×

NMB BANK
NIC ASIA

एलपिएल : घोडाघोडी सेमिफाइनलमा

कैलाली | मंसिर २४, २०८०

NTC
Premier Steels

 धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ । 

Muktinath Bank

आज भएको खेलमा गरुडा नगरपालिकालाई छ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित रहेको छ । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाटै बाहिर भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलमा गरुडा नगरपालिकाले दिएको एक सय २९ रनको लक्ष्य घोडाघोडीले १७ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍ यो । घोडाघोडीका ओपनर विपिनविक्रम शाही र टेक रावतले ९३ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे । विपिनले ३९ बलमा छ चौका र तीन छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा तीन चौका र दुई छक्का मद्दतले २५ रन बनाए । कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए । 


Advertisment
Nabil box
Kumari

गरुडाका बलर डब्लु मलिकले तीन तथा नितेश यादवले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन बनायो । गरुडाका लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए । सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए । 
    
‘प्लेयर अफ दी म्याच’ घोषित घोडाघोडीका बलर भूपेश जोशीले पाँच विकेट लिए । उनले चार ओभरमा मात्र १३ रन खर्चिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले एक÷एक विकेट लिए । 

Vianet communication

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुल बीचको आजको दोस्रो खेल भने लिटल एन्जल्स टोली अनुपस्थित हुँदा खेल हुन सकेन । समूह ‘डी’ मा रहेको सत्यवतीले खेल नखेलेता पनि दुई अङ्क पाएको छ । सत्यवतीको दुई खेलमा चार अङ्क भएको छ । 

प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x