×

NMB BANK
NIC ASIA

चीनले भन्यो– यमन द्वन्द्व थप बढ्न दिनु हुँदैन

काठमाडाैं | पुस २७, २०८०

NTC
Premier Steels

बेइजिङ– हुथी विद्रोहीको निशानामा अमेरिका र बेलायतले गरेको आक्रमणपछि चीनले यमन द्वन्द्वलाई थप बढ्न नदिन सबै पक्षसँग आह्वान गरेको छ ।

Muktinath Bank

इरान समर्थित हुथी सेनाले हमासप्रति ऐक्यवद्धता जनाउँदै ‘रेड सी’को पानीजहाजमा हप्तौँदेखि गरेको विध्वंसकारी आक्रमणपछि शुक्रवार बिहान अमेरिका र बेलायतले विद्रोहीको कब्जामा रहेको यमनमा हवाई आक्रमण गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीन ‘रेड सी’मा बढ्दो तनावप्रति चिन्तित छ ।’


Advertisment
Nabil box
Kumari

उनले थपिन्, ‘द्वन्द्व फैलन नदिन हामी सम्बन्धित पक्षलाई शान्त रहन र संयमित हुन आग्रह गर्दछौँ ।’

Vianet communication

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणपछि गाजामा युद्ध भड्किएपछि हुथी विद्रोहीले मुख्य अन्तर्राष्ट्रिय व्यापार मार्गमा रहेका इजरायलसँग सम्बन्धित पानीजहाजमा आक्रमणको सङ्ख्या बढाउँदै लगेको छ ।

बेइजिङले भनेको छ, ‘रेड सी क्षेत्र अन्तर्राष्ट्रिय रसद र ऊर्जा व्यापारका लागि महत्वपूर्ण मार्ग हो भन्ने कुरामा कुनै दुविधा छैन र अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप  रेड सीको क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ ।’

माओले भनिन्, ‘सम्बन्धित पक्षहरूले अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप ‘रेड सी’ को क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न सक्दछन् ।’

उनले थपिन्, ‘चीनले सबै पक्षलाई संयुक्त रूपमा अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा कायम राख्न र गैर–सैनिक जहाजलाई सताउने काम रोक्न जोगिन आग्रह गरेको छ, किनकि यो विश्वव्यापी अर्थव्यवस्था र व्यापारको लागि हानिकारक छ ।’

यमनको हुथी समूहले शुक्रवार अमेरिका र बेलायतबीच भएको हवाई आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको र अन्य छ जना घाइते भएको जनाएको छ ।   विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा ७३ स्थानमा हवाई आक्रमण गरिएको बताइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x