×

NIC ASIA

विश्वकप क्रिकेटमा इङ्ल्यान्डले बङ्गलादेशलाई हरायो

काठमाडाैं | असोज २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

 भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो । 

Muktinath Bank

भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ६४ रन बनायो । तीन सय ६५ रनको विजय लक्ष्य पछाएको बङ्गलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा समेटियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बङ्गलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यस्तै मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले । उनले ६४ बल खेल्दै चार चौकाको मद्दतमा ५१ रन बनाए । तोहिद हृदोयले ३९ रन बटुले ।  


Advertisment
Nabil box
Kumari

बलिङतर्फ इङ्ल्यान्डका रिस टप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क उड, आदिल रसिद, लियाम लिभिङस्टोन र साम करनले एक एक विकेट लिए । 

Vianet communication

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा इङ्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए । उनले १०७ बल खेल्ने क्रममा १६ छक्का र पाँच चौका हाने । यस्तै जोए रुटले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन जोडे । उनले ६८ बलको सामना गर्दै एक छक्का र आठ चौका प्रहार गरे । जोनी ब्रेस्टोले ५२ रन बनाए । उनले ५९ बल खेल्दै आठ चौका हाने । कप्तान जस बट्लरले २० रन बनाए । 

बलिङतर्फ बङ्गलादेशका लागि मेहदी हसनले चार, सोरिफुल इस्लामले तीन तथा कप्तान सकिब अल हसन र तास्किन अहमदले एक एक विकेट लिए । 
 
जारी विश्वकपमा इङ्ल्यान्डको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो । बङ्गलादेशको पनि  यो पहिलो हार हो । यसअघि बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x