माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
निजामती सेवामा कहिलेकाहीँ दाजुभाइ/दिदीबहिनी एकसाथ नाम निकालेको रमाइलो संयोग भेटिने गरेको छ । तर, शिक्षक सेवामा त्यस्तै उदाहरण बिरलैमात्रै पाइन्छ । त्यही बिरलै हुने संयोगमा परेका छन्– गुल्मीका भण्डारी दाजुभाइ ।
बागमती प्रदेशबाट शिक्षक सेवा आयोगले माध्यामिक (मावि) तहमा दुई पदका लागि संस्कृत व्याकरण विषयमा खुलाएको विज्ञापनमा गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौरका हरिप्रसाद भण्डारी र कृष्णप्रसाद भण्डारीले एकसाथ नाम निकालेर प्रतिस्पर्धाको पाइलामा अब्बल ठहरिका छन् । नाम निकाल्ने क्रममा उनीहरूले केही दुर्लभ संयोगसमेत रचेका छन् । यो विषयमा आयोगले देशभरबाट दुई प्रदेशमा तीन पदका लागि मात्र विज्ञापन खुलाएको थियो ।
अंग्रेजी भाषाको मोह र विदेश जाने लहरकाबीच संस्कृत व्याकरणजस्तो भाषागत विषयको कम खुल्ने विज्ञापनमा दाजुभाइले नाम निकाल्नुलाई गुल्मेलीहरूले पथ प्रदर्शकको रूपमा लिएका छन् । भनिन्छ– लगातार नदीको बहावले ठूला–ठूला चट्टानहरूलाई पनि पगाल्छ ।
यस्तै भयो दुई दाजुभाइको जीवनमा । हुन त उनीहरूले एकैपटकमा माविको शिक्षक बन्नका लागि उस्तै मेहनत पनि गर्नुपरेको थियो । परिणमतः पहिलो प्रयासमै यही असोजको तेस्रो साता आयोगले प्रकाशित गरेको नतिजाअनुसार मावि तह तृतीय श्रेणीको शिक्षक पदमा नाम निकाले भण्डारी दाजुभाइले । उनीहरूले नाम निकालेको मावि तहको शिक्षक पद निजामतीतर्फ अधिकृत (छैठौं) तह बराबर हो ।
प्रथम र द्वितीयका लागि दाजुभाइबीच सधैं प्रतिस्पर्धा
हरि र कृष्ण परिवारका ८ दाजुभाइमध्ये साइँलो र काइलो हुन् । सामान्य पारिवारिक पृष्ठभूमिका उनीहरूबीच एक वर्षको उमेर अन्तर रहेको छ । हरि विसं २०४९ र कृष्ण २०५० सालमा जन्मिएका हुन् । पढाइमा अब्बल उनीहरू विद्यालय तहदेखि तत्कालीन एसएलसी (हाल एसईई) परीक्षासम्म आलोपालो प्रथम र द्वितीय हुँदै गए । उनीहरूले उच्च शिक्षामा पनि सधैं प्रथम, द्वितीयहुँदै क्याम्पससम्म ‘टप’ गरे ।
सरकारी सेवा प्रवेश गर्दा पनि उनीहरूको एक अंक पनि तलमाथि छैन । भाइ कृष्णले एसएलसीमा ७४.७५, प्रवीणता प्रमाणपत्र तहमा ६८.९, स्नातकमा ६८.८८ र स्नातकोत्तरमा ७५.०४ प्रतिशत अंक ल्याएका थिए । उता, दाजु हरिले एलएलसीमा ७६.१३, प्रवीणता प्रमाणपत्र तहमा ६८.६४, स्नातकमा ६८.६३ र स्नातकोत्तरमा ७४.३ प्रतिशत अंक ल्याए ।
शैक्षिक योग्यतामा ल्याएको अंकजस्तै सरकारी सेवामा प्रवेश गर्दा पनि उनीहरू ल्याएको अंक ०.२ को मात्र फरक छ । कृष्णको १२५.५७ र हरिको १२५.८ अंक आएको छ । दाजु हरि भन्छन्, ‘हामी दुई भाइको संयोगजस्तै छ । कक्षा १ देखि सँगै पढ्यौ, कहिल्यै फेल भएनौं, सधै प्रथम द्वितीय भयौं, आयोगको एउटै पदमा, एकै दिन परीक्षा दिएर एउटै प्राप्तांकसहित एकैदिन नाम निकालौं, एउटै जिम्मेवारी पायौं, यो साच्चै रोचक र संयोगपूर्ण छ ।’
जिल्लाको दुर्गम गाँउ दर्लामचौरमा जन्मिएका भण्डारी दाजुभाइले कक्षा एकदेखि स्नातकोत्तरसम्म संस्कृतसहितको आधुनिक शिक्षा पढेका हुन् । हरिले दुई वर्षअघि पनि निम्न माध्यामिक तह (निमावि) नाम निकालेले तनहुँको वेदव्यास संस्कृत माविमा पढाउँदै आएका छन् । बुवा बेदप्रसाद भण्डारी आफू पनि सामान्य संस्कृत पढ्ने भएकाले छोराहरूसमेत सोही विषय पढुन् भन्ने चाहन्थे । बुवाकै इच्छाबमोजिम उनीहरूले संस्कृत नै पढे । आफूले भनेबमोजिम दुनै छोरा संस्कृत पढेर सरकारी सेवामा प्रवेश गरेपछि बेदप्रसाद अहिले हर्षित भएका थिए । सरकारी शिक्षक बनेपछि त वेदप्रसादको अर्को खुशी थपिएको छ । अझ दाजुभाइले नै एक र दुई नम्बरमा नाम निकालेकोप्रति उनी झनै गर्व गर्छन् । संस्कृतको किताबी ज्ञानलाई सरकारी शिक्षाको सुदृढीकरणमा लगाउने योजना आफूहरूले बुवा सुनाउँदा उनी खुसी भएको छोराहरू सुनाउँछन् ।
‘निरन्तर अध्ययन, सोप्रति सत्प्रयास, सतकर्म गरेको खण्डमा परिणाम सही आउने रहेछ । शिक्षक सेवामा प्रवेश गरेका र कार्यरत रहेका हरेक व्यक्तिले आफ्नो नैतिक मूल्य मान्यता नभुल्ने र आफ्नो कर्ममा सेवकका ठानेर काम गरेको खण्डमा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न सकिन्छ,’ दार्शनिकशैलीमा कृष्ण भन्छन् ।
कक्षा ५ सम्म गाउँकै स्कूलमा
भण्डारी दाजुभाइ हरि र कृष्णले कक्षा ५ सम्म गाउँकै विद्यालय (स्कूल)मा पढेँ । कक्षा ६ पढ्न रूपन्देहीको तिलोत्तमास्थित बौद्धिक संस्कृत विद्यापीठमा झरें । यहीँबाट विस २०६६ सालमा एसएलसी उत्तीर्ण गरे । प्रवीणता प्रमाणपत्र (उत्तरमध्यमा) गुल्मीको रिडीस्थित रुरू संस्कृत विद्यापीठबाट २०६९ मा गरेँ । सोही विद्यापीठबाट २०७२ मा स्नातक तह (शास्त्री) उत्तीर्ण गरेका दाजुभाइ स्नातकोत्तर (आचार्य) गर्न भने काठमाडौं गए । स्नातकोत्तर तह पढ्न बाल्मिकी विद्यापीठमा शुरू गरे । दाजुभाइले नै दुई वर्षमै ‘रेगुलर’ आचार्य उत्तीर्ण गरे ।
पढाइमा सफलताबारे दाजुभाइका आ–आफ्नै तर्क छन् । दाजु हरिका अनुसार पढ्ने तरिका र सम्झने शैली आफ्नो स्वभावअनुसार फरक–फरक हुन्छ । यसमा सर्वव्यापी नियम यही नै भन्ने हुँदैन । जसले सहज तरिकाले जसरी स्मृति गर्न सक्छ त्यसरी नै पढ्ने हो । तर, पनि सूत्र बनाएर विभिन्न विषयसँग सम्बन्ध जोडेर पढ्दा छोटो समयमा धेरै तयारी गर्न अध्ययनबाट देखिने अनुभव उनी सुनाउँछन् ।
भाइ कृष्ण आफू लगातार नपढ्ने तर पढेको कुरालाई एकपटक आफैंभित्र मनन गर्दै अर्को ‘टपिक’ सुरू गर्ने गरेको बताउँछन् ।
‘मेरो पढ्ने आफ्नै तरिका छ । जति पढ्छु बुझेर पढ्ने प्रयास गर्छु । लगातार पढ्दिनँ । पढेको कुरालाई एकपटक आफैँभित्र मनन् गर्दै अर्को ‘टपिक’ शुरू गर्छु । जति पढ्छु त्यसमा स्पष्ट धारणा नबनेसम्म अगाडि बढ्दिनँ । मैले प्रत्येक ‘टपिक’अनुसार समय तालिका बनाएर पढेँ,’ उनी भन्छन् ।
दिउँसो पढाउन जाने, बिहान–बेलुका पढ्ने
आयोगको तयारीका बेला भाइ कृष्णले दिउँसो पढाउन जानुपर्ने भएकाले बिहान बेलुकी मात्र पढ्थेँ । स्नातकोत्तर परीक्षा दिएपछि उनले करारमा नेपाल बेदव्यास विद्यापीठ संस्कृत मावि गौशालाका जागिर शुरू गरेका थिए । दिउँसो स्कूल पढाउने उनी साँझ लैनचौरस्थित सरस्वती क्याम्पसमा नेपाली विषय पढ्न जान्थे । यसबेला पनि कृष्णलाई अर्को संयोगले पछ्यायो । ‘आयोगको नतिजा आउने दिन पनि संयोग नै मिल्यो । यता नाम निस्कियो, उता नेपाली विषयमा पनि स्नातकोत्तर तहको उत्तीर्ण भएको नतिजा आयो,’ उनी थप्छन् ।
आयोगको तयारी गर्दा धेरै किताबमा मन डुलाउनु नहुने उनीहरूको तर्क छ । सबैभन्दा पहिला एउटा आधिकारिक र विश्वसनीय किताबलाई नै मुख्य आधार बनाएर पढ्ने बानी गर्नुपर्ने उनीहरू बताउँछन् । त्यसमा स्पष्ट भएपछि मात्र अतिरिक्त किताब हेर्दा लाभदायी हुने भाइ कृष्णको सुझाव छ ।
दोस्रो विषयगत पत्र भएकाले त्यसमा खासै समस्या नभएको उनी स्मरण गर्छन् ।
यसकारण संस्कृत रोजाइमा
अहिले नेपालमा अंग्रेजी भाषाको मोह छ । यही मोहको असरस्वरूप पढ्न विदेश जाने लहर नै चलेको छ । यस्तोमा संस्कृत भण्डारी दाजुभाइले पछिल्लो समय अधिकांश युवाको रोजाइमा नपरेको संस्कृत विषय रोजेका छन् । यसप्रति उनीहरू गर्व गरिरहेका छन् ।
पूर्वीय दर्शन र संस्कृत शास्त्रहरूमा भएका ज्ञान विज्ञानलाई समाजमा ल्याउन आफूहरूले संस्कृत लिएका पढेको भाइ कृष्ण सगर्व बताउँछन् ।
‘संस्कृतले भाषालाई व्यवस्थित गराउँदै शुद्ध भाषामा जोड दिन्छ । विश्वमा जति पनि भाषा छन्, तिनीहरूमध्ये संस्कृत समृद्ध भाषा हो’, उनले भने ।
कृष्ण अहिले एक टेलिभिजनमा प्रवचन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । साथै, राजधानीमै रहेर संस्कृत र बुद्धदर्शन समेत पढाउँदै आएका छन् । सस्ंकृत पढ्न चाहनेहरूलाई सहज होस् भनेर उनको संस्कृत व्याकरण नामक पुस्तक पनि प्रकाशित छ । पछिल्लो समय संस्कृत भाषा र व्याकरण लोप हुने थालेकोमा उनी चिन्तित छन् । यसर्थ, संरक्षण जरूरी रहेको उनी बताउँछन् ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...