×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको चीन भ्रमण

प्रचण्डले चीनमा नउठाएको एक सवाल, जसले अन्य विषयलाई पार्दैछ ओझेल

काठमाडाैं | असोज ११, २०८०

NTC
Premier Steels

हाङचाउमा राष्ट्रपति सी चिनफिङ र बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता सम्पन्न गरेपछि फुर्सदिला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानसरोवरको तीर्थाटनमा छन् ।

Muktinath Bank

सन् २०१२ जनवरी चिनियाँ प्रधानमन्त्री बेनजिआ बाओले नेपाल भ्रमणमा केही घण्टा बिताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९ को अक्टोबरमा नेपाल भ्रमणमा आएका बेला राष्ट्रपति सी झण्डै २४ घण्टा मात्र बसेका थिए । नेपालका फुर्सदिला प्रधानमन्त्री बेरोजगार ज्वाइँ ससुराली बसेजस्तै छिमेकी देश शयर गरिरहेका छन्, जम्बो टीमसहित । कूटनीतिक शिष्टाचारको ख्याल नभएका र कामै नभएका मन्त्री– सुरक्षा सल्लाहकार र सचिवको झुण्ड लिएर प्रचण्ड खासै घुम्न नपर्ने ठाउँमा गइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उनले कृषि विश्वविद्यालयको अवलोकन गरे, जहाँ उनी नगए पनि हुन्थ्यो । देश सब ठीकठाक चलिरहेको जस्तोगरी प्रधानमन्त्री आठ–आठ दिन विदेशमा शयर गरिरहेका छन् । मुलुक आर्थिक रूपमा जर्जर रहेको, आम मानिसमा निराशा र युवाहरू पलायन भइरहेको अहिलेको समयमा प्रचण्डले आफ्नो भ्रमण छोट्याउँदा फरक पर्दैनथ्यो । 

Vianet communication

राष्ट्रपति सीसँगको भेट, एसियाली खेलकुदको उद्घाटनमा सहभागिता र प्रधानमन्त्री लीसँग भेट भइसकेपछिका अरू कार्यक्रम गौण थिए । केबल भ्रमण लम्ब्याउन र राष्ट्रिय ढुकुटी रित्याउनेबाहेक अरू औचित्य ती कार्यक्रमका थिएनन् ।

कति सफल कति असफल ? 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भयो । प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीचको वार्तापछि १३ बुँदे संयुक्त वक्तव्य जारी भयो । 

भारत भ्रमणको उपलब्धि १५ वटा मुर्रा भैँसी भएको भन्दै विपक्षी दलले संसद्मा प्रधानमन्त्रीको कटाक्ष गरेका थिए । चीन भ्रमणको उपलब्धि भैँसीको मासु निर्यात गर्ने सहमति भन्दै सामाजिक सञ्जालमा हल्का टीकाटिप्पणी शुरू भइसकेको छ । दुई प्रधानमन्त्रीको भेटपछि जारी संयुक्त १३ बुँदे संयुक्त वक्तव्यको ८ औं नम्बर बुँदामा ‘नेपालबाट राँगाको मासु आयातका लागि चीन सहमत भएको’ उल्लेख छ । 

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा केटाकेटी नाचेर स्वागत गरे भनेर कोही रमाइरहेका छन् भन्ने टिप्पणी गरेका थिए, एमालेको बागमती प्रदेश अधिवेशन उद्घाटन समारोहमा । हाङचाउको विमानस्थलमा प्रचण्डलाई चिनियाँ बालबालिकाले स्वागत गरेका थिए । १७ दिनसम्म संसदमा भोटेताल्चा लाएर विदेश भ्रमणमा गएको भनेर आलोचना गरे पनि भ्रमण सफल/असफल भनेर उनी बोलेका छैनन् । 

प्रधानमन्त्री प्रचण्ड स्वयंले यो भ्रमण सोचेभन्दा फलदायी भएको दाबी गरेका छन् । बुधवार ल्हासास्थित महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा प्रचण्डले चीनका राष्ट्रपतिले नेपाली प्रतिनिधिमण्डललाई एक घण्टाभन्दा लामो समय दिएर छलफल गरेको स्मरण गर्दै प्रचण्डले राजनीतिक रूपमा निकै महत्त्वपूर्ण भएको दाबी गरे । ‘अहिले यो बिन्दुमा आएर म ढुक्कसँग भन्न सक्छु, भ्रमण आजसम्म सोचेभन्दा बढी सफल भएको छ । मलाई बेइजिङमा गार्ड अफ अनर दिइएला भन्ने पनि लागेको थिएन, सामान्य सम्मान होला भन्ने थियो,’ प्रचण्डको भनाइ सरकारी मुखपत्र गोरखापत्रले बिहीवार लेखेको छ ।

null

प्रचण्डले यस्तो दाबी गरिरहँदा उनका पूर्व सहयात्री डा. बाबुराम भट्टराईले कटाक्ष गर्दै भ्रमण सफल नभएको टिप्पणी गरेका छन् । 

‘अहिले २१ औं शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेका बेला हामीले उसँगको निकट सम्बन्धमार्फत मुख्यरूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो । त्यस निम्ति उसले अघि सारेको बीआरआई र जीडीआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो,’ प्रचण्डको चीन भ्रमण सम्बन्धमा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुँदै गर्थ्यो ।’

चीनमा प्रचण्ड चुकेको एउटा महत्त्वपूर्ण विषय

प्रचण्डको भ्रमणको पूर्वसन्ध्यामा चीनले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्‍यो, जसमा नेपालले जारी गरेको चुच्चे नक्सालाई ‘रिकग्नाइज’ गरिएको थिएन । भारतले नेपाली भूमि अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेको भन्दै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो भू–भागमा पारेर नयाँ नक्सा जारी गरेको थियो । 

नेपालको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै प्रचण्डले चीन भ्रमण स्थगित गर्नुपर्छ भन्नेसम्मका आवाज संसद्मा उठेका थिए । काठमाडौंका मेयर बालेन शाहले नक्साप्रति असहमति जनाउँदै चीन भ्रमण स्थगित गरेको लेखेका थिए । रास्वपा सांसद विराजभक्त श्रेष्ठले नेपालको नक्सालाई मान्यता नदिइएकोमा कूटनीतिक नोट पठाउनुपर्ने माग संसद्मा राखेका थिए ।

चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको भन्दै संसदीय समितिमा कुरा उठ्यो ।

मानसरोवरमा प्रचण्ड

परराष्ट्रमन्त्री एनपी साउदले पूर्ववर्ती केपी शर्मा ओली सरकारले चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई गरेको पत्राचारको अभिलेख नभेटिएको भनेर संसदीय समितिलाई जवाफ दिए । 

भदौ १५ गते पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे प्रचण्डको चीन भ्रमणका बेला छलफल हुने बताएका थिए ।

‘चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला कुराकानी हुन्छ, सरकार प्रस्ट हुँदै जनतालाई प्रस्ट पार्नुपर्छ,’ माओवादी प्रवक्ता सापकोटाले भनेका थिए । 

तर, प्रचण्डले चीन भ्रमणमा नक्साको कुरा उठाएको अहिलेसम्म बाहिर आएको छैन । प्रचण्डले नक्साको कुरा नउठाएकोमा विरोधका स्वरहरू उठ्दैछन् । 

‘संसद्बाट पारित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली नक्साबारे प्रधानमन्त्री प्रचण्डले भारत, राष्ट्र संघ र चीन भ्रमणमा उठाएको सुनिएन । के यो सार्वभौम अखण्डताप्रति वेवास्ता होइन ? नक्सालाई मान्यता नदिएको भनी अरूविरुद्ध जुलुस गर्नेहरू आफ्नै प्रमले नबोलेपछि के गर्दा रहेछन्, हेर्नुछ,’ पूर्वगृहमन्त्री समेत रहेका नेकपा एमालेका नेता भीम रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न गरेका छन् । 

चीनमा प्रचण्डले नक्साको कुरा नउठाएकोमा सत्तारुढ नेपाली कांग्रेसका एक नेताले समेत आश्चर्य व्यक्त गरे ।

‘भारतमा सीमाको कुरा उठाएँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्या समाधानको कुरा गर्नुभयो, नेपालका लागि धेरै महत्त्वपूर्ण उपलब्धि भयो भनेर प्रचण्डले भन्नुभएको थियो,’ कांग्रेसका ती नेताले भने, ‘अहिले नक्साको कुरै नउठाउनुमा अचम्म लागेको छ ।’

माओवादी महासचिव देव गुरुङ प्रचण्ड स्वदेश नफर्की भ्रमणको समीक्षा गर्न नमिल्ने बताउँछन् ।

‘नक्साको विषय संयुक्त वक्तव्यमा आएको छैन, तर कतिपय विषय संयुक्त वक्तव्यमा नआउन सक्छ । यी सबै विषयमा प्रधानमन्त्री स्वदेश फर्केपछि मात्र समीक्षा गर्नुपर्छ,’ गुरुङले लोकान्तरसँग भने । 

माओवादी महासचिव गुरुङले भनेजस्तै राष्ट्रपति सी र प्रधानमन्त्री लीसँगको एकल वार्तामा प्रचण्डले नक्साको कुरा उठाएको भए उनले स्वदेश फर्केपछि भन्लान्, तर अहिलेसम्म त्यस्तो संकेत देखिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x