×

NMB BANK
NIC ASIA

मोरङका विभिन्न क्षेत्रमा काठ तस्करी बढ्यो

विराटनगर | मंसिर ३, २०८०

NTC
Premier Steels

मोरङको सुन्दरहरैचा नगरपालिका– १ हरैचाबाट प्रहरीले चोरी–तस्करी भएर टिपरमा लोड भएको सालको काठ बरामद गरेको छ ।  सशस्त्र प्रहरीको वन सुरक्षा टोलीले केराबारी गाउँपालिका–९ र सुन्दरहरैचा नगरपालिकाभित्र पर्ने लोहान्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको ३८.९६ क्यूफिट सालको काठ बरामद गरेको हो । 

Muktinath Bank

टुना बोकेको को १ ख ४४२८ नम्बरको टिपर र सुन्दरहरैचा  १ हरैचास्थित नेहा सह मिलका संचालक विन्धेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय सलपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । उनका अनुसार बरामद गरिएको सालको काठ चोरी तस्करी गरी काठ मिलमा ल्याउन लागिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिल संचालक साह पक्राउ परेपछि डिभिजन वन कार्यालयले मिल पनि सिलबन्दी गरी अनुसन्धान सुरु गरेको माझीले बताए । पक्राउ परेका मिल सञ्चालकलाई डिभिजन नवकार्यालयले वन ऐनअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय वन रक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैचा, बेलबारी र कानेपोखरी क्षेत्रको वनबाट काठ तस्करी बढ्दै गएको सरोकारवाला बताउँछन् । तस्करहरूले तस्करीको काठ मिल र फर्निचर उद्योगमा लगेर बिक्री वितरण गर्दै आएका छन् । 

Vianet communication

यसअघि पनि कानेपोखरी गाउँपालिकाभित्र पर्ने सामुदायिक वन क्षेत्रबाट पनि चोरी तस्करी भएर मिलमा पुर्‍र्याएको काठ बरामद भएको थियो । कानेपोखरी गाउँपालिकाभित्र तीन वटा सामुदायिक वन रहेका छन् । त्यहाँका ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समिति क्षेत्र नं. १, २, र ३ नं. छन् । यी तीन वटै सामुदायिक वनबाट रातको समयमा सालको काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।

तस्करहरूले रूख काट्ने एउटा समूह, काटेको ठाउँबाट बोक्ने अर्काे समूह र गन्तव्यसम्म पुर्‍याउने छुट्टै समूह प्रयोग गर्दछन् । 

यसरी सामुदायिक वन भित्रबाट चोरी भएको ४४ क्यूफिट सालको काठ केही महिना अगाडि बरामद भएको थियो । कानेपोखरी ४ र ६ मा पर्ने सामुदायिक वन क्षेत्रबाट सालको काठ चोरी गरी स्थानीय काठ मिलमा बिक्री गरेको सूचनाको आधारमा उपभोक्ता समितिका सदस्य, वन कर्मचारी र सशस्त्र प्रहरीको टोलीले ४४ क्यूफिट सालको काठ कानेपोखरी ५ र ६ नं. वडाबाट बरामद गरेको हो । यसअघि पनि ग्रामीण सुधार सामुदायिक वनबाट चोरी तस्करी भएर गएको काठ उपभोक्ता समिति र प्रहरीले बरामद गरेको थियो ।

सामुदायिक बनको आन्तरिक समस्याका कारण ग्रामीण सुधार वनबाट पाँच वर्षदेखि जङ्गलभित्र लडेका रूखहरूको घाट गद्दी हुन सकेको छैन । लडेका रूखहरू जङ्गलभित्र रहँदा चोरी तस्करी धन्दामा पल्किएको समूहको नजर सालको काठमा परेको स्थानीयवासी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x