×

Dabur

देशभरका ५१ जना गणित शिक्षकलाई प्रशिक्षण, सातै प्रदेशबाट प्रतिनिधित्व

काठमाडाैं | असोज १३, २०८०

NTC
Premier Steels
Marvel

नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण शनिवारदेखि शुरू भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन शुरू गरिएको हो । 

yONNEX
Sagarmatha Cement

शनिवारदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिइन् । उनका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहभागीलाई ६ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइनेछ भने उनीहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताए । यसबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिइएको उनको भनाइ थियो ।   


Advertisment

निक सिमोन्स फाउन्डेसनको सहयोगमा विगत केही वर्षदेखि समाजले गणितको अध्ययनअध्यापन तथा अनुसन्धानसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ । 

Vianet communication
Laxmi Bank

हाल गणितको अध्ययन अध्यापनमा देखिएका समस्या, विद्यार्थीको विषयप्रतिको घट्दो रुची तथा पढ्दै गरेकाहरूले पनि उक्त तह पूरा नगर्ने, बीचैमा विषय बदल्ने गरेको वर्तमान अवस्थालाई मध्यनजर गरेर तालिम दिन लागिएको संयोजक काफ्लेले बताए । 

नेपाल शिक्षक महासङ्घका सभापति कमला तुलाधरले तालिमबाट प्राप्त ज्ञान कक्षा कोठासम्म पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता तालिमलाई पालिकास्तरसम्म पु¥याएर प्रभावकारी शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिए । 

समाजले गत वर्ष पनि यस्तै प्रकृतिको पहिलो चरणको शैक्षिक कार्यशाला गरेको थियो । यस पटक त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा एसओएसलगायत विद्यालयका करिब ३२ जना विज्ञहरूले कार्यशालाको सहजीकरण गर्नेछन् । 

देशभरका विभिन्न विद्यालयका गणित शिक्षकले आवश्यकता र औचित्यका आधारमा निर्देश गरेको अवधारणाअनुसार विज्ञद्वारा फरकफरक चरणमा कार्यशाला गोष्ठी तथा परिचर्चा गरिने बताइएको छ । –रासस 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १७, २०८०

नेपाल–भारत महिलामैत्री समाजको पहलमा ४४ जना नेपाली विद्यार्थीले भारतमा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । समाजले शुक्रवार राजधानी काठमाडौंमा विशेष कार्यक्रम गरी भारतका २ शैक्षिक ...

कात्तिक २२, २०८०

विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा बुधवार भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मैनेजमेन्ट विषयमा दी...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

कात्तिक २५, २०८०

 त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ ।  विश्व विद्यालयले शैक्षिक वर्ष २०८०/०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक २५, २०८०

रमेश ढुङ्गेल रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइ-डराई पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x