मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो भने चिटिक्कसँग रङ्गरोगन गरिरहेको दृश्य देख्न सक्नुहुन्छ ।
यी सबै कार्यालयको भवन, कम्पाउन्ड र पर्किङस्थल तथा त्यहाँ भएका गमलाहरूमा समेत रातो, सेतो र अन्य रगंहरु मिलाएर लगाइएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास, प्रधानमन्त्रीको सचिवालय, पार्किङ क्षेत्र वरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रंग लगाएर आकर्षक देखाइएको छ। तिहारको अवसर पारेर यी सबै ठाउँका रङ्गरोगनहरु नेपालमा उत्पादन भएको फेसन पेन्ट्स प्रयोगमार्फत गरिएको हो ।
अन्य विदेशी पेन्ट्स भन्दा नेपाली पेन्ट्सको गुणस्तर पनि कम छैनन् भन्ने बलियो प्रमाण त्यहाँबाट सजिलै देख्न सकिन्छ ।
विगत ७ वर्षदेखि नेपालमै उत्पादन सुरु गरेर नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको यो पेन्ट्स स्तरीय रहेको बताइएको छ । अन्य विदेशी पेन्टस् जस्तै फेसन पेन्ट्सको गुणस्तरमा कुनै पनि कमी नभएको र मूल्य पनि कम रहेकाले यो आफूहरूको रोजाइमा परेको एक सरकारी अधिकारीले बताए ।
राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश जस्ता देशका प्रमुख व्यक्तिहरूको निवास र कार्यालयमा फेसन पेन्ट्स प्रयोग हुँदा निकै गौरवान्वित महसुस भएको कम्पनीका सीईओ सञ्जीव पुडासैनीले बताए । ‘नेपाली उत्पादनलाई सबैले साथ र सहयोग गर्ने हो भने हामी एक दिन पक्कै स्वावलम्बी हुनेछौँ’, पुडासैनीले भने ।
ब्रान्डको नाममा चर्को मूल्यमा विदेशी पेन्ट्सको प्रयोग गरेर आफ्नो देशको पैसा बिदेश पठाउनु भन्दा आफ्नै देशको स्तरीय पेन्टस् प्रयोग गर्नसके नेपाली उद्योग पनि स्थापित हुने सरोकारवालाको भनाइ छ ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...