×

NMB BANK
NIC ASIA

सियरा लियोन : सशस्त्र झडपमा १३ सैनिकको मृत्यु

काठमाडाैं | मंसिर ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सियरा लियोनको राजधानी फ्रिटाउनमा आइतबार भएको झडपमा सरकारप्रति वफादार सेनाको पङ्क्तिमा रहेका १३ जनाको मृत्यु भएको सेनाका प्रवक्ताले सोमबार बताएका छन् । 

Muktinath Bank

राष्ट्रपति जुलियस माडा बायोले आक्रमणपछि स्थानीय समयअनुसार आइतबार राति राष्ट्रका नाममा गरेको सम्बोधनमा सशस्त्र व्यक्तिहरूले विल्बरफोर्समा रहेको सैन्य ब्यारेक, ‘पाडेम्बा रोड करेक्सनल सेन्टर’लगायत अन्य स्थानहरूमा पनि आक्रमण गरेको बताएका छन् । आक्रमणको सेनाले सशस्त्र प्रतिकार गरेको छ र आक्रमणकारी जत्थालाई पछि हटाइएको र शान्ति बहाली गरिएको राष्ट्रपतिले बताए ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेनाका प्रवक्ता कर्नेल इसा बङ्गुराले झडपमा मारिएका सैनिक अधिकारीको सङ्ख्या पुष्टि गर्दै पत्रकारहरूसँग भने, “हामीले हिंसात्मक आक्रमणमा संलग्न सबै व्यक्तिहरूको खोजी सुरु गरेका छौं, जसमा वर्तमान र सेवानिवृत्त सेवारत सैनिकहरू पनि छन् ।”


Advertisment
Nabil box
Kumari

यसैबीच, सियरा लियोनको सरकारले कफ्र्यू समयलाई परिमार्जन गर्दै हिंसा कम हुँदै जाँदा शान्त रहन सर्वसाधारणसँग आग्रह गरेको छ । 

Vianet communication
Laxmi Bank

सियरा लियोनको राजधानी फ्रिटाउनमा रहेको प्रमुख सैन्य ब्यारेकमा सुरक्षा फौजले गरेको सशस्त्र आक्रमणलाई सुरक्षा बलले प्रतिकार गरेपछि सियरा लियोन सरकारले नयाँ कफ्र्यू (निषेधाज्ञा) जारी गर्दै नागरिकहरूलाई शान्त रहन आह्वान गरेको हो । 

सूचना तथा नागरिक शिक्षा मन्त्रालयले आइतबार अबेर एक विज्ञप्ति जारी गरी यसअघिको अनिश्चितकालीन कफ्र्यू हटाइएको छ र स्थानीय समयअनुसार राति ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नागरिकहरूलाई शान्त र सतर्क रहँदै उनीहरूको सामान्य गतिविधिहरूमा फर्कन र कुनै पनि शङ्कास्पद वा असामान्य गतिविधिको रिपोर्ट नजिकैको प्रहरी कार्यालयमा दिनुहुन आग्रह गरिन्छ ।” 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x