×

NMB BANK
NIC ASIA

पोखरामा वर्षभरिमा पाँच वटा अन्तर्राष्ट्रिय उडान

काठमाडाैं | पुस २३, २०८०

NTC
Premier Steels

 अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो ।

Muktinath Bank

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८ र ९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अवतरण गरेको उक्त जहाजमा सात जना चालकदल सदस्य र तीन जना पर्यटक पोखरा अवतरण गरेका थिए । उक्त विमान भुटान फर्किंदा पोखराबाट ४२ यात्रु थिम्पु उडेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यस्तै जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएको राहत सामग्री बोकेर गत कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेका थिए । 

Vianet communication

उड्डयन कार्यालयका अनुसार पोखरामा गत मङ्सिर ७ गते चौथो पटक अन्तर्राष्ट्रिय चार्टर उडान भएको थियो । मङ्सिर ९ गते पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट हिमालयन एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको थियो । उक्त उडानबाट १०४ जना यात्रु पोखरा अवतरण गरेका थिए । सञ्चालनको एक वर्षको अवधिमा पोखराबाट एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन । गोरखापत्रमा खबर छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x