×

NMB BANK
NIC ASIA

इजरायल घटना

प्रधानमन्त्रीको सचिवालयले भन्यो– नेपालीलाई १/२ घण्टामा सुरक्षित स्थानमा सार्छौं, थप १ मृत्युको आशंका

काठमाडाैं | असोज २२, २०८०

NTC
Premier Steels

इजरायलको दक्षिणी क्षेत्रमा बंकर लुकेर बसेका नेपालीहरूलाई आजै उद्धार गरेर सुरक्षित स्थानमा सार्ने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ । 

Muktinath Bank

प्रधानमन्त्री 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका सुदूरपश्चिम  विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई अबको एक/दुई घण्टाभित्रै सुरक्षित स्थानमा सार्ने तयारी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूलाई फिर्ता ल्याउनका लागि समेत सरकारले तयारी गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

'जो सुरक्षित स्थानमा बसेर काम गरिरहेका छन्, ती फर्किन चाहेनन् भने त्यता बसे पनि भयो । जो नेपाल आउन चाहेका छन्, तिनलाई स्वदेश फिर्ता ल्याउनका लागि चार्टर्ड प्लेन पठाउने तयारी भएको छ,' मल्लले लोकान्तरसँग भने, 'पहिले त सबैजना एक ठाउँमा संकलित हुनुपर्‍यो । त्यसपछि कूटनीतिक च्यानल प्रयोग गरी फिर्ता ल्याइने छ ।'

Vianet communication

त्यसभन्दा पनि सरकारको प्राथमिकता मृतक नेपालीका शव संकलन गरेर स्वदेश ल्याउनमा पनि केन्द्रित भएको उनले बताए ।

'डिप्लोमेटिक प्रक्रिया पूरा गरी स्वदेश ल्याउन २ दिन जति लाग्न सक्छ,' मल्लले थपे, 'अहिलेसम्म मृतक १० जनाको नाम खुलेको भए पनि थप १ जनाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।' 

'सुदूरपश्चिम विश्वविद्यालयबाट गएकामध्ये थप १ जनाको अवस्था अज्ञात छ, अस्पतालमा पनि भेटिएको छैन,' मल्लले थपे, 'उनको अवस्था ज्ञात हुन नसकेकाले मृत्यु नै भएको हो कि भन्ने आशंका समेत गरिएको छ ।'

युद्धग्रस्त क्षेत्रमा ४९ नेपाली रहेकोमा १७ जना आक्रमणकारीको निसानामा परेको उनले बताए । बाँकी पनि बंकरमा लुकेर बसेको बताइएको छ ।

इजरायलभरीमा कुल साढे ४ हजारजति नेपाली रहेको उनले बताए ।

उद्धार र त्यसका लागि भएका तथा हुने प्रयासबारे मन्त्रिपरिषद् बैठकले थप विषयहरू सार्वजनिक गर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x