×

NMB BANK
NIC ASIA

कांग्रेस बिपीले प्रतिपादन गरेको मूल्य र मान्यताअनुसार अघि बढ्नुपर्छः सभापति शर्मा

स्याङ्जा | पुस २८, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको मूल्य र मान्यताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

Muktinath Bank

प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशले आज स्याङ्जाको वालिङमा आयोजना गरेको ‘लोकतन्त्रको सवलीकरण र सुदृढीकरणमा नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा सभापति शर्माले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस बिपीकाे सिद्धान्तअनुसार सञ्चालित हुनुपर्ने बताए । राजाले आफूलाई भिन्न ठानेकाे र जनतामाथि  शासन गर्न खोज्दा जनताले नै राजा फालेको उनको तर्क थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकका प्रजातान्त्रिक विषयविज्ञ वौद्धिकहरूको संस्थाका रूपमा प्रजातान्त्रिक विचार समाज स्थापना भई अगाडि बढेको प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बताए । 


Advertisment
Nabil box
Kumari

विचारगोष्ठीमा प्रजातान्त्रिक विचार समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव वासुदेव भण्डारी, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, प्रदेशसभा सदस्य कल्पना तिवारी, कांग्रेस स्याङ्जा–२ का क्षेत्रीय सभापति दिलीपप्रताप खाण, समाजका कास्कीका अध्यक्ष वीरबहादुर कार्की, स्याङ्जाका अध्यक्ष युक्तबहादुर बोगटी, सचिव सीता गौडेलले प्रजातान्त्रिक विचार समाजका गतिविधिका बारेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । 

Vianet communication

गोष्ठीमा पृथ्वीनारायण क्याम्पस पोखराका राजनीतिशास्त्रका प्राध्यापक भीमनाथ बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रजातान्त्रिक विचार समाज स्थापना भएको २९ वर्ष पूरा भएको छ । नेपालका ७७ जिल्लामध्ये यो संस्था ७२ जिल्लामा शाखा स्थापना गरी क्रियाशील छ ।

आज सम्पन्न दोस्रो अधिवेशनले गण्डकी प्रदेशस्तरीय समिति निर्वाचित गरेको छ । केन्द्रीय उपाध्यक्ष नै स्वतः प्रदेश अध्यक्ष रहने प्रावधान छ । जसअनुसार जीवलाल काफ्ले अध्यक्ष रहेका छन् । उपाध्यक्षमा कास्कीका कृष्णप्रसाद तिमिल्सिना, सचिवमा कास्कीका डा नवराज न्यौपाने, सहसचिवमा तनहुँका कृष्णहरि गैरे, कोषाध्यक्षमा स्याङ्जाका शान्ता थापा रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x