×

Dabur

न कम्प्लेक्स बन्यो, न त बनेको बजार चल्यो

मेयरको जग्गा भाडामा लिएर गुद्री सञ्चालन, एकीकृत कृषि बजारमा बाख्रा चरन

विराटनगर | असोज १२, २०८०

NTC
Premier Steels
Marvel

विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन ।

yONNEX
Sagarmatha Cement

महानगर गौरवको आयोजना मानिएको कम्प्लेक्स जग्गा विवादका कारण अल्झिएको हो । खाली गरिएको गुद्रीको जग्गामा महानगरले पार्किङ बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७७ मा तत्कालीन मेयर तथा हालका कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले व्यापारिक भवन बनाउने भनेर ३ वर्ष अगाडि पुरानो गुद्रीका तरकारी व्यापारीलाई जग्गा खाली गर्न लगाएका थिए । 


Advertisment

जग्गा छाड्न नमानेकालाई महानगरले प्रहरी लगाएर बल प्रयोग गरेको थियो । तर, ३ वर्ष बित्न लाग्दा पनि त्यहाँको जग्गा विवाद मिल्न सकेको छैन ।

Vianet communication
Laxmi Bank

पुरानो गुद्रीबाट उठाइएका व्यापारीलाई वर्तमान मेयर नागेश कोइरालाको जग्गामा राखिएको छ । कोइरालाले मासिक ६ लाखभन्दा बढी भाडा उठाउँदै आएका छन् ।

अर्कातर्फ विराटनगरलाई नै लक्षित गरेर बनाइएको एकीकृत कृषि बजार पनि अलपत्र छ ।

आफ्नो जग्गामा भाडा आइरहेका कारण व्यापारिक कम्प्लेक्स बनाउन मेयरले चासो नदिएको आरोप व्यापारीहरूले लगाउन थालेका छन् ।

‘मेयरले आफ्नो जग्गाबाट मासिक भाडा लिएकै छन्, अनि कम्प्लेक्स बनाउनका लागि किन हतार गर्नु ?’ गुद्रीका एक तरकारी व्यापारीले लोकान्तरसँग भने ।

मेयरको जग्गामा सञ्चालित गु्द्री बजार

आफूहरूलाई उठाइए पनि कम्प्लेक्स बनाउने काम अगाडि नबढेपछि व्यापारीहरू आक्रोशित छन् ।

महानगरले अनावश्यक दुःख मात्र दिएको सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका सचिव साहब अहमद गुड्डले बताए ।

२०७८ कात्तिक १२ गते विराटनगर महानगरपालिकाले कोशी प्रदेश सरकारको प्रदेश लगानी प्राधिकरणसँग ‘ई–प्लट’ मा सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको व्यापारिक भवन बनाउने सम्झौता गरेको थियो ।

सम्झौतामा महानगरको स्वामित्वमा रहेको पुरानो गुद्री बजारको १४ कट्ठा ५ धुर जग्गामा नेपालकै अग्लो २५ तल्ले व्यापारिक कम्प्लेक्स निर्माण  हुने भनिएको थियो ।

परियोजना शुरू गर्न महानगरले आफ्नो स्वामित्वमा रहेको जग्गा ३ महिनाभित्र खाली गराएर लगानी प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने शर्त थियो ।

२०७८ कै वैशाखमा भवन शिलान्यास गर्ने तयारीका साथ महानगरले जग्गा खाली गराए पनि अहिलेसम्म जग्गा विवाद समेत मिलाउन सकेको छैन । 

कोशी प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताले पनि विकास निर्माणका काम प्रभावित भएका छन् ।

महिना–महिना दिनमा सरकार परिवर्तन हुने गरेकाले पनि विकास निर्माणको काममा असर परेको लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए । उनले कम्प्लेक्सका लागि सम्झौताको अन्तिम तयारी भइरहेको पनि बताए ।

प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठकले गत साउन २९ गते काठमाडौंको डोरवे इन्टरनेसनललाई लगानीका निम्ति स्वीकृति दिएको थियो ।

व्यापारिक कम्प्लेक्समा आवश्यक लगानीका निम्ति स्वीकृति प्रदान गर्ने कार्य सम्पन्न भएसँगै निर्माण निर्माणको बाटो खुलेको प्राधिकरणको दाबी छ ।

दुई साताभित्र विराटनगर महानगरपालिका, लगानी प्राधिकरण र डोरवे इन्टरनेसनलबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेर भवन निर्माण प्रक्रिया अघि बढाउने तयारी रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।

पुरानो गुद्रीको जग्गा भित्र १४ कट्ठा जमिनमा कुल ४ अर्ब ९० करोड रुपैयाँको लागतमा २५ तल्ले बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना छ ।

कुल लगानीको ८० प्रतिशत रकम पूर्वाधार विकास बैंकले ऋण लगानी उपलब्ध गराउने छ भने बाँकी २० प्रतिशत डोरवे इन्टरनेसनलले व्यहोर्ने बताइएको छ ।

आगामी सन् २०२६ सम्ममा निर्माण सम्पन्न भइसक्ने बताइएको उक्त भवन ३ तल्ले अन्डरग्राउन्ड पार्किङसहितको हुने महानगरले जनाएको छ ।

महानगरका अनुसार भवनमा पाँचतारे होटल, रेस्टुरेन्ट, क्यासिनो, विभिन्न संस्थागत कार्यालय तथा पसलहरू समेत रहनेछन् ।

मेयरको जग्गामा गुद्री, एकीकृत कृषि बजार बाख्रा चरनमा परिणत 

विराटनगर महानगरपालिका र कटाहरी गाउँपालिकालाई लक्षित गरेर नमूना एकीकृत कृषि बजार बनाइए पनि उक्त बजार सञ्चालनमा आउन सकेको छैन ।

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सिमानामा १३ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको बजार अलपत्र परेको हो ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत बजार निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । २०७५ सालमा निर्माण सम्पन्न बजार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । 

१७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको बजारमा थोक बिक्रेताका लागि गोदामसहित १४ सय ८८ वर्ग मिटरभित्र १७ वटा सटर, खुद्रा बिक्रेताका लागि ३ सय ५१ वर्ग मिटरको सेड, कृषकका लागि आफ्नो उत्पादन आफैं बिक्री गर्न १ सय ३८ वर्ग मिटरको सेड निर्माण गरिएको छ ।

अलपत्र एकीकृत कृषि बजार

कटहरी गाउँपालिकामा रहेको जनप्रिय माध्यमिक विद्यालयको ४ बिगाहा २ कट्ठा र गाउँपालिकाको ऐलानी जग्गा १८ कट्ठा २ धुर गरी ५ बिगाहा २ धुरमा बजार निर्माण गरिएको हो ।

५० वर्षसम्मका लागि जग्गा लिजमा लिएर काम शुरू गरिएको हो  ।

विराटनगरको मुख्य बजारमा रहेको गुद्री बजारलाई स्थानान्तरण गरी एकीकृतरूपमा अन्तर्राष्ट्रिय मोडलमा कृषि बजार सञ्चालन गर्ने भने पनि व्यापारीहरू जान नमानेपछि उक्त बजार बाख्रा चरणमा परिणत भएको छ ।  

प्रदेश सरकारको स्वामित्वमा रहेको एकीकृत कृषि बजार सञ्चालन गर्ने बारेमा धेरै चरण छलफल भए पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रदेश सरकार र स्थानीय सरकारले सञ्चालन गर्न नसकेपछि कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावली, २०७७ बनाएर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ कटहरीलाई जिम्मा दिए पनि उक्त सहकारीले समेत सञ्चालन गर्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २७, २०८०

कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्‍ग्रा लिएर आए ।  बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...

कात्तिक २८, २०८०

तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् ।       यतिब...

मंसिर ३, २०८०

आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ ।    हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलल...

कात्तिक २८, २०८०

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । यही कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्य...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x