×

NIC ASIA

काठमाडौंकै अर्को नगरले पनि दियो चाडबाडका नाममा पोसाक नकिनाउन विद्यालयलाई निर्देशन

काठमाडाैं | पुस ६, २०८०

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं महानगरपालिकापछि काठमाडौंकै अर्को नगरपालिकाले पनि चाडबाडका नाममा पोसाक नकिनाउन विद्यालयलाई निर्देशन दिएको छ ।

Muktinath Bank

काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बूढानीलकण्ठभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न लगाइएको भन्ने गुनासोका आधारमा यस्तो नियम ल्याइएको नगर प्रमुख (मेयर) मिठाराम अधिकारीले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

‘बूढानीलकण्ठ नगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाइएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ प्रमुख अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्रविपरीत कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम भई जाने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ ।’

Vianet communication

यसअघि काठमाडौं महानगरले पनि क्रिसमसका नाममा विद्यार्थीहरूलाई त्यससम्बन्धी कपडा खरिदका लागि बाध्य नपार्न विद्यालयहरूलाई अनुरोध गरेको थियो ।

नजिकिँदो क्रिसमसका अवसरमा विद्यालयहरूले त्यससम्बन्धी पोशाक खरिदका लागि अभिभावकलाई बाध्य पारेको गुनासो आएपछि महानगरले क्रिसमसबारे नाम उल्लेख कारबाहीको चेतावनीसमेत दिएको छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

बैशाख २९, २०८१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको   छ ।  नगरपालिकाले सामुदायिक विद्या...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x