×

NMB BANK
NIC ASIA

नयाँ मुख्यमन्त्रीका चुनौती

चुनौतीको चाङमा कोशीका मुख्यमन्त्री– आफ्नै दलदेखि एमालेसम्मलाई समेट्नुपर्ने बाध्यता

काठमाडाैं | असोज २९, २०८०

NTC
Premier Steels

पार्टी र गठबन्धनविरुद्ध विद्रोह गरेर सरकारको नेतृत्व हत्याएका कोशीका मुख्यमन्त्री केदार कार्की शपथग्रहणदेखि नै चुनौतीको चाङमा उभिएका छन् ।

Muktinath Bank

मुख्यमन्त्री बन्नका लागि कांग्रेसका आफूबाहेक ७ सांसद र एमालेका सांसदको समर्थन जुटाएका कार्कीलाई अब सबैलाई मिलाएर अघि बढ्नुपर्ने चुनौती छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नै पार्टीका बहुमत सांसद उनको समर्थनमा छैनन् । एउटै संसदीय दलका अधिकांश सांसदको समर्थन नहुँदा अर्को दलमा भर पर्नुपर्ने बाध्यता छ । शपथ समारोहमा पनि त्यस्तै दृश्य देखियो । 


Advertisment
Nabil box
Kumari

कांग्रेसका विद्रोही र एमाले सांसद उपस्थित भए पनि कांग्रेसका अधिकांश र चुनावदेखिका गठबन्धन सहयात्री दलका सांसद उपस्थित भएनन् ।

Vianet communication

कांग्रेस संसदीय दलका नेता उद्धव थापा शपथ शुरू हुँदा प्रवेश गरेर शपथलगत्तै अँध्यारो अनुहार लगाउँदै बाहिरिए । मुख्यमन्त्री तथा मन्त्रीहरूलाई खादा लगाइदिए पनि उनको अनुहारमा चमक थिएन ।

अरू बेला आक्रामक हुने कार्की भने मुख्यमन्त्री बनेपछि नरम देखिएका छन् । शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने दाबी गरे । 

आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको उनको दाबी छ । कार्कीले सबै दल सहभागी भएको सहमतिको सरकार बनाउने गरी आफूले प्रयास गर्ने बताएका छन् । 

प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिक विषय वार्ताद्वारा समाधान गर्ने उनको भनाइ छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका नेताहरूले गठबन्धन कायमै रहेको सन्देश दिएका थिए । त्यसपछि उनलाई थप संकट परेको छ ।

कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कार्कीले कांग्रेसले संस्थागतरूपमै आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै आएका छन् ।

कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखलाई राजीनामा गराएको माओवादी कांग्रेसकै मुख्यमन्त्री बन्दा शपथग्रहणमा सहभागी बनेन । यद्यपि माओवादीले कार्कीको विरोध भने गरेको छैन ।

मुख्यमन्त्रीका लागि कार्कीसँगै दाबी पेश गरेका माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले विरोध गर्नुपर्ने कुनै कारण नभएको बताए । 

‘उहाँ संसदीय अभ्यासमार्फत नै मुख्यमन्त्री बन्नुभएको हो । माओवादी संसदीय मर्यादा अपनाउने पार्टी भएकाले विरोध गर्नुपर्ने कुनै कारण छैन,’ आङ्बोले भने ।

‘शपथग्रहणमा निमन्त्रणा दिन नवनियुक्त मुख्यमन्त्रीज्यूले फोन गर्नुभएको रहेछ,’ राजेन्द्र निकटका एक नेताले भने, ‘राजेन्द्रजीको फोन उठेन, मसँग धेरै रिसाउनुभएको रहेछ, भन्दिनुपर्‍यो भन्दै मलाई फोन गर्नुभएको थियो ।’

नेकपा एमाले फुटेर एकीकृत समाजवादी बन्दा एमालेका सांसदलाई एकीकृत समाजवादीतिर लाग्ने गरी फकाउन कार्कीले भूमिका खेलेको चर्चा हुने गरेको थियो । तर, कार्कीको फोन समेत एकीकृत समाजवादीका राजेन्द्र राईले उठाएनन् ।

‘शपथग्रहणमा निमन्त्रणा दिन नवनियुक्त मुख्यमन्त्रीज्यूले फोन गर्नुभएको रहेछ,’ राजेन्द्र निकटका एक नेताले भने, ‘राजेन्द्रजीको फोन उठेन, मसँग धेरै रिसाउनुभएको रहेछ, भन्दिनुपर्‍यो भन्दै मलाई फोन गर्नुभएको थियो ।’

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका डा. शेखर कोइरालाबीच शनिवार भएको सहमतिले कार्कीलाई थप नैतिक दबाब परेको छ ।

एमालेको कुरा पनि सबै सुन्ने स्थितिमा उनी देखिँदैनन् । एमालेले शुरूमै ३ जनालाई मन्त्री बनाउन दबाब दिए पनि उनले एक जनालाई मात्र समेटे । शपथसम्म थप मन्त्री नबनाउने भनेर टारेको उनीनिकट एक सांसदले बताए ।

एमाले पनि केन्द्रीय गठबन्धनमा भएको सहमतिप्रति सशंकित बनेको छ ।

केन्द्रदेखि प्रदेशसम्म नै राजनीतिक निकास दिन एमाले र कांग्रेस एक हुनुपर्ने एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए । 

प्रदेशमा फैलाउन खोजिएको धार्मिक विद्वेषलाई समाधान गर्न तथा राजनीतिक स्थायित्व दिन एमाले र कांग्रेसबीच कोशी प्रदेशबाट शुरू भएको सहकार्यले निरन्तरता पाउनुपर्ने कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीका लागि सबैभन्दा ठूलो चुनौती उनको आफ्नै स्वभाव पनि हो । प्रश्न मात्रै गरिरहेका उनी अब उठेका प्रश्नको जबाफ दिँदै सबैलाई समेटेर अघि बढ्नु पर्ने ठाउँमा पुगेका छन् ।

कार्कीले एमाले र कांग्रेसका १/१ जनालाई समेटेर प्रारम्भिक मन्त्रिमण्डल गठन गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसबाट शमशेर राई र एमालेबाट राम राना मगरलाई प्रारम्भिक मन्त्रिमण्डलमा सामेल गराएका हुन् । 

नवनियुक्त मन्त्रीहरूलाई तत्काल कुनै विभागीय जिम्मेवारी प्रदान गरिएको छैन । अहिले एमालेलाई खुसी बनाएका कार्कीले विश्वासको मतपछाडि गठबन्धनलाई पनि समेट्ने तयारी गरेको चर्चा कोशीको राजनीतिक वृत्तमा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x