×

NMB BANK
NIC ASIA

गठबन्धनमा असन्तुष्टिका बीच भागबण्डा, आज निर्णायक बैठक

काठमाडाैं | पुस २२, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता गठबन्धनभित्र राष्ट्रियसभाको १९ सिटमा असन्तुष्टिका बीच भागबण्डा भएको छ । गठबन्धन दलभित्र रहेका सबैलाई भागबण्डा नदिई ४ दलबीचमात्रै बाँडफाँट गर्न लागिएको हो ।

Muktinath Bank

शनिबार अबेरसम्म बसेको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने गरी भागबण्डामा छलफल भएको छ । यद्यपि यसमा एकीकृत समाजवादीले चित्त बुझाएको छैन । यस्तै सिट दाबी गरेका जनमत र राष्ट्रिय जनमोर्चाले पनि चित्त बुझाएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार अबेरसम्मको छलफलको आधारमा आइतबार बस्ने सत्ता गठबन्धनको बैठकमा निर्णायक छलफलमा पुगिने नेताहरुको भनाइ छ । (माओवादी  केन्द्र) का  उपमहासचिव  वर्षमान  पुनले १९ सिटमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले छ, नेकपा (एकीकृत समाजावादी) ले दुई र जनता समाजवादी पार्टी (जसपा) ले एक सिट लिने मोटामोटी समझदारी बनेको दाबी गरे । उनले आइतबार बस्ने बैठकमा अन्तिम निर्णय हुने बताए । 
यसअघि शनिबार नै बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको थियो । गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि शीर्ष नेताहरु फेरि छलफलमा बसेका थिए । 
००००
सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने भएको छ । शनिबार  बिहान बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले एमालेलाई नसमेटेरै अगाडि बढ्ने सहमति गरेको हो ।
००००
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको  विज्ञापन रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।
००००
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ ।
 लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स जारी भएको खुलासा लोकान्तरले गरेपछि अख्तियारले छानबिन शुरू गरेको हो ।
००००
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले भारतले २० करोडका योजना नेपालमा सोझै बाँड्ने गरिएको सम्झौता लज्जाजनक भएको निष्कर्ष निकालेको छ । 
‘२०८० पुस १९ गतेका दिन नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकले गरेको उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको नाममा भारतको नेपालस्थित राजदूतावासबाट २० करोडका योजना नेपालभरि सोझै बाँड्न र लागु गर्न सक्ने सम्झौताप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले कडा विरोध तथा भत्र्सना गर्दछ । यो सम्झौता सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकका लागि लज्जाजनक तथा राष्ट्रिय हित विरुद्ध रहेको छ’, जनमोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको बताएका छन् ।
शनिबार पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताए ।
००००
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्न शनिबार दिउँसो १ बजेलाई तोकिएको बैठक आइतवारलाई सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
००००
नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मा अध्यक्षसहित तीन नेतालाई दिएको छ ।
शनिवार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको जानकारी प्रवक्ता जगन्नाथ खतिवडाले दिए ।
००००
सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ दिने भएको छ ।
शनिवार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
सो घटना छानबिन गर्न तीन सदस्यीय समिति पनि बनेको छ । 
००००
सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने निर्णय उक्त अदालतले गरेको हो । अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x