×

NMB BANK
NIC ASIA

एन्टीरेबिज भ्याक्सिन अभाव देखाएर सेवा बन्द

आपूर्ति व्यवस्थापन केन्द्रमा एक महिना पुग्ने भ्याक्सिन 'स्टक', अभाव देखाएर अस्पतालको सेवा बन्द

विराटनगर | असोज २५, २०८०

NTC
Premier Steels

मोरङको मिक्लाजुङकी दीपा राई​लाई​ बुधवार बिहान कुकुरले टोक्यो । मर्निङ वाक गर्ने क्रममा उनको खुट्टामा कुकुरले टोकेको थियो । 

Muktinath Bank

कुकुरले टोकेपछि उनी इटहरीको सामुदायिक अस्पतालमा गइन् । अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अस्पताल जान चिकित्सकले सुझाव दिए । उनी विराटनगर आइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टीरेबिज भ्याक्सिन लगाइन्छ । जनावरले टोकेको थाहा पाएपछि सकेसम्म चाँडै खोप लगाउनुपर्छ भन्ने कुरा दीपाले सुनेकी थिइन् । त्यही भएर जति सक्दो चाँडो अस्पताल पुगिन् । 


Advertisment
Nabil box
Kumari

तर, कोशी अस्पतालमा उनले सेवा पाइनन् । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप उपलब्ध नगराएको भन्दै अस्पतालले खोप सेवा बन्द गरेर बसेको दुई हप्ता हुन लागेको छ । अस्पतालले एन्टीरेबिज भ्याक्सिन लगाउन बन्द गरेको सूचना असोज १४ गते टाँस गरेको थियो । 

Vianet communication

एन्टिरेबिज भ्याक्सिनको चरम अभाव भएको भन्दै सेवा बन्द भएपछि कोशीमा आउने दैनिक १० देखि २० जनासम्म बिरामीहरू अहिले रित्तै फर्किरहेका छन् । 

नी निजीमा गएर महँगोमा खोप लगाउन बाध्य भइन् । निजी क्लिनिकले एउटा भ्याक्सिनको २ हजार देखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । दीपाले २ हजार रुपैयाँमा भ्याक्सिन खरिद गरेर ल्याएको बताइन् । 

एन्टीरेबिज भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ । तर, कोशीमा भ्याक्सिन नभएको भन्दै बिरामीहरू निजी अस्पताल र क्लिनिकबाट महँगोमा किनेर लगाउन बाध्य छन् ।

अस्पतालदेखि करिब १ किलोमिटर पूर्वमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्टोरमा एक महिनासम्म पुग्ने रेबिजविरुद्धको भ्याक्सिन थन्किएको छ । 

बुधवारसम्म प्रदेशको आपूर्ति केन्द्रको स्टोरमा ४ हजार भाइल भ्याक्सिन रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डसेन निरीक्षक चन्द्रकान्त ठाकुरले जानकारी दिए । अहिले स्टोर रहेको भ्याक्सिनले एक महिनासम्म प्रदेशमा पुग्ने उनको भनाइ छ ।

कोशी अस्पतालले यसअघि गत भदौ १४ गते ७५० भाइल रेबिज विरुद्धको भ्याक्सिन लगेको अभिलेखमा देखिन्छ । 

त्यसयता प्रदेश आपूर्तिमा माग गरेको छैन । अस्पताल प्रशासनले भ्याक्सिन माग गर्नुको साटो सेवा बन्द गरेर बिरामीलाई सास्तीसँगै चर्को शुल्क तिरेर उपचार गर्न बाध्य बनाएको छ । 

केन्द्रले माग सहितको पत्र आपूर्तिमा आएपछि भ्याक्सिन दिने गरेको छ । प्रदेश आपूर्तिबाट कोशीसहितको ३५ वटा स्वास्थ्य संस्थामा भ्याक्सिन जाने गरेको छ । तर, कोशी अस्पतालले अहिलेसम्म पत्र पठाएको छैन । 

स्वास्थ्य मन्त्रालयबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले बताए । ‘दैनिक १५/२० जना बिरामी आउँछन् । भ्याक्सिन छैन । के गर्नु ? आफैँले खरिद गर्न मिल्दैन । केन्द्रीय सरकारको स्वास्थ्य आपूर्ति केन्द्रसँग माग गरेका छौँ,’ उनले भने, ‘आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x