×

NMB BANK
NIC ASIA

एलपिएल क्रिकेट : धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुआत

धनगढी | मंसिर १८, २०८०

NTC
Premier Steels

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले विजयी सुरुआत गरेको छ ।

Muktinath Bank

स्थानीय फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रनले पराजित गरेको हो । निर्धारित १५ ओभरको खेलमा एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कैलाली बहुमुखी क्याम्पसले नौ विकेटको क्षतिमा ८१ रनमात्र बनाउन सक्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकेडेमीका बलर निरज ऐरले चार विकेट लिँदै कैलाली बहुमुखी क्याम्पसको इनिङलाई धराशयी बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित ऐरले तीन ओभरमा एक मेडन ओभरसहित चार रनमात्र खर्चिए । अनिश अवस्थी र मान साउदले दुई–दुई विकेट लिए । कैलाली बहुमुखी क्याम्पसको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७, पङ्कज चौधरीले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 


Advertisment
Nabil box
Kumari

यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित ओभरमा छ विकेट गुमाएर एकसय २४ रन बनायो । एकेडेमीका लागि कप्तान विजय रानाले सर्वाधिक ४१ रन योगदान दिए । उनले २६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । हृतिक थापाले अविजित ३७ रन बनाए । उनले ३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे । निरज ऐरले १० बलमा एक चौका र दुई छक्काका मद्दतले २१ रन बनाए । 

Vianet communication

 बहुमुखी क्याम्पसका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कपडेलले दुई/दुई विकेट लिए । आजै भएको दोस्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित ग¥यो । धनगढी स्पोर्ट्सले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लब १५ दशमलव दुई ओभरमा ९४ रनमा समेटियो । 

जिल्ला क्रिकेट क्लबको ब्याटिङमा दीपक टमाटाले सर्वाधिक ३३ रन, विनोद नाथ र नरेन साउदले समान १३ रनको योगदान दिए । बलिङतर्फ भोजराज भट्ट र दीपक चन्द ठकुरीले तीन/तीन तथा नारायण जोशीले दुई विकेट लिए । ‘प्लेयर अफ द म्याच’ घोषित नारायणले तीन दशमलव दुई ओभरमा १२ रन खर्चिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६६ रन बनायो । धनगढीका लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए । उनले ३४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । नारायण जोशीले ३५, आयुब चन्दले ३२ र सुनिल धमलाले २५ रन बनाए । 

जिल्ला क्रिकेट सङ्घको बलिङमा नरेन साउदले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । राहुल केसी र डबल ऐरले एक/एक विकेट लिए । प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेल सुदूरपश्चिमाञ्चल एकेडेमी तथा घोडाघोडी क्रिकेट एकेडेमीबीच दोस्रो खेल शुक्लाफाँटा ब्ल्याकबक्स तथा खप्तड इन्डोरबीच हुने कार्यतालिका छ । 
   
    लिटल फ्लावर स्पोर्टस् क्लब धनगढीको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुर  जिल्लाका गरी १६ क्रिकेट टोलीको सहभागिता छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x