×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र सुदूरपश्चिम विजयी

काठमाडाैं | पुस ११, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । 

Muktinath Bank

बागमतीले लुम्बिनी प्रदेशलाई र सुदूरपश्चिमले मधेस प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले लुम्बिनीमाथि नौ रनको झिनो अन्तरले पराजित गरयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमतीले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्यलाई लुम्बिनीले निर्धारित २० ओभर आठ विकेट गुमाउँदै एक सय रनमा समेटियो । लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले २९ रन बनाइन् भने कमला घर्तीमगरले २०, सरस्वती पुनले १७ तथा लक्ष्मी चौधरीले ११ रन बनाए ।


Advertisment
Nabil box
Kumari

बागमतीका लागि कप्तान अस्मिना कर्माचार्य र खुसी डङ्गोलले समान दुई/दुई विकेट लिए भने संस्कृति फुयाल, सोनी पाख्रिन र मनिषा उपाध्यायले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९ रनको योगफल बनाएको थियो । बागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक ४६ रनको योगदान दिइन । त्यस्तै याशु पाण्डेले अविजित १२ रन बनाए ।

Vianet communication

लुम्बिनीका लागि शर्मिला रोक्काले तीन विकेट लिइन् भने मनिषा राना, कीर्तिका मरासिनी, मधु डिसी र कमला घर्तीमगरले समान एक/एक विकेट लिए । जितसँगै बागमतीले पाँच खेलमा छ अङ्क जोडेको छ । त्यस्तै हारसँगै लुम्बिनीले समान खेलबाट चार अङ्क जोडेको छ । त्यससैगरी माथिल्लो मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि पाँच विकेटको जित हासिल गर्‍यो । 

मधेसले प्रस्तुत गरेको ८३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १९ दशमलव ५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । त्यस्तै सम्झाना खड्काले २१ तथा कप्तान रितु कनौजियाले १० रन बनाइन् । मधेसका लागि कप्तान कविता गौतम र साक्क्षी यादवले समान दुईदुई विकेट लिए भने तथा पूजा महतोले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो । मधेसका लागि पूरा महताले सर्वाधिक २७ रन बनाइन् । त्यस्तै साना प्रविनले अविजित १९ र रोजी कदारीले १० रन जोडे ।  

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले चार विकेट लिइन् भने जानकी थापा र कविता जोशीले समान एक/एक विकेट लिए । जितसँगै सुदूरपश्चिमले पाँच खेलमा आठ अङ्क जोडेको छ । समान खेल खेलको मधेसको दुई अङ्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x