मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
बुटवल | असोज ४, २०८०
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनको आ–आफ्नै पहिचान छ । अमर
कांग्रेस नेतासमेत रहेका चौधरी पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन भने, प्रदेश सभापति अमरसिंह वरिष्ठ नेता शेखर कोइराला पक्षका । चौधरीले विभिन्न आरोह–अवरोहमा देउवालाई साथ नछाड्नेमा पर्छन् भने अमरसिंह कोइरालालाई । लुम्बिनी प्रदेशका राजनीतिक सहयात्री चौधरी र अमरसिंहको राजनीतिक उचाइ पनि बराबरजस्तै छ । राजनीतिक भूगोल जोडिएका दुवै नेता कांग्रेसभित्र तेस्रो तहका नेतामा पर्छन् ।
दाङका चौधरी र रोल्पाबाट उदाएका अमरसिंहले आ–आफ्नो गुटमा आफूलाई सिद्ध गर्ने गर्छन् । पछिल्लो समय एकअर्काविरुद्ध दाउपेचको अभ्यास गरेका चौधरी र अमरसिंह प्रदेश सरकार र प्रदेशको राजनीतिमा एकअर्काका प्रतिस्पर्धी बनेका छन् । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेल गएपछि लुम्बिनीमा चौधरीले अब आफूलाई देउवाको उत्तराधिकारी बनाउन खोज्दैछन् । यता अमरसिंह कोइराला र महामन्त्री गगन थापाको साथले आफ्नो शक्ति विस्तार गर्न खोज्दै अघि बढेपछि दुवै नेता चर्को गुटबन्दीमा विभाजित छन् । लुम्बिनीमा सत्तारुढ गठबन्धनबाट ‘मिलिजुली’ सरकारको नेतृत्व गरेपछि माओवादी केन्द्रबाट रोल्पाबाट निर्वाचित दीपेन्द्रकुमार पुनलाई मन्त्री बनाउनुपर्ने मुख्यमन्त्री चौधरीलाई दबाब छ ।
मुख्यमन्त्री बनाउने आशीर्वाद कोइरालाबाट पाएर प्रदेशसभाको उम्मेदवार बनेका थिए अमरसिंह पुन । तर, सत्तारुढ गठबन्धन छाड्दै बागी उम्मेदवार बनेर दीपेन्द्रले उनलाई पराजित गरेका थिए । आफूलाई पराजित गरेका दीपेन्द्रलाई कुनै हालतमा मन्त्री नबनाउन उनले अहिले मुख्यमन्त्रीलाई दबाब दिएको बताइन्छ । दीपेन्द्र अहिले पुनः माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्न ‘लबिङ’मा लागेका छन् । अर्कोतिर दीपेन्द्रलाई मन्त्री बन्नबाट गठबन्धन दल कांग्रेसकै अमरसिंहले रोक्न खोजेपछि लुम्बिनी माओवादी केन्द्र मुख्यमन्त्रीसँग रुष्ट बनेको छ । मुख्यमन्त्री चौधरी पनि सभापति अमरसिंहले भन्दै आएका कुराहरू मान्न तयार देखिँदैनन् । दुवैले एकअर्कोलाई आफूनिकट नेताहरूसँग गुट राजनीतिक गरेको आरोप लगाउँछन् ।
यता मुख्यमन्त्री चौधरी मन्त्रालय विभाजन गरेर भागबण्डा मिलाउने तयारीमा लागेका छन् । यही बेला अमरसिंह भने मन्त्रालयको संख्या बढाए कांग्रेस आन्दोलनमा उत्रिने चुनौती दिँदैछन् । पार्टीको प्रदेश समितिको बैठकले मन्त्रालय नथप्न मुख्यमन्त्रीलाई आग्रह गर्दै निर्णय पनि गरे उनले । अहिले लुम्बिनीमा यी दुवै नेता जुंगाको लडाइँ चलिरहेको छ । लुम्बिनीमा राजनीतिक ‘ग्राउन्ड’ बनाउने कोसिसका कारण दुई नेताको तलसम्मै दुई गुट छन् । यसको असर कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा प्रष्टसँग देखियो । तत्कालीन गृहमन्त्री खाँणको आग्रहमा संस्थापन पक्षबाट उम्मेदवार बनेका भरतकुमार शाहलाई पराजित गरी अमरसिंहले प्रदेश सभापति बनेर देखाएपछि त्यसको छाँया निर्वाचनमा पनि देखियो ।
‘मुख्यमन्त्री पार्टीसँग कुनै समन्वय नगरी अघि बढनुभएको छ । उहाँ भेटमा सबै गर्छु भन्नुहुन्छ । तर त्यो पछि केही गर्नुहुन्न मुख्यमन्त्री जनतासँग जोडिनुभएन शक्तिवालासँग मात्र लाग्नुभयो,’ उनी भन्छन्, ‘गठबन्धन विरुद्ध लागेर बनेकालाई अहिले मन्त्रीको पुरस्कार दिने भए किन चाहियो गठबन्धन । फेरि मुख्यमन्त्रीले उही व्यक्तिलाई मन्त्री बनाउन किन पर्यो ? मलाई योजनाबद्ध रूपमा हराउनेलाई मन्त्री बनाउन माओवादी पनि किन चाहन्छ । अनि उनीहरूसँग सधै गठबन्धन किन गर्ने ?’
दुवै नेताको राजनीतिक विगत खोतल्ने हो र वर्तमानलाई विश्लेषण गर्ने हो भने उनीहरूबीचको प्रतिस्पर्धा पेचिलो बन्दै गइरहेको छ । ‘पावर’ लिने शक्ति प्रतिस्पर्धा गरिरहेका दुई नेता पार्टी राजनीतिमा पनि उत्तिकै प्रतिस्पर्धी बनेका छन् । अमरसिंह रोल्पाबाट २०७० मा समानुपातिक तर्फ संविधानसभा सदस्य बनेपछि राज्यमन्त्री बनेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दाङका तत्कालीन ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले जीत निकाल्दा चौधरी पनि निर्वाचित भएका थिए । राजनीतिमा पनि दुवैले लामो समय बिताएका छन् । कांग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जन्मजय तिमल्सिना दुवै नेताबीच धेरै ठूलो तिक्तता आफूले नपाएको बताउँछन् । उनी भन्छन, ‘उहाँ (सभापति अमरसिंह)ले फलानो व्यक्तिलाई मन्त्री बना, फलानोलाई नबना भनेजस्तो देखिन्छ । गठबन्धन सरकार भएपछि मन्त्रालय थपघटको विषय सरकारको हो । त्यसमा विरोध गर्न भएन । अर्कोतिर उहाँहरू एउटै प्रदेशका नेता भएकाले नेतृत्वको प्रतिस्पर्धा हुनु पनि मलाई सामान्यजस्तै लाग्छ ।’
तिमल्सिनाका अनुसार दुई नेताकै कारण लुम्बिनी कांग्रेसले पार्टीका अन्तरिक मामिलामा असामञ्जस्यता महसुस भने गरेको छैन । अर्कोतिर राजनीतिक विश्लेषकहरू भने चौधरी र अमरसिंहबीच कडा टकराब भइरहेको बताउँछन् । अब लुम्बिनीको राजनीतिमा चौधरीलाई टकराव दिने अमर पुन निस्किएको उनीहरूको विश्लेषण छ । पार्टीको सिद्धान्तको हिसाबले चौधरीभन्दा अमर अघि रहेको बताइन्छ । द्वन्द्वको बेलामा रोल्पामा माओवादीसँग टसमस नभएर कांग्रेसको राजनीति गरेका सभापति अमरसिंह मुख्यमन्त्रीका लागि भावी चुनौती पेश गरिरहेका छन् ।
को हुन् मुख्यमन्त्रीलाई टक्कर दिइरहेका अमरसिंह ?
अमरसिंह रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोक भन्ने ठाउँमा २०२७ जन्मिएका हुन् । २०४८ सालदेखि कांग्रेसको राजनीतिमा लागेका उनी पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको छत्रछायाँमा हुर्किएका थिए । कांग्रेस विभाजन हुँदा उनी तत्कालीन संस्थापन पक्षमै रहिरहे ।
रोल्पामा माओवादीको सशस्त्र द्वन्द्वकालमा पनि उनले जिल्लामा सक्रिय राजनीति गरेका थिए । निर्माण व्यवसायसँगै राजनीति गर्ने अमरसिंहका निर्माण सामग्रीहरू माओवादीले जलाइदिनेसम्मको काम गरेका थिए । अमरसिंह रोल्पाबाट विस्थापित भएर कहिले काठमाडौं त कहिले नेपालगञ्ज बस्न थाले । मुलुकमा शान्ति सम्झौता भएपछि उनी पुनः गृहजिल्ला रोल्पा फर्किएर कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए ।
जिल्ला फर्किएपछि अमरसिंह २०६७ मा रोल्पा कांग्रेसको पार्टी सभापतिमा लडे पनि तीर्थ घर्तीसँग पराजित हुन पुगे । २०७० मा उनी समानुपातिकबाट संविधानसभा सदस्य भएर संसद् छिरे । संविधानसभा सदस्यसँगै उनलाई सिँचाइ राज्यमन्त्री भएर काम गर्ने अवसर पनि पार्टीले दियो । संविधानसभा सदस्यहुँदै गर्दा कांग्रेस विधान मस्यौदा समितिको सदस्यमा रहेर पनि काम गरेको अनुभव अमरसिंहसँग छ ।
उनी २०७४ मा संघीय संसद्को निर्वाचन लडे । माओवादी केन्द्रका प्रभावशाली नेता अहिलेका उपमहासचिव वर्षमान पुन ‘अनन्त’सँग चुनाव लडेका अमरसिंहले २० हजारभन्दा बढी मत ल्याए पनि जीत भने निकाल्न भने सकेनन् । अमरसिंह २०७९ मा माओवादीसँग गठबन्धन गर्दै प्रदेशसभामा मुख्यमन्त्री बन्ने गरी चुनाव लडेका थिए । तर उनी माओवादीका बागी उम्मेदवारसँग पराजित हुन पुगे ।
यता मुख्यमन्त्री चौधरी २०२६ असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा जन्मिएका हुन् । उनले आफूलाई जनताको कुरा सुन्ने, विकास गर्ने र उनीहरूको अपेक्षा अनुसारको काम गर्ने नेताको रूपमा चिनाउँदै आएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...