×

NMB BANK
NIC ASIA

विष्णु पौडेलले ४३ वर्षअघि गरेको पदयात्रा र अहिलेको ‘हाइकिङ’ !

बुटवल | पुस २८, २०८०

NTC
Premier Steels

नेकपा (एमाले) भ्रातृ संगठन युवा संघ नेपाल, रूपन्देही पर्यटन प्रवद्र्धन गर्न भन्दै बुटवलमा पदयात्रा (हाइकिङ) कार्यक्रम आयोजना गर्यो । कार्यक्रमका प्रमुख अतिथि थिए एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल । उनी नेता–कार्यकर्तासहित बुटवलको बमघाटदेखि पाल्पाको वसन्तपुरसम्मको उकालो चढे । तीन घण्टा ‘हाइकिङ’मा हिँडेका पौडेलले आफ्नो चार दशकअघिको पैदलयात्रा स्मरण गरे ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विस २०३७ सालमा पनि पौडेल बुटवलबाट हिड्दै वसन्तपुर पुगेका थिए । जतिबेला ‘जेल ब्रेक’पछि पाल्पा जाने क्रममा प्रहरी प्रशासनको आँखा छल्न आफू वसन्तपुर आएको पौडेलले बताए । ‘२०३७ भदौ १ गते हामी भैरहवा जेल ब्रेक गरेर भाग्यौं । जेलबाट निस्किएपछि रुपन्देहीबाट पाल्पा जाने शिलशिलामा हामीले दोभान प्रहरी चौकीलाई छल्नुपथ्¥र्यो,’ उनले भने, ‘अत्यन्तै सावधानीपूर्वक पाल्पाका गाउँहरूमा पुग्नुपथ्र्यो । असोजको पहिलो हप्तातिर बमघाटबाट वसन्तपुर भएर पाल्पाका गाउँहरूमा पुगेका थियौं ।’​


Advertisment
Nabil box
Kumari

null

Vianet communication

त्यसबेला पौडेलसँग दुईजना साथी थिए । हिरा शर्मा र नेतृ शान्ता मानवी  । ‘आजजस्तै हामीहरू बमघाटबाट उकालो चढ्यौं । झाडी र जंगल, छिचोल्दै यहाँ आइपुगेका थियौं,’ उनी थप्छन्, ‘पैदलयात्राका लागि तत्कालीन समयमा अहिलेजस्तो अनुकूलता पनि थिएन । यहाँ त्यसबेला अलि–अलि हरिया मकै पाइन्थे ।' त्यो बेला किसानमा घरमा पसेर पोलेका मकै हरियो खुर्सानीसँग खाएर झुम्साको बाटो गएको पौडेलले अनुभव सुनाए । 

null

पौडेलले संविधान निर्माणपछि देशलाई आर्थिक सामाजिक रूपले समृद्ध बनाउन पनि आफूहरूको मुख्य दायित्व भएको बताए । त्यसकै लागि पर्यटन प्रवद्र्धनका यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाइ थियो । यी सम्भावनाहरूलाई सही ढंगले सदुपयोग गरेमा रुपन्देही र आसपासका ठाउँ देशकै सर्वाधिक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्ने उनको भनाइ छ ।

null 

‘पर्यटकीय क्षेत्रको विकासका लागि एउटा बस्ती वा ठाउँ विशेषलाई नहेरी सम्भावना भएका ठाउँहरू एकअर्कामा अन्तरसम्बन्धित हुनुपर्छ । लुम्बिनी, तिलौराकोट, देवदह, जीतगढी किल्ला वसन्तपुर, केबलकार, सत्यवती, नुवाकोट, श्रीनगर लगायतका ठाउँसँग जोडेर पर्यटन प्रवद्र्धनको काम गर्नुपर्छ,’  उनले भने, ‘यी प्राकृतिक, धार्मिक, पुरातात्विक सांस्कृतिक सम्पदा जोडेर पर्यटन प्रवद्र्धनमा काम गर्न सकेमा रुपन्देही र पाल्पा देशकै सर्वाधिक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ ।’ 

आयोजक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बुटवल र आसपासका पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि पदयात्रा आयोजना गरिएको जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x