×

NMB BANK
NIC ASIA

स्टार सिटी र इलाइट फाइनलमा

कैलाली | पुस १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन् । धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन् ।  
 
पहिलो सेमिफाइनलमा स्टार सिटी युवा क्लब, बिएस— १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले खेलमा भएका सबै आठ गोल दोस्रो हाफमा बनाएका हुन् । 

Muktinath Bank

 स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे । दोस्रो हाफको ११औँ मिनेटमा आफ्नो टिमका लागि खाता खोलेका कप्तान कुवेरले २१औँ मिनेटमा दोस्रो तथा २९औँ मिनेटमा तेस्रो गोलसँगै ह्याट्रिक गरेका हुन ।
 
 स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे । प्रदीपले दोस्रो हाफको १५औँ र ३२ मिनेटमा गोल गरे । विनोदले भने खेलको ४१औँ मिनेटमा गोल गरेका हुन् । बिएस—१५ स्पोर्टस् एकेडेमीका लागि विदेशी खेलाडीद्वय गुइलामे डिनले दोस्रो हाफको ४०आँैं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरेका थिए । 
प्रतियोगिताको दोस्रो ह्याट्रिकसहित हालसम्म चार गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका  स्टार सिटीका कुवेरसिंहले ‘म्यान अफ द म्याच’ घोषित भई रु पाँच हजारसहित ट्रफी पाएका थिए ।
  
आजै भएको दोस्रो सेमिफाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको इलाइट युवा क्लबले पनि प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । इलाइटले आयोजक फारवेष्ट पशुपतिलाई ३–० गोलले पराजित गरेको हो । 
     इलाइटका लागि विनोद केसी, भूपेन्द्र शाही र योहन्ना चौधरीले एक÷ एक गोल गरे । पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै विनोदले इलाइटलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलले अगाडि रहेको इलाइटले दोस्रो हाफमा गोल थप्यो । दोस्रो हाफको ८औँ मिनेटमा भूपेन्द्र र ३४औँ मिनेटमा योहन्नाले गोल गरे । 
 
खेलमा उत्कृष्ट प्रदर्शन गरेका इलाइटका भूपेन्द्र शाहीे ‘म्यान अफ द म्याच’ भए । उनले रु पाँच हजारसहित ट्रफी प्राप्त गरे । आगामी शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । 
     पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोलीको सहभागिता छ । प्रतियोगितामा विजयी हुने टोलीले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार प्राप्त गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x