×

NMB BANK
NIC ASIA

अमेरिकासँग चीनको व्यापार घट्यो, रूससँग उच्च बिन्दुमा

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ ।

Muktinath Bank

चीन र रूसबीचको व्यापार २४० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चिनियाँ भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि राजनीतिक र आर्थिक रूपमा नजिकिएका यी दुई मुलुकका लागि यो आँकडा ऐतिहासिक हो । 


Advertisment
Nabil box
Kumari

तथ्याङ्कअनुसार व्यापारको आँकडाले वार्षिक रूपमा २६.३ प्रतिशतको वृद्धिलाई प्रतिनिधित्व गर्दछ ।

Vianet communication

चीनले युक्रेन युद्धबारे मस्कोको आक्रमणको आलोचना गर्न अस्वीकार गरेको छ ।

चीनले आफू तटस्थ रहेको दाबी गर्दै आएको युक्रेन युद्धबारेको चिनियाँ अडानलाई लिएर बेइजिङले पश्चिमा देशहरूबाट आलोचना खेप्दै आएको छ ।

सन् २०१९ पछि पहिलो पटक अमेरिका र चीनबीचको व्यापारमा गिरावट आएको छ ।

सन् २०२२ को तुलनामा गत वर्ष अमेरिकासँगको व्यापार ११.६ प्रतिशतले घटेर ६६४ अर्ब अमेरिकी डलर पुगेको थियो ।

सन् २०१६ पछि चीनको निर्यात ४.६ प्रतिशतले घटेको छ भने आयात ५.५ प्रतिशतले घटेको छ ।

शुक्रबार पनि घरेलु मोर्चामा निराशाजनक आर्थिक आँकडाहरू देखा परेका छन् । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले चीनमा गिरावट डिसेम्बरमा लगातार तेस्रो महिना जारी रहेको देखाउँछ । 

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा अघिल्लो बर्षको अन्तिम तीन महिनाको तुलनामा ०.३ प्रतिशतले कमी आएको छ ।

गत बर्षको जुलाईमा चीन सन् २०२१ पछि पहिलो पटक मुद्रास्फीतिको समस्यामा फसेको थियो तर यसमा अगस्ट देखि नै सुधार देखिएको सेप्टेम्बरदेखि नै मूल्यमा निरन्तर गिरावट आएको छ ।

ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले नोभेम्बरमा ०.५ प्रतिशतले घटेको मुद्रास्फीतिमा गत महिना ०.४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए ।

तुलनात्मक रूपमा हेर्दा डिसेम्बरमा अमेरिकामा मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ ।

सन् २०२३ मा चीनमा मुद्रास्फीति औसतमा ०.२ प्रतिशतले बढेको छ । अन्य प्रमुख अर्थव्यवस्थाहरूको तुलनामा चीनमा फेरि एक पटक मूल्य वृद्धि भएको छ ।

एनबीएसका अनुसार उत्पादकको मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ, जुन लगातार १५ औं महिना हो ।

नोभेम्बरमा तीन प्रतिशतले घटेको उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) ले कारखानाहरू छोड्ने सामानहरूको लागत मापन गर्दछ र अर्थव्यवस्थाको स्वास्थ्यको अन्तर्दृष्टि प्रदान गर्दछ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x