×

NMB BANK
NIC ASIA

एनसेलको हरेक दिन ‘सरप्राइज’: एकैदिन ३ जनाले पाए स्कुटर

काठमाडाैं | कात्तिक २२, २०८०

NTC
Premier Steels

एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत मंगलवार थप ३ जना ग्राहकलाई बम्पर पुरस्कारस्वरुप स्कुटर प्रदान गरेको छ । उक्त पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए । 


Advertisment
Nabil box
Kumari

यस्तै एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई स्कुटर हस्तान्तरण गरेकी हुन् । 

Vianet communication

त्यसैगरी सप्तरीका सुदीप कुवँर क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा स्कुटर हस्तान्तरण गरेकी थिइन् ।

null

स्कुटर पाएपछि आकाश तामाङले जीवनमा नसोचेको खुसी मिलेको बताए । ‘मैले सोचेकै थिइन् म आज यति लक्की हुन्छु भनेर । यो अनेक्स्पेक्टेड हो मेरो लागि । मेरो आज खुसीको सीमा नै छैन,’ उनले भने ।

यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा २८ दिने क्याम्पियनमा देशभरबाट ४५ हजार नारा संकलन गरी सात प्रदेशबाट सातजना उत्कृष्ट नारा पठाउने विजेतालाई छानिएको एनसेलले जनाएको छ ।

यसैअनुरुप विजेता तामाङको ‘चाहे दिन होस् या रात एनसेल छ साथ, गरौं आफन्तसँग निर्धक्क बात’ नारा काठमाडौंबाट उत्कृष्ट भएको हो ।    

null

जसअन्तर्गत मंगलवार विराटनगर, हेटौँडा र धनगढीमा घोषणा गरिएको थियो । बाँकी रहेका १ जना विजेतालाई बिहीवार पोखरामा पुरस्कार हस्तान्तरण गरिनेछ । 

यो योजना ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’अन्तर्गत सञ्चालित गरिएका पहलहरूमध्ये एक हो र यो भाद्र ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको थियो ।

यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक ‘स्योर प्राइज’ प्रदान गरिएको थियो । एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने १ हजार ग्राहकलाई हरेक हप्ता १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजनाअन्तर्गत दैनिक रुपमा ग्राहकहरूलाई प्रदान गरिएको स्योर प्राइजमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएस रहेका थिए । 

null

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले शर्तअनुसार एनसेलको बारेमा नारा पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजार भन्दा बढी नारा प्राप्त गरेको थियो ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरूको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फारमद्वारा गरिएको परीक्षणका आधारमा छानिएका थिए । यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कारस्वरूप ७ जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

null 

एनसेलले बुधवार दिउँसो जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो । यस कार्यक्रममा अभिनेत्री प्रियंकाले जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकीले भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरूसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरबाट बुधवार १०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूलाई एनसेलका विभिन्न उपहार प्रदान गरेका थिए ।

null
हेरौं भिडियोः 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x