मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
हाम्रो देशमा सिङ्गो खसी काटेर एउटै परिवारले एकै छाक खाने चलन कमै पाइन्छ । यो दशैंमा पनि कमै सम्भव छ । यसर्थ एक परिवारले एकै छाकमा सिङ्गै खसी खान्छन् भन्दा धेरै नेपालीलाई अचम्म लाग्नु स्वाभाविकै हो । एउटा खसी नटुक्र्याइकन सिङ्गै पकाएर खाने चलन यो दुनियाँमा छ । खाडी देशका अधिकांश घरमा यस्तो चलन देख्न सकिन्छ । सिङ्गो खसीलाई हलाल (मुस्लिम समुदायमा उल्टोबाट रेटेर काट्नुलाई हलाल भन्छन्) गरी चामलको भातको साथमा पस्कने यो परिकार खान निकै स्वादिष्टसमेत हुन्छ । खाडी मुलुकमा यो परिकार धेरै लोकप्रिय मात्र छैन, कति देशको त यो रास्ट्रिय खाना नै हो ।
साउदी अरबिया, दूबई, कतार, ओमान, बहराइन, यमन, ओमान, कुबेत, इराक इरान, लेबनानलगायत मुस्लिम बाहुल्य धेरै देशले यो परिकार रुचाउँछन् । घरमा होस् या होटल–रेस्टुरेन्टमा गएर नियमित रुपमा खाने गर्छन् । यो परिकारको नाम र बनाउने तरिका देशैअनुसार फरक–फरक हुन्छ । यो परिकारको नाम उजी हो । उजी शब्द लेबनिस हो, जसको अर्थ भेडा या खसीको मासु र भात भन्ने बुझाउँछ । यो परिकार बनाउन त्यति सजिलो भने छैन । समय धेरै लाग्ने र खर्चिलो पनि छ । तर सबैको प्रिय परिकार भएका कारण यो परिकार नियमित पकाउनै पर्ने हुन्छ ।
घरमा दुई–चार जना पाहुना आउँदा होस या परिवारले खाने इच्छा हुनासाथ उजी पकाउनुपर्ने हुन्छ । होइन भने होटल या रेस्टुरेन्टमा अडर गर्नुपर्ने हुन्छ । यो परिकार अर्डर गर्दा कम्तीमा पनि ६ घन्टा पहिला नै भन्नुपर्छ किनकि, उजी पकाउन घटीमा पनि पाँच घण्टा लाग्ने हुन्छ । यदि केही कलिलो पाठो छ भने पाक्न केही कम समय लाग्न सक्छ ।
कसरी बन्छ उजी ?
उजी बनाउन ठिक्क साइजको २० देखि २५ किलोको खसी (बोका, भेडा या च्याङग्रा पनि) उपलब्ध गराउने र काटेर सफा गर्ने । मुस्लिम परिकार भएका कारण हलाल विधि अपनाएर बध गरी छाला रगत हटाउने ।
ठूलो डेक्चीमा डुब्ने गरी पानी हाल्ने अनि खसीलाई उसिन्न शुरू गर्ने । अब गरम मसलाको दाना, कागती, सिङ्गो सुन्तला र अरबिक मसला हालेर कम्तीमा चारदेखि पाँच घण्टा पकाउने ।
यसपछि सिङ्गो खसीलाई ट्रेमा निकालेर चिस्याउने र तेल मसला दलेर ओभनमा सानो आचमा ४५ मिनट रोस्ट गर्ने । तीन किलो जति बासमती चामललाई पखालेर खसी उमालिरहेको चामल र पानीसहितको भाँडोमा हालेर पकाउने ।
अब पाकेको भातलाई फराकिलो किस्तीमा फिँजाएर त्यसको माथि रोस्ट भएको सिङ्गो खसी हाली सजावटका साथ पाहुना या परिवारलाई एकसाथ पस्कने । यो परिकार सबैले एउटै भाडोमा खाने परम्परा हुन्छ । यसका लागि परिकारलाई बीचमा राखेर वरिपरि बस्नुपर्ने हुन्छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...