×

NMB BANK
NIC ASIA

चिसो बढेसँगै निःशुल्क दाउरा वितरण

कञ्चनपुर | पुस २७, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिन्छन् । उनको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो ।
 
नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा उनी लागेका छन् । यो कार्य उनले तीन वर्षदेखि आफ्नै लगानीमा निरन्तररूपमा गर्दै आएका छन् । 

Muktinath Bank

'आफूसँग उपलब्ध भएको दाउरा निःशुल्करुपमा वितरण गरी जाडोको समयमा ताप्ने गरी बाँड्ने गरेका छौँ,' उनले भने, 'अपुग भएका क्षेत्रमा सामुदायिक वनबाट खरिद गरेर दाउरा आवश्यकताका आधारमा आफ्नै ढुवानीका साधनमा राखेर वितरण गर्छौं ।'
 
नगरपालिकाका–४, ५, ६ र ७ मा गरी पाँच सय क्विन्टल दाउरा वितरण गरिसकिएको उनले बताए । उनले चिसोबाट जोगाउन नगरपालिकाका चार वडाका ७० बढी ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएका छन् । चिसोका कारण कोही बिरामी नपरुन् र ज्यान गुमाउनु नपरोस् भनेर यस कार्यमा लागेको उनी बताउँछन् । 
  
'आगो ताप्न पाएर चिसोबाट जोगिन पाएका छौँ,' स्थानीय जोगी चौधरीले भने, 'चिसोबाट जोगिनका लागि न्यानो कपडा थिएन, बोहराले उपलब्ध गराएको दाउरा बालेर आगो तापेर शरीरलाई न्यानो पार्दै आएका छौँ ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोहरा नगरपालिका क्षेत्रकै सफल किसान हुन् । उनले व्यावसायिकरूपमा कुखुरा, बाख्रा, माछा, बङ्गुरपालनको कार्यसँगै केराखेती गर्दै आएका छन् । व्यावसायिक कार्य गरेर आएको केही रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा खुसी भएको बोहरा बताउँछन् ।


Advertisment
Nabil box
Kumari

'दिनदुःखीको सेवा नै ठूलो धर्म हो,' उनी भन्छन्, 'यस कार्यले मनमा प्रसन्नता आउँछ, अझै अरु सामाजिक कार्यका लागि पनि काम गर्ने इच्छा छ, त्यो चाँडै कार्यान्वयनमा ल्याउनका लागि प्रयासरत रहेको छु ।' व्यावसायिक कार्य गरेर आएको रकमको केही हिस्सा समाज सेवाका लागि खर्च गर्न उनी अरुलाई पनि सल्लाह दिन्छन् । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x