×

NMB BANK
NIC ASIA

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा प्रवेश

मोरङ | मंसिर २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ ।
    
फिदिमको फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा आयोजक पाँचथर फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै मोरङ उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै फुटबल टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा मोरङका चार खेलाडीले गोल गर्दा आयोजकका एक खेलाडीले मात्रै गोल गर्नसके । 

Muktinath Bank

मोरङका लागि उमेश कार्की, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बूले गोल गरे । तर आयोजक पाँचथर क्लबका रोशन आङदेम्बेको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो भने प्रकाश धमलाको प्रहार मोरङका गोलरक्षक प्रमिजय गच्छदारले रोक्न सफल भएका थिए । आयोजक टिमका अनुकेश शर्माको प्रहार भने गोलमा परिणत भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) डिएफसी मोरङका गोलरक्षक प्रमिजय गच्छदार घोषित हुँदै रु पाँच हजार रकम र पदक प्राप्त गरे । भोलि हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापा र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

प्रतियोगिताको फाइनल खेल मङ्सिर २३ गते हुनेछ । प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ र उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ सहित ट्रफी हात पार्नेछन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x