×

NMB BANK
NIC ASIA

जनकपुरधाम उपमहानगरले विद्युतीय रिक्सालाई दर्ता गर्ने

धनुषा | कात्तिक १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 क्षेत्राधिकारको अन्यौल हटेपछि जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्युतीय रिक्सा (इ–रिक्सा) लाई दर्ता प्रक्रियामा ल्याउने भएको छ । 

Muktinath Bank

नगरप्रमुख मनोजकुमार साहको अध्यक्षतामा आज बसेको सरोकारवाला सम्मिलित बैठकले विद्युतीय रिक्सा दर्ता, अनुमति, नवीकरण तथा नियमन कार्यविधि २०७९ अनुसार यहाँ सञ्चालित इ—रिक्सालाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय सरकार सञ्चालन ऐन र नगरपालिकाको कर तथा गैरकर सम्बन्धी ऐन २०७७ को दफा १५ (२) बमोजिम बनाइएको कार्यविधिमा टेकेर यही कात्तिक १९ गतेदेखि मङ्सिर मसान्तभित्र सबै इरिक्सालाई दर्ता प्रक्रियामा ल्याउने निर्णय गरिएको पनि कार्कीले बताए ।  नगरप्रमुख साहले क्षेत्राधिकारको अन्यौलताका कारण यसअघि नगरक्षेत्रमा सञ्चालित रिक्साको नियमन तथा दर्ता प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट हुँदै आएकामा सो अधिकार स्थानीय तहकै हुने समझदारीपछि अब उपमहानगरले नै व्यवस्थापनका सम्पूर्ण कार्य गर्ने जानकारी दिए । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी निरीक्षक शेखरकुमार साहले उपमहानगरपालिका क्षेत्रमा चल्ने इ—रिक्साको अभिलेख, भाडादरमा एकरुपता नहुँदा ट्राफिक व्यवस्थापन र सोसम्बन्धी कार्यक्रम सञ्चालन गर्नसमेत कठिनाई भइरहेकामा यस कार्यले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x