×

NIC ASIA

भूमाफिया र कर्मचारीको मिलेमतो

विमानस्थलको धावनमार्ग नै कसरी पुग्यो व्यक्तिका नाममा ? मसानघाट समेत छाडेनन् !

काठमाडाैं | असोज १४, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

सञ्चालनमा आएको डेढ वर्षपछि मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग व्यक्तिको नाममा दर्ता भएपछि रूपन्देही प्रशासन अनुसन्धानमा जुटेको छ ।

Muktinath Bank

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४ बिगाहा १७ कठ्ठा ६ धुर जग्गा सिद्धार्थनगर नगरपालिका– ५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको मालपोत कार्यालय रूपन्देहीको अभिलेखमा देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो जग्गा एयरपोर्टको कम्पाउन्डभित्र र धावनमार्गमा समेत पर्छ ।


Advertisment
Nabil box
Kumari

७ वटा कित्तामा रहेको ९ करोड रूपैयाँ मूल्यको जग्गा मिश्रको नाममा भेटिएपछि उनको खोजी भइरहेको छ । भारतको गोरखपुर बस्ने मिश्रको नाममा वैशाख ८ गते धावनमार्गको जग्गा दर्ता भएको देखिन्छ । कसरी मिश्रको नाममा जग्गा दर्ता हुन पुग्यो ? उनी कहाँ के गर्दैछन् ? मालपोतको कमजोरी कहाँ भयो भन्ने विषय खोजी र अनुसन्धान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

Vianet communication

null

‘म जिल्लामा आएको जम्मा दुई हप्ता भयो,’ सीडीओ अर्यालले लोकान्तरसँग भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व प्रजिअको हो । मैले यहाँ शून्यबाट काम शुरू गर्दैछु । आज मुआब्जा कमिटीको बैठक बोलाएको छु । मालपोत र नापीबाट पनि कसरी व्यक्तिको नाममा पुग्यो भनेर हेर्दैछु ।’

उक्त जग्गा अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा मुआब्जाका लागि पेस भएको छ । विमानस्थल परियोजनाले सहज तरिकाले मुआब्जा दिने हो भने करीब १५ करोड बराबर मुआब्जा जग्गा धनी मिश्रले प्राप्त गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।

‘हामी अहिले कानूनी परामर्शमा छौं । प्रमुख जिल्ला अधिकारीले मुआब्जा समितिको बैठक राख्नुभएको छ । मुआब्जाका लागि निवेदन आएको हो । मुआब्जा दिने विषयमा निर्णय गरेको अवस्था छैन । ती मिश्राको नागरिकता २०६२ तिर लिएको देखिन्छ । सबै प्रक्रियामा अस्पष्टता देखिएकाले छलफल गर्दै छौं,’ अधिकारीले लोकान्तरसँग भने ।

यो विषयमा अहिले मालपोत कार्यालयका कर्मचारी बोलेका छैनन् । जग्गा व्यक्तिको नाममा दर्ता हुँदा मालपोत कार्यालय रुपन्देहीका प्रमुख कुमार आचार्य थिए । अहिले पनि आचार्य बहाल नै छन् । 

null

जग्गाको विषयमा कसरी चलखेल शुरू भयो ?

विमानस्थल रहेको क्षेत्रमा वि.सं.२०२२ सालतिर सुजा मिश्राइनको नाममा ३० बिगाहा १४ कठ्ठा १४ धुर जग्गा थियो । भूमिसम्बन्धी ऐन, २०२१ अनुसार एक व्यक्तिको नाममा ११ बिगाहाभन्दा बढी जग्गा राख्न पाउने अवस्था थिएन । 

वि.सं. २०२२ पुस ९ गते हदबन्दीभन्दा बढी भएको ४ बिगाहाभन्दा बढी जग्गा उनले कालीमाता मन्दिरको नाममा छाड्ने घोषणा गरिन् । घोषणाको पत्र पनि हाल निवेदनमा संलग्न छ । निःसन्तान रहेकी मिश्राइनको वि.सं.२०२५ माघ १८ गते मृत्यु भयो । 

३० बिगाहा जग्गामध्ये ११ बिगाहाभन्दा माथि र कालीमाता मन्दिरलाई दिइएको ४ बिगाहा जग्गाभन्दा बाहिर रहेको करीब १५ बिगाहा छुट कित्ताहरूमा नजिकका हकदारले हकदाबी गरी अदालती प्रक्रियामा गए । वि.सं.२०६४ मा जिल्ला मालपोत कार्यालय रुपन्देहीले विभिन्न सात कित्ता जग्गा मन्दिरलाई छाडी बाँकी रमाकान्त मिश्रको नाममा कायम गरिदियो । 

मालपोत कार्यालयलको उक्त निर्णयविरुद्ध अर्का पात्र हरिप्रसाद र चन्द्र शेखरले पुनरावेदन अदालतमा फरक–फरक मुद्दा दायर गरे । वि.सं. २०६४ मंसिर २२ मा रमाकान्त मिश्रको मृत्यु भयो  । वि.सं. २०६५ भदौ १ गते अदालतले मृतक रमाकान्त मिश्रको नाममा फैसला गर्‍यो । मिश्रको मृत्युपछि नजिकको हकवाला पर्वतराज कान्त मिश्रको नाममा विभिन्न २४ वटा कित्ताबाट हुन आउने १७ बिगाहा ३ कठ्ठा जग्गाको स्वामित्व  आयो ।

ती जग्गामा मोही रहेकाले १० बिगाहा ६ कठ्ठा जग्गा मिश्रको नाममा कायम भयो । उलेख्खित जग्गा मिश्रले विभिन्न मितिमा बिक्री गरेका छन् भने १ बिगाहा १ कठ्ठा जग्गाबापत विमानस्थल परियोजनाबाट मुआब्जा पनि लिइसकेका छन् ।

तिनै मिश्रले अहिले हदबन्दीभन्दा बाहिर हुँदा कालीमाता मन्दिरका लागि दिएको जग्गा मालपोत कार्यालय रुपन्देहीका कर्मचारीहरूको मिलेमतोमा छुट कित्ता कायम गरी वि.सं. २०८० वैशाख ८ गते लालपुर्जा कायम गरेर मुआब्जाका लागि परियोजनामा पेश गरेका छन् । 

मसानघाट पनि व्यक्तिको नाममा 

भैरहवामा नै भुमाफियाले मानिसको मृत्युपश्चात दाहसंस्कार गर्ने मसानघाटको जग्गासमेत बिक्री गरेर व्यक्तिको नाममा बनाएको सार्वजनिक भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनजिक घाघरा खोला छेउमा रहेको साविक भुजौली ७ क मा पर्ने कित्ता नं ६१ मा रहेको पितृ विसर्जन तथा शव दहनस्थलको १ विगाहा ११ कट्ठा ५ धुर जग्गा नक्कली कागजपत्र तयार गरेर व्यक्तिको नाममा दर्ता तथा बिक्री गरेको खुलेको हो ।
null

पितृ विसर्जन तथा शवदहन स्थल रहेको जग्गा हडपेर व्यक्तिको नाममा बनाएको सूचना पाएपछि यसलाई रोक्न आफूहरू लागिपरेको लागेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । उनले भूमाफियाको खेलमा जग्गा दर्ता भएको बताए । वडाअध्यक्ष यादवले दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे । 

विवरणअनुसार यो जग्गा अर्घाखाँचीको साविक मैदान गाविस वडा नम्बर ५ बस्ने नुरपति घिमिरेको नाति, नरपति घिमिरेको छोरा फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ ।

मालपोत कार्यालय रुपन्देहीबाट २०७० वैशाख २८ गते फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ । यसअगाडि उक्त जग्गा पर्ती थियो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० र ४ का स्थानीयहरूको शव जलाउने घाटका रूपमा सो स्थान प्रयोग गर्दै आएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x