×

NMB BANK
NIC ASIA

राजनीति

पार्टी सदस्यता नवीकरण गराउन नसकिएको माओवादीको निष्कर्ष

कतिपय केन्द्रीय सदस्य र प्रदेश समिति सदस्यहरू कार्यक्षेत्रमै गएनन्

काठमाडाैं | पुस ७, २०८०

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रले लक्ष्यअनुसार पार्टी सदस्यता नवीकरण गराउन नसकिएको निष्कर्ष निकालेको छ । जारी चार महिने अभियानको क्रममा पार्टीबाट भएको कमजोरी केलाउँदै माओवादीले लक्ष्यअनुसार सदस्यतासमेत नवीकरण गराउन नसकिएको निष्कर्ष निकालेको हो । 

Muktinath Bank

माओवादी केन्द्रले झन्डै ८ लाख सक्रिय सदस्य रहेको दाबी गर्दै आएको छ । ८ लाखलाई सक्रिय सदस्यता दिएको दाबी गरे पनि २०७९ को आम निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादीले जम्मा ११ लाख ७५ हजार मात्रै भोट पाएको थियो । अर्थात् कार्यकर्ताबाहेक न्युट्रल भोट माओवादीतर्फ आकर्षित हुन नसकेको तथ्यांकले देखाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी निरन्तर ओरालो यात्रामा लागेपछि माओवादीले जनतामा गएर पार्टीलाई सशक्त बनाउने लक्ष्यका साथ गत भदौदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको थियो । सोही अभियान र पार्टीको समग्र विषयमा समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुस ३ र ५ गते केन्द्रीय पदाधिकारी (कार्यालय) को बैठक बसेकामा सदस्यता नवीकरण गराउन नसकिएको माओवादीले निष्कर्ष निकालेको हो । यद्यपि अभियान भने समग्रमा सफल भएको माओवादीको निष्कर्ष छ  ।


Advertisment
Nabil box
Kumari

‘विभिन्न कमी कमजोरीका बाबजुद सङ्गठनात्मक क्षेत्रमा (पार्टी सदस्यता नवीकरण लगायत) लक्ष्य अनुसार नभएता पनि समग्रमा अभियान सफल रहन गएको छ । आगामी दिनमा पार्टी निर्माणको लागि राम्रो आधार तयार भएको  छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ । 

Vianet communication

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा पदाधिकारी बैठकमा उपस्थित सबै प्रदेशका इन्चार्जले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान लगायतका विषयहरूमा संक्षिप्त रिपोर्टिङ समेत प्रस्तुत गरेका थिए । 

उक्त ब्रिफिङमा अभियान पहिलो चरणमा उद्घाटन सहितका कार्यक्रमहरू व्यापक जनपरिचालन सहित उत्साहजनक रूपमा सम्पन्न भएको नेताहरूको भनाइ थियो ।  अभियानले आन्तरिक पार्टी पङ्क्तिलाई क्रियाशील बनाएको, कार्यकर्तामा विश्वास बढेको, एक हदसम्म जनस्तरमा समेत पार्टी र नेतृत्वप्रति विश्वास बढ्दै गएको उनीहरूको दाबी थियो । दोस्रो चरणमा भने चाड–पर्वका कारणले अभियान सोचे अनुसार प्रभावकारी हुन नसकेको र थप गरिएको एक महिना पुनः अभियान चलिरहेको उनीहरूको भनाइ थियो । 

अभियानकै अवधिमा जाजरकोट, रुकुम पश्चिम र सल्यानमा गएको विनाशकारी भूकम्पका कारणले उक्त जिल्लाहरूमा खोज, उद्धार, राहत र अस्थायी टहरा निर्माणमा पार्टी पङ्क्ति खटिएको ब्रिफिङ उपमहासचिव जनार्दन शर्मालगायतले गरेका थिए । यस्तै प्रदेशहरूमा खटाइएका कतिपय केन्द्रीय सदस्य र प्रदेश समिति सदस्यहरू कार्यक्षेत्रमा नगएको पनि बैठकमा उठेको थियो । यस्तै कतिपय ज.व.स.÷मोर्चाहरू पनि अभियानको स्प्रिट अनुसार क्रियाशील हुन नसकेको बैठकमा उठेको एक नेताले जानकारी दिए । 

अभियानको लिखित रिपोर्ट माग

यसैगरी माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ पुस १६ गते व्यापक जनपरिचालन सहित पालिका स्तरमा समापन गर्ने जनाएको छ । सबै पालिका, जिल्ला र प्रदेशहरूले अभियानको समग्र लिखित रिपोर्ट केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन यही पुसको अन्तिम साताका लागि बोलाइको छ । उक्त बैठकले अभियान र विधान मस्यौदा माथि छलफल गरी परिमार्जन गर्ने तयारी गरेको छ ।  यस्तै विधान मस्यौदालाई तल्ला कमिटीहरूमा छलफल तथा सुझावका लागि पठाउने र एक महिनासम्म छलफल गराउने महासचिव देव गुरुङले जानकारी दिए । यस्तै स्थायी कमिटी बैठकले साङ्गठनिक कार्य विभाजन पनि गर्नेछ । 

फागुन पहिलो साता विधान अधिवेशन

माओवादीले विधान अधिवेशन फागुनको पहिलो सातामा गर्ने तयारी गरेको छ । तर, मिति, स्थान र प्रतिनिधिबारे भने स्थायी समितिको बैठकले टुङ्गो लगाउने छ । माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरू गणेश शाह र सुरेन्द्र कुमार कार्की सम्मिलित सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिसकेको छ ।  उक्त समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गरी सक्ने प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । 

यस्तै माओवादीले राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते हुन गइरहेको सन्दर्भमा सबै प्रदेशहरूबाट प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम माग गरेको छ । उम्मेदवारको सूची एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन पार्टीले प्रदेशहरू एवं ज.व.स.÷मोर्चाहरूलाई निर्देशन दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x