बैशाख १६, २०८१
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
बैंकहरूमा निक्षेप संकलनमार्फत अधिक तरलता सिर्जना भइसके पनि ऋण प्रवाह नहुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन ।
चालू आर्थिक वर्षको छ महिना सकिनै लाग्दा बैंकहरूको निक्षेप ५ दशमलव ५ प्रतिशतले वृद्धि भयो, तर कर्जा बिस्तार भने जम्मा ३ दशमलव ५ प्रतिशत भएको छ ।
पुस २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५० खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ, जसमा वाणिज्य बैंकहरूको मात्रै कुल निक्षेप ५३ खर्ब ८५ अर्ब रुपैयाँ र कुल कर्जा लगानी ४४ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ ।
कर्जा लगानीयोग्य रकम अधिक हुँदा पनि उद्योगी–व्यवसायी बैंकमा ऋण माग्न गएका छैनन् । पुस मसान्तसम्म बैंकहरू पनि आक्रामक ढंगबाट कर्जा बिस्तार गर्ने मूडमा देखिएका छैनन् ।
बरू बैंकहरूको ध्यान यसअघिको कर्जा असुलीमा देखिन्छ । कोभिडकालमा अधिक तरलता देखिएपछि बैंकहरूले सजिलै कर्जा बिस्तार गरेका थिए ।
'कोभिडकालमा सजिलो गरी बाँडिएको कर्जा धेरैजसो घरजग्गा, सेयर र अन्य अनुत्पादक क्षेत्रमा पुग्यो । त्यसयता अर्थतन्त्रका सबै क्षेत्रहरू सिथिल छन् र बैंकहरूले साँवा तथा ब्याज असुल्न सकेका छैनन् । त्यो कर्जा अधिकांश जोखिमयुक्त छ । अहिले बैंकहरूले त्यतिबेलाको गल्ती सुधार्न खोजेका हुन सक्छन्,' एक वाणिज्य बैंकका पूर्व सीईओले लोकान्तरसँग भने ।
नेपाल उद्योग परिसंघले एक साताअघि सार्वजनिक गरेको प्रतिवेदनमा उद्योगी–व्यवसायीको मनोबल कमजोर भएकाले बजारमा मागमा उल्लेख्य संकुचन आएको उल्लेख थियो ।
परिसंघका अध्यक्ष राजेश अग्रवालले भने, 'चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ दशमलव ९३ प्रतिशतले मागमा संकुचन आएको छ । ५४ प्रतिशतले व्यवसाय विस्तार गर्ने योजना त्यागेको र सबैभन्दा बढी धरासायी निर्माण क्षेत्र बनेको छ ।'
मागमा आएको संकुचनका कारण उद्योगी व्यवसायीले जोखिम महसुस गरेर आफ्नो व्यवसाय विस्तार नगरेको र बैंकहरूले कर्जा विस्तार गर्न नसकेको उनको भनाइ छ ।
परिसंघले सार्वजनिक गरेको सर्वेक्षणमा भनिएको छ, 'अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गत वर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालू वर्ष समेत यथावत रहेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा ६९ दशमलव ४४ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ दशमलव ३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको हाम्रो बुझाइ रहेको छ ।'
पछिल्लो समय आयातमा सङ्कुचन आएको छ र रेमिट्यान्स उल्लेख्य वृद्धि भएको छ । त्यही कारण पनि निक्षेपको तुलनामा कर्जा प्रवाह सुस्त रहेको देखिन्छ ।
सीडी रेसियो ८० प्रतिशत भन्दा पनि कम
बैंकहरूमा अधिक तरलता बढेसँगै बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार बैंकहरूको औसत सीडी रेसियो पुस २० गते ७९.९५ प्रतिशत र पुस २१ गते ७९.९६ प्रतिशत रहेको छ । त्यस्तै बैंकहरूको अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशतभन्दा तल झरेको छ । पुस २१ गते बैंकहरूको अन्तरबैंक ब्याजदर २ दशमलव ८४ प्रतिशत थियो ।
बैंकहरूबाट धमाधम पैसा तान्दै राष्ट्र बैंक
अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल गएपछि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्ने गर्छ ।
ब्याजदरलाई स्थायित्व दिन र बैंकहरूमा थुप्रिएको अधिक तरलतालाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले पछिल्लो डेढ महिनामा मात्र पौने ३ खर्ब निक्षेप बैंकहरूबाट खिचेको छ ।
राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिले लागू गरेको ब्याजदर कोरिडोरले अन्तरबैंक ब्याजदरलाई निश्चित सीमामा राख्न प्रयास गर्छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले बैंकदर ७ प्रतिशत, नीतिगत दर ५ दशमलव ५ प्रतिशत र निक्षेप संकलन ३ प्रतिशत तय गरेको छ ।
अधिक तरलताका कारण अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेको अवस्थामा ब्याजदर कोरिडोरअनुसार राष्ट्र बैंकले बजारबाट पैसा तान्छ भने अन्तर बैंकदर ७ प्रतिशतभन्दा बढी हुँदा बजारमा पैसा पठाउनुपर्छ ।
मंगलबार मात्रै राष्ट्र बैंकले १४ दिनका लागि बैंकहरूबाट ३५ अर्ब तानेको छ । आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत सरकारले ७ अर्ब तानेको थियो ।
पूँजीकोषपर्याप्तनहुनु अर्को समस्या
करिब एक दर्जन बैंकहरूले राष्ट्र बैंकले तोकिदिएको ८ दशमलव ५ प्रतिशत प्राथमिक र २ दशमलव ५ प्रतिशत पूरक गरी ११ प्रतिशत पूँजीकोष कायम गर्न सकेका छैनन् । न्यूनतम पूँजीकोष कायम गर्न नसक्ने बैंकले कर्जा प्रवाह गर्न पनि पाउँदैनन् । त्यसैले पनि बैंकहरूमा अधिक तरलता थपिएको हो ।
राष्ट्र बैंकका अनुसार कुमारी बैंकको प्राथमिक पूँजीकोष ८ दशमलव २१ प्रतिशत छ भने एनआईसी एसिया, माछापुच्छ्रे, प्रभु, सिद्धार्थ र सिटिजन्स बैंकको क्रमश ८ दशमलव ७३, ८ दशमलव ७९, ८ दशमलव ९२, दशमलव १५, ९ दशमलव १८ प्रतिशत रहेको छ ।
१० प्रतिशतभन्दा कम पूँजीकोष हुँदा कर्जा प्रवाहमा समस्या आउने गर्छ । यस्तो अवस्थामा बैंकहरू सामान्यतयाः कर्जा विस्तारभन्दा पनि व्यवस्थापनतिर लाग्ने गर्छन् ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले कर्जा बिस्तार गर्दा बैंकहरू थप चनाखो बन्नुपर्ने अवस्था रहेको बताए । 'हामी नियामक निकाय राष्ट्र बैंकसँग यी सबै विषयमा छलफल गरिरहेका छौं । कुनै न कुनै समाधान त पक्कै निस्कन्छ, केही समय धैर्य गरौं,' उनले भने ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...