असोज ७, २०८०
इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टिनीको टाउको...
काठमाडाैं | असोज १, २०८०
पाकिस्तानको कामचलाउ सरकारका प्रधानमन्त्रीले सीमा तनावका बीच अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन आह्वान गरेका छन् ।
तोरखाम सीमामा तनावका कारण दुवै देशका सेनाले एकअर्काबीच झडपको परिस्थिति सृजना भएको केही दिनपछि कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरले तालिवानद्वारा नियुक्त अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसन अखुन्दलाई पत्र लेखेर काबुलसँगको सम्बन्ध सुमधुर एवं सुदृढ तुल्याउने चाहना व्यक्त गरेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीले तालिबान प्रशासनलाई इस्लामाबादसँग सहकार्य गर्न आमन्त्रण गरेको एशोशिएटेड प्रेस अफ पाकिस्तानले जनाएको छ । पत्रमा प्रधानमन्त्री काकरले पाकिस्तान र अफगानिस्तानबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई जोड दिँदै पारस्परिक मैत्रीलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् । उनले सीमा क्षेत्रमा शान्ति–स्थिरता स्थापना गर्न अफगानिस्तानका प्रधानमन्त्रीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए ।
“हामी छिमेकीका साथै दाजुभाइ पनि हौं । म हाम्रो द्विपक्षीय सम्बन्धका सम्पूर्ण क्षेत्रमा साझेदारी गर्न चाहन्छु । विशेष गरी राजनीतिक, सुरक्षा, आर्थिक र सांस्कृतिक क्षेत्रमा हाम्रो सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामीले यी साझा लक्ष्यहरू प्राप्त गर्न लगनशील भएर काम गर्नुपर्छ, ”पत्रमा भनिएको छ ।
तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट बढ्दो खतराका कारण अफगानिस्तानमा सम्भावित हमला र ड्रोन आक्रमणको मुद्दालाई सम्बोधन गर्दै प्रधानमन्त्री ककरले पाकिस्तानको आत्मरक्षाको अधिकारको प्रतिरक्षा गर्दै पाकिस्तानले आवश्यक परेको बेला आफ्नो भूमि र नागरिकको सुरक्षाका लागि आवश्यक कारबाही गर्ने प्रतिबद्धता पनि पत्रमा व्यक्त गरेका छन् । पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट आक्रमण हुने गरेको आरोप लगाउँदै आएका छन् भने तालिबान अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
इजरायली सेनाले आइतबार बिहान पश्चिम किनारमा दुई जना प्यालेस्टिनीको गोली हानेर हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टिनीको टाउको...
नागोर्नो–काराबाख पेन्सनर स्वेतलाना इसाखान्यान हरियो चप्पल लगाएर र पासपोर्टसहितको एउटा सानो झोला मात्र हातमा बोकेर शरणार्थीका रूपमा आर्मेनियामा प्रवेश गरेकी छन् । अजरबैजानले यसै हप्ता पृथकतावादी क्षेत्रव...
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ र...
हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ । सम्मेलनमा ३० भन्दा बढी देशका...
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जनाएको छ । प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्य...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुर...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...