×

NMB BANK
NIC ASIA

नोबेल पुरस्कार विजेता मोहम्मदीद्वारा इरानको ‘अत्याचारी शासन’ को निन्दा

काठमाडाैं | मंसिर २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कारागारमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले आफ्ना छोराछोरीमार्फत दिएको भाषणमा इरानमा ‘अत्याचारी तथा महिलाविरोधी धार्मिक’ सरकारको निन्दा गरेकी छन् । मोहम्मदीको अनुपस्थितिमा आइतबार उनका छोराछोरीले नोबेल शान्ति पुरस्कार ग्रहण गरेका छन् ।

Muktinath Bank

इरानमा हिजाब लगाउनुपर्ने अनिवार्यता र मृत्युदण्डको सजायविरुद्ध अभियान चलाएकी मोहम्मदी सन् २०२१ देखि तेहरानको इभिन कारागारमा बन्दी छन् । यसको सट्टा सन् २०१५ देखि फ्रान्समा निर्वासनमा बस्दै आएका उनका १७ वर्षीय जम्ल्याहा छोराछोरी अली र कियानाले जेलको कोठीबाट बाहिर निकाल्न सफल भएको भाषण पढ्दै उनका तर्फबाट पुरस्कार ग्रहण गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“म एक मध्यपूर्वी महिला हूँ र म यस्तो क्षेत्रबाट आएकी छु जुन आफ्नो समृद्ध सभ्यताका बाबजुद अहिले युद्ध, आतङ्कवादको आगो र अतिवादको बीचमा फसेको छ”, ‘जेलको अग्लो, चिसो पर्खालपछाडि’ लेखिएको एउटा सन्देशमा उनले भनिन्, “इरानी जनताले दृढताका साथ अवरोध र निरङ्कुशतालाई समाप्त पार्नेछन्, कुनै सन्देह छैन– यो निश्चित छ ।”


Advertisment
Nabil box
Kumari

मोहम्मदीलाई हालैका दशकहरूमा धेरै पटक गिरफ्तार गरियो र दोषी ठहर गरियो । उनका जम्ल्याहा छोराछोरीले करिब नौ वर्षदेखि आफ्नी आमालाई देख्न पाएका छैनन् । “म व्यक्तिगतरूमा अत्यन्त निराशावादी हूँ”, कियाना मोहम्मदीले भनिन् । यद्यपि भाइ अलिले उनी अत्यन्त आशावादी भएको बताए ।  

Vianet communication
Laxmi Bank

नोबेल पुरस्कारको एक सय २० वर्षभन्दा लामो इतिहासमा हिरासतमा रहँदा यो पुरस्कार पाउने मोहम्मदी पाँचौँ व्यक्ति हुन् । उहाँअघि जर्मनीका कार्ल भोन ओसिएट्स्की, म्यान्माकी आङ सान सुकी, चीनका लिउ जियाओबो र बेलारुसका एलेस बोलियात्स्कीले हिरासतमै रहँदा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x