×

Dabur

नवजात शिशु बिक्री घटना [अपडेट]: ग्रीनक्रसका सञ्चालक खवास पनि पक्राउ

पक्राउ पर्नेको संख्या ७ पुग्यो

विराटनगर | असोज ४, २०८०

NTC
Premier Steels
Marvel

नवजात शिशुलाई बिक्री गरेको आरोपमा विराटनगरको ग्रीन​क्रस अस्पतालका सञ्चालक कृष्ण खवास पक्राउ परेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संग्लन भएको खुलेपछि  उनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो । 

yONNEX
Sagarmatha Cement

शिशुको बिक्री ग्रीन​क्रस हस्पिटलबाट भएको र हस्पिटलबाट समेत संस्थागत त्रुटि देखिएको अनुसन्धानबाट खुलेपछि सञ्चालक खवासलाई आइतवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान पनि शुरू गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै नवजात शिशु बिक्री प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।  जसमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा तपेश्वरलाल कर्ण पनि छन् । कर्णले पछिल्लो समय एक अविवाहित युवतीबाट जन्मिएकी शिशु (छोरी) ५ लाखमा बेचेको खुलेको छ । 


Advertisment

यसअघि प्रहरीले डा कर्ण र शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ का गोविन्द राई, ग्रीनक्रस अस्पतालकी  सरसफाइकर्मी सुधा राजबंशी, कटहरी गाउँपालिका २ का दिलमाया राजवंशी र सूर्यनारायण राजबंशी तथा सिरहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  

Vianet communication
Laxmi Bank

पक्राउ परेकालाई प्रहरीले सङ्गठित अपराध, मानवबेचबिखन तथा ओसार-पोसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २९, २०८०

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x