×

NMB BANK
NIC ASIA

राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

काठमाडाैं | पुस ९, २०८०

NTC
Premier Steels

कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो ।

Muktinath Bank

दश स्वर्ण, चार रजत र चार कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको छ । आर्मीले नगद रु एक लाख पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए । प्रतियोगितामा उपविजेता बनेको बुटवल तेक्वान्दो डोजाङले नौ स्वर्ण, दुई रजत र चार कास्यसहित १५ वटा पदक जितेको छ । बुटवलले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको कार्कीले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    त्यस्तै, तेस्रो भएको एपिएफले चार स्वर्ण र तीन कास्यसहित सातवटा पदक जितेको छ । एपिएफले नगद रु २५ हजार प्राप्त गरेको छ । उक्त प्रतियोगिता कूल ४६ स्वर्ण, ४६ रजत र ९२ कास्य पदकका लागि भएको थियो ।


Advertisment
Nabil box
Kumari

    प्रतियोगिताको पुम्सेतर्फ पनि नेपाल आर्मी प्रथम भएको छ । आर्मीले रु २० हजार नगद प्राप्त गरेको छ भने दोस्रो भएको एपिएफले रु १० हजार र तेस्रो भएको चितवन तेक्वान्दो डोजाङले नगद रु पाँच हजार पाएको छ । प्रतियोगितामा बुटवल तेक्वान्दोका महिला र पुरुष दुवै खेलाडी उत्कृष्ट घोषित भएका छन् । बुटवलले महिला र पुरुष दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै रु १०/१० हजार नगद पुरस्कार प्राप्त गरेको छ । 

Vianet communication

प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेडल तथा पुरस्कार प्रदान गरिन् । उनले भरतपुर खेलकुदको हबका रुपमा विकास हुँदै गएको दाबी गरिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x