने काम त्यतिबेलै गरेको हो । त्यति बेला चेक भजाएर पाटी चलाउन त सजिलै भएको थियो उसलाई तर त्यसले बुनेको भ्रष्टाचारको जालो अहिले आफैँलाई निल्नु न ओकल्नु हुन पुगेको छ । तत्कालीन विद्रोही शक्ति नेकपा (माओवादी) (अहिले माओवादी केन्द्र)को त के कुरा गर्ने । लुटतन्त्रलाई वैधानिकता दिने काम गर्ने नै उही हो ।
यसको अर्थ पंक्तिकारको मकसद सङ्घीयताको विरोध गर्नु होइन । संविधानमै उल्लेख भइसकेपछि त्यस्तो कुरा आफैँमा संविधान विरोधी कुरा हुन् । संविधानको विरोध गर्नु पनि हुन्न र यस लेखको आशय त्यो हुँदा पनि होइन । अहिलेको आवश्यकता भनेको कसरी त्यसलाई कम खर्चिलो र भ्रष्टारमुक्त पार्न सकिन्छ भन्ने नै हो, जसमा भ्रष्टाचारविरोधी विज्ञान नामक प्रस्तुत किताव रामबाँण बन्न सक्छ । कुल २२८ पृष्ठको यस किताबमा विभिन्न शीर्षकको ४० प्रकरण छन्, जसले भ्रष्टाचारको स्वरूप, शैली र विस्तारको दिग्दर्शन गर्दै निराकरणको उपाय सुझाएको छ । त्यसैले यसलाई क्याम्पसस्तरीय पाठ्यक्रममै राखेर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने देखिएको छ । भ्रष्टाचारको जरो यति तलसम्म फैलिइसकेको छ कि अब त्यसलाई चानचुने प्रयासले रोक्न सम्भव छैन । यसका लागि सामाजका हरेक वर्गलाई त्यस्तै किसिमको तरिका सिकाउनुपर्ने हुन्छ, जुन काम यस किताबले गर्न सक्ने देखिन्छ ।
यस किसिमको भ्रष्टाचारविरोधी शास्त्र अर्थात् भ्रष्टाचार विरुद्धको विज्ञान लेखेर जङ्गमजीले राम्रै गुन लगाएका छन् समाजलाई । उनले भ्रष्टाचार उन्मूलनको बाटो देखाइसकेका छन् । अब खाँचो छ त्यसलाई कसरी समाजको प्रत्येक तह र तप्कासम्म पुर्याएर कार्यान्वयन गर्ने भन्ने कुराको । आशा छ सरकारले साँच्चै मुलुकलाई भ्रष्टाचार मुक्त गर्न चाहेको हो भने यसतर्फ ध्यान दिनेछ ।
अन्त्यमा लेखकले भनेजस्तै भ्रष्टारविरुद्धको विज्ञानको अध्ययन, शोध, विश्लेषण, तथा परीक्षण गरी यसको प्राज्ञिक दृष्टिकोणमा विस्तृत व्याख्या गर्नुपर्ने भएकाले यसको प्रचार–प्रसार र विकासमा सम्बन्ध निकायको ध्यान पुगोस् भन्दै कलम बन्द गर्न चाहन्छु । धन्यवाद !
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...
सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...
बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...