×

NIC ASIA

९ वर्षीया छात्रालाई निर्घात कुटपिट गरेर शिक्षक फरार

बुटवल | मंसिर २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

पश्चिम नवलपरासीको एक निजी विद्यालयका शिक्षकले एक छात्रालाई निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कूलमा अध्ययनरत ९ वर्षीया बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले बुधवार कुटपिट गरेका हुन् । 

Muktinath Bank

कक्षा– १ मा अध्ययनरत कञ्चना राजभरलाई यादवले लठ्ठीले पिटेर घाइते बनाएका छन् । बालिकाको शरीरभरी नीलडाम बसेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनापछि आक्रोशित भएका स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडाध्यक्ष हायात खाँ धुनियाँले बताए । 


Advertisment
Nabil box
Kumari

शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको भन्दै उनलाई विद्यालयबाट तुरुन्त बर्खास्त र कानूनी कारबाही गर्न अभिभावकले माग गरेका छन् । 

Vianet communication

‘शिक्षक यादवले मेरी छोरीलाई विद्यालय नआएको भन्दै घरमै आएर कुटपिट गरे । विद्यालय गएपछि पनि उस्तै पिटे,’ कञ्चनाकी आमा गञ्जला राजभरले भनिन् । 

यसैबीच, पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

बालिकालाई कुटपिट गर्ने शिक्षक भने फरार रहेका छन् । विद्यालयका प्रिन्सिपल जितेन्द्रकुमार यादवले यस विषयमा लोकान्तरले जिज्ञासा राख्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x